१७ श्रावण, चितवन । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं सङ्घीय सांसद रवि लामिछानेले महिलाका लागि चितवनमा आजदेखि निःशुल्क ‘ब्लुबस’ सञ्चालनमा ल्याएको जानकारी दिएका छन् । सांसदमा निर्वाचित भएको एक सय दिन पूरा भएको सन्दर्भमा आज उनले ब्लु बस सञ्चालनले जिल्लावासी महिलालाई सहज हुने विश्वास व्यक्त गरे । “मलाई थाहा छ
१७ श्रावण, काठमाडाैँ । सङ्घीय संसद्, सार्वजनिक सुनुवाइ समितिको बैठकमा प्रस्तावित राजदूतको सुनुवाइ सुरु भएको छ । सिंहदरबारस्थित समितिको आजको बैठकमा न्यूयोर्कस्थित नेपाली स्थायी नियोग, स्वीट्जरल्यान्ड र फ्रान्सका लागि प्रस्तावित राजदूतको सुनुवाइ हुने कार्ययोजना छ । समितिले प्रस्तावित राजदूतसँग योग्यता, कार्यादेश, अवधारणा र सोचबारे जानकारी लिनेछ । समितिको बैठकमा न्यूयोर्कस्थित नेपाली
१७ श्रावण, चितवन । निर्वाचनका बेलामा अघि सारेका प्रतिबद्धता पूरा गर्न धेरै काम गर्न बाँकी रहेको राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले बताएका छन् । सांसद्मा निर्वाचित भएको सयाैँ दिनको अवसरमा बुधबार आफ्नो निर्वाचन क्षेत्र चितवन –२ का मतदाताहरूसँग भेटघाट गर्दै सांसद लामिछानेले आफूमाथि देशैभरिको बारेमा सोच्नु पर्ने जिम्मेवारी आएको पनि
१७ श्रावण, काठमाडाैँ । जनमत पार्टीको राष्ट्रिय परिषद् बैठक केहीबेरअघि यहाँ सुरु भएको छ । डा सिके राउतले नेतृत्व गरेको सो पार्टीको राष्ट्रिय परिषद्को बैठक केहीबेरअघि राजधानीको एक होटलमा सुरु भएको सो पार्टीका केन्द्रीय प्रवक्ता डा शरदसिंह यादवलेजानकारी दिए । उनका अनुसार आजको बैठकमा समसामयिक विषयमा प्रशिक्षण तथा छलफल हुने एजेन्डा
१७ श्रावण, काठमाडाैँ । परराष्ट्रमन्त्री एनपी साउदले संविधानको मर्म र भावनाअनुरुप सबै प्रकारका नियुक्तिलाई समावेशी बनाउन सरकार प्रतिबद्ध रहेको बताएका छन् । सङ्घीय संसद्, संसदीय सुनुवाइ समितिको आजको बैठकमा राजदूत नियुक्ति सम्बन्धमा सरकारको धारणा प्रस्तुत गर्दै उनले समावेशी सिद्धान्तलाई सरकारले आत्मसात गर्ने बताए । मन्त्री साउदले समावेशी सिद्धान्तलाई राजदूत नियुक्त
१७ श्रावण, काठमाडाैँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले विदेशबाट नेपाल फर्कन चाहनेहरुको लागि रोजगारीको व्यवस्था गरेको बताएका छन् । उनले समाजिक सञ्जालमा लेख्दै तत्कालका लागि १०० भन्दा बढी जागिरको व्यवस्था गरेको जानकारी दिएका छन् । उनले आफूले वाचा गरेअनुसार नै फ्री–टिकेटमा नेपाल फर्कन चाहनेका लागि आफूले जागिरको व्यवस्था गरेको
१७ श्रावण, काठमाडाैँ । सोह्रौँ पञ्चवर्षीय आवधिक योजना (२०८१/०८२–२०८५/०८६)को अवधारणापत्र स्वीकृत भएको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज बसेको राष्ट्रिय योजना आयोगको पूर्ण बैठकले १६औँ योजनाको अवधारणापत्र स्वीकृत गरेको आयोगका प्रवक्ता सुमन दाहालले जानकारी दिए। राष्ट्रिय योजना आयोग (गठन तथा कार्य सञ्चालन) आदेशको व्यवस्थाअनुसार आयोगको अध्यक्ष प्रधानमन्त्री रहने व्यवस्था छ। आयोगले
१७ श्रावण, काठमाडाैँ । नेकपा (माओवादी केन्द्र)ले केन्द्रीय समितिको आकार बढाउने भएको छ । पार्टी मुख्यालय पेरिसडाँडामा आज बसेको स्थायी समिति बैठकले मौजुदा केन्द्रीय समितिलाई समावेशी बनाउने गरी केन्द्रीय समितिको आकार बढाउने निर्णय गरेको हो । यसका लागि माओवादीले आजै विधान संशोधन गर्नेछ । विधान संशोधनपछि मात्रै केन्द्रीय समितिमा नयाँ सदस्यले
१७ श्रावण, विराटनगर । कोशी प्रदेशका नवनियुक्त मुख्यमन्त्री उद्धव थापाले आज शपथ लिने भएका छन् । मुख्यमन्त्री थापाले पहिलो चरणमा केही मन्त्री नियुक्त गर्ने तयारी पनि गरेका छन् । नवनियुक्त मन्त्रीहरूले पनि आजै शपथ लिने बताइएको छ । प्रदेश प्रमुखको कार्यालयले शपथका लागि ११ बजेको समय निर्धारण गरेर तयारी गरिरहेको
१७ श्रावण, काठमाडाैँ । नेकपा (माआवादी केन्द्र) को स्थायी समितिको बैठक सुरु भएको छ । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बैठक केहीबेर अघि सुरु भएको हो । बैठकमा आजदेखि राजधानीमा सुरु हुने केन्द्रीय समिति बैठकको सम्बन्धमा छलफल हुने माओवादीले जनाएको छ । बैठकले केन्द्रीय समितिमा पेस हुने राजनीतिक तथा साङ्गठनिक दस्तावेजलाई अन्तिम