Trending
>>   नेताहरु केन्द्रीय कमिटी बाहिर रहने अवस्था आउने कुराले चिन्तित छुः गगन थापा >>   काँग्रेस महामन्त्रीमा उदयशमशेर राणाको उम्मेदवारी >>   काँग्रेसको १५ औँ महाधिवेशनः सभापति पदका लागि गगन थापाद्वारा उम्मेदवारी दर्ता >>   काँग्रेसको महिलातर्फको उपसभापतिमा पुष्पा भुषालको उम्मेदवारी >>   काँग्रेस सभापतिमा उम्मेदवारी दिँदै राठौरले भने–पार्टी ठिक ढंगले चलेको छैन, अनुशासित र मर्यादित बनाउँछु >>   चिरीबाबुले दिए काँग्रेस केन्द्रिय सदस्यमा उम्मेद्वारी >>   महामन्त्रीको उम्मेद्वारी दिँदै महालक्ष्मी उपाध्यायले भनिन्, ‘पार्टीभित्र महिलाहरुको अर्थपूर्ण सहभागिता हुन सकेको छैन’ >>   संसदीय सुनुवाई समितिले राजदुतहरूको सुनुवाई दशैँअघि नै गर्ने >>   तातोपानी नाका खोल्न चीनसँग निरन्तर संवाद भइरहेको छः मन्त्री लम्साल >>   दक्षिण एशियाको आर्थिक वृद्धि ६.९ प्रतिशत पुग्ने विश्व बैंकको अनुमान
Logo
२१ आश्विन २०८३, बुधबार
२१ आश्विन २०८३, बुधबार

अपराधमुक्त समाज निर्माण सरकारको प्राथमिकता : उपप्रधानमन्त्री श्रेष्ठ


२३ ,भाद्र ,काठमाडौँ । उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले अपराधमुक्त समाज निर्माणको अभियानमा सरकार लागेको बताएका छन् ।

‘ज्यापु जातिको उत्थान, नेपाल राष्ट्रको निर्माण’ भन्ने मुल नारासहित आज काठमाडौँको टुँडिखेलमा आयोजित ज्यापु महागुठीको एकीकृत राष्ट्रिय महाधिवेशनको उद्घाटन समारोहमा गृहमन्त्री श्रेष्ठले भने, “समृद्धिका लागि सुशासन, सुशासनका लागि भ्रष्टाचार र अपराधमुक्त समाज, निर्माणको अभियानमा सरकार छ ।”

उपप्रधानमन्त्री श्रेष्ठले भ्रष्टाचार गर्नेविरुद्धको कारबाही प्रक्रियाबाट सरकार पछि नहट्ने र दलाल पुँजीको सट्टा राष्ट्रिय पुँजीको प्रवद्र्धन गरिनेसमेत बताए ।

उनले नेपालको राजनीतिक परिवर्तनमा ज्यापु समुदायको अमूल्य योगदान रहेको बताएका छन् । “सङ्घीयता र समावेशीसहित मुलुक यहाँ आइपुग्नुमा ज्यापु समुदायको ठूलो योगदान छ, ०४६ सालको आन्दोलन होस् कि ०६२/६३ को आन्दोलन, ज्यापु समुदायले आफूलाई अग्रणी र निर्णायक सावित गरेको छ”, उपप्रधानमन्त्री श्रेष्ठले भने ।

काठमाडौँको आन्दोलनमा आजका ज्यापु महागुठीका अध्यक्ष राजभाइ महर्जनको घरमा बसेर कार्यक्रम बनाइएको समेत उनले स्मरण गरे ।

ज्यापु र हरेक समुदायले चाहेजस्तै व्यवस्थासँगै जनताको जीवनस्तर परिवर्तनको चुनौती बाँकी रहेकाले वर्तमान सरकार समृद्धिको मूल प्राथमिकतासहित अगाडि बढेको उनले बताए ।

सामाजिक विविधताभित्रको एकतामा विग्रह फैलाउने काम हुनसक्नेतर्फ सचेत हुँदै अगाडि बढ्नुपर्ने र ज्यापुजस्तो किसान, श्रमिक र लोक संस्कृतिको संरक्षक समुदायले राष्ट्रको विकासमा अझै प्रभावकारी भूमिका खेल्नुपर्ने उनले बताए ।


प्रकाशित मिति: २३ भाद्र २०८०, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?