Trending
>>   कार्यालय समयमा तलबसंगै भत्ता लिने व्यवस्था हटाऔँ- अमरेश कुमार सिंह >>   संवैधानिक पदाधिकारी र न्यायाधीशले सम्पती सार्वजनिक गर्नुपर्छ : सांसद यज्ञमणि न्यौपाने >>   न्यायपालिकामाथिको प्रहार लोकतन्त्रका लागि घातकः सांसद बराल >>   जेन–जी आन्दोलनका बन्दीलाई दशैँअघि रिहा गर्न सांसद सेञ्चुरीको माग >>   प्रश्तावित राजदुतहरूको संसदीय सुनुवाई प्रक्रिया शुरुः दशैँअगावै नियुक्ति टुंग्याउने समितिको तयारी >>   बैंकिङ क्षेत्र अर्थतन्त्रको मुटु हो, यसलाई होसियारीपूर्वक चलाउनुपर्छ : सिबिफिन अध्यक्ष उपाध्याय >>   सरुवा–बढुवाको विकृतिः सभामुखमार्फत महामन्त्री आचार्यले मागे ‘नातागोताको सराप’बाट मुक्ति >>   भन्सार अधिकृतको धम्कीपूर्ण अडियो प्रकरणः रास्वपा सांसद संग्रौलाद्वारा छानबिनको माग >>   राष्ट्रिय विधि विज्ञान प्रयोगशालालाई विश्वविद्यालय बनाउने बाटो नखोल्न मन्त्री पुनको चेतावनी >>   नयाँ विशेषता सहितको १ हजारको नोट आजदेखि चलनचल्तीमा
Logo
९ आश्विन २०८३, शुक्रबार
९ आश्विन २०८३, शुक्रबार

हजारौं सहिदको सपना पूरा गर्ने जिम्मेवारी काँधमा छ : प्रधानमन्त्री प्रचण्ड


२३ भदाै, गोरखा । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सुरेश वाग्ले वासु लगायत हजारौं सहिदहरूको सपना पूरा गर्ने जिम्मेवारी काँधमा रहेको बताएका छन् ।

सुरेश वाग्लेले अध्यापन गराएको श्री जनाता माध्यमिक विद्यालयमा आयोजित सहिद सुरेश वाग्ले (वासु) र भीमसेन पोख्रेलको २४ औं स्मृति सभा तथा सालिक अनावरण कार्यक्रमलाई सम्बोधन गर्दै सो कुरा बताएका हुन् ।

सो क्रममा प्रधानमन्त्री प्रचण्डले जनयुद्धका सहिदहरूलाई स्मरण गर्दै माओवादीले उठाका मुद्दा र जनताको चाहाना पूरा गर्न अझै बाँकी रहेको बताए ।

प्रधानमन्त्री प्रचण्डले आफू प्रधानमन्त्री बनेपछि सरकारले जनयुद्ध र जनयुद्धका सहिद बेपत्ता र योद्धालाई सम्मान गर्ने वातावरण बनाएको बताए । त्यसको सुरुवात जनयुद्ध र जनआन्दोलनका सम्पूर्ण सहिदहरूलाई राष्ट्रिय सहिदको घोषणा गरेर राजपत्रमा प्रकाशित गरी जनयुद्ध दिवसलाई राष्ट्रिय दिवस घोषणा गरिरे गरिएको बताए ।

अहिले सत्य निरोपण तथा बेपत्ता सम्बन्धि बिधयेक प्रक्रियामा रहेको बताउँदै पारित भएपछी देशैभर सहिद बेपत्ता परिवारको सम्मान हुने बताए ।

आज महान् सहिद गुरु क.सुरेश वाग्ले (वासु) र क. भिमसेन पोख्रेल (बैरागी) को २४ औं स्मृति दिवसको अवसरमा आयोजित कार्यक्रममा सहभागी हुन प्रधानमन्त्री गोर्खा आएका हुन् ।

सहिद वासु २०१० सालमा गोरखा जिल्लाको आँपपिपल गा.वि.स ५ रातडाँडामा एक किसान परिवारमा जन्मिएका थिए ।

उनि नेपालको इतिहासमा पुरानो निरंकुश सामन्ति राजतन्त्रात्मक राज्य सत्ताको अन्त्य गर्दै नयाँ जनवादि राज्य स्थापनाकालागि तात्कालिन माओवादीको नेतृत्वमा २०५२फागुन १ बाट जनयुद्धमा सहभागी भएका थिए ।

जनताको सर्वाहारावादी क्रान्तिको नेतृत्व र प्रतिनिधित्व गर्दै पार्टीको महत्वपूर्ण जिम्मेवारी बहन गर्न अघि बढ्ने क्रममा २०५६ भाद्र २३ गते गोर्खा जिल्लाको गाँखुमा अभियानको क्रममा आत्मसर्मपण नगरेको र पार्टीको आन्तरिक कुरा नखोलेको भन्दै तत्कालिन राज्यपक्षले पुर्वक हत्या गरेको थियो ।


प्रकाशित मिति: २३ भाद्र २०८०, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?