३२ श्रावण, जनकपुर । अर्थमन्त्री डा प्रकाशशरण महतले नेकपा (एमाले)ले अनावश्यकरुपमा बखेडा झिकेर संसद् अवरुद्ध गरेको बताएका छन् । आज नेपाली कांग्रेस मधेस प्रदेश कार्यालय जनकपुरधाममा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले जनताका प्रतिनिधिको थलो संसद् अवरुद्ध गरिनु कुनै पनि हालतमा तर्कसङ्गत हुन नसक्ने धारणा राखे । नेपाली कांग्रेसका प्रवक्ता डा
३२ श्रावण, काठमाडाैँ । नेकपा (एमाले) ले पार्टी र मातहतका सार्वजनिक कार्यक्रमलाई छरितो र व्यवस्थित बनाउन पाँच बुँदे मापदण्ड बनाएको छ । एमालेको यही साउन २९ गतेको सचिवालय बैठकले गरेको उक्त निर्णयबारे अन्तरपार्टी निर्देशन (सर्कुलर) जारी गरिने सो पार्टीका उपमहासचिव विष्णु रिमालले जानकारी दिनुभयो । पार्टीका कार्यक्रमको गरिमा र मर्यादालाई बढाउन
३२ श्रावण, काठमाडौं । देशभित्रै केही हुन्छ र गर्न सकिन्छ भन्ने आत्मविश्वास जगाउने उद्देश्यका साथ नेकपा (माओवादी केन्द्र)ले विषयगत विज्ञसँग सुझाव मागेको छ । सो पार्टीको अर्थ तथा योजना विभागले वर्तमान आर्थिक अवस्थाको सुधारका लागि सरकारले गर्नुपर्ने कामका विषयमा क्षेत्रगत विज्ञहरुसँग सुझाव लिएको हो । ‘मुलुकको आर्थिक विकासको मोडल र विकास
३२ ,श्रावण ,काठमाडौँ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले चालु आर्थिक वर्षमा ९० प्रतिशत प्रगति हासिल गर्नेगरी काम गरिने बताएका छन् । मन्त्रालय र पूर्वाधार पत्रकार समाजले हिजो आयोजना कार्यक्रममा उनले गत वर्ष ७० प्रतिशत प्रगति भएकामा चालु आवमा २० प्रतिशत बढाइने बताए । कोभिडको असर बाँकी रहनु, निर्वाचनको
३२ ,श्रावण ,काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले नेपाल–भारतबीचको सम्बन्ध इतिहासले बनाएको बताएका छन् । भारतको ७६औँ गणतन्त्र दिवसका अवसरमा नेपाल–भारत मैत्री समाजले हिजो यहाँ आयोजना गरेको कार्यक्रममा उनले दुई देशको सम्बन्धलाई स्थायीरुपमा रहेकाले कसैले पनि बिगार्न नसक्ने बताए । भारतसँगको सम्बन्धलाई साच्चैको मित्रताका रुपमा अगाडि बढाइरहेको
३२ ,श्रावण ,काठमाडौँ । नेकपा एमालेद्वारा आयोजित ‘वर्तमान आर्थिक अवस्था-समस्या र समाधान छलफल कार्यक्रममा बोल्दै एमाले अध्यक्ष ओलीले १०० केजी सुन लाइ लाई ६१ केजीमा झारेको आरोप लगाए । उनले भने, ३३ पटक एकै नाममा क्विन्टलका क्विन्टल ब्रेक सु को नाममा सुन आएको रहेछ । एकदिन बाध्यता परेपछि समातियो ।
३१ ,श्रावण ,चितवन। पूर्वपश्चिम राजमार्गअन्तर्गत चितवनको टिकौली जङ्गलमा आज बिहान भएको दुर्घटनाका घाइतेलाई बागमती प्रदेशका स्वास्थ्यमन्त्री उत्तम जोशीले अस्पतालमा नै पुगेर भेट गरेका छन् । उनले भरतपुर अस्पताल र पुरानो मेडिकल कलेजमा पुगेर घाइते र घाइतेका आफन्तलाई भेट गर्नुरेका हुन् । घाइते र घाइतेका आफन्तसँगको भेटपछि मन्त्री जोशीले अस्पताल प्रशासन
३१ ,श्रावण ,काठमाडौँ । नेपाली कांग्रेसका नेता तथा सांसद डा चन्द्र भण्डारीको सफल शल्यक्रिया गरिएको छ । करिब छ महिना पहिले बुद्धनगरस्थित आफ्नो घरको भान्साकोठामा ग्यास चुहिएका कारण लागेको आगालागीमा परी घाइते भएका उनको आज कीर्तिपुरस्थित बर्न सेन्टरमा पाँच घण्टा लगाएर हात र पछाडिको भागको शल्यक्रिया गरिएको हो । अस्पतालका
३१ श्रावण, काठमाडाैँ । महालेखापरीक्षकको कार्यालयले आर्थिक वर्ष २०८०÷८१ को लेखापरीक्षणको तयारीसम्बन्धी कामको जानकारी गराएको छ । आज दिउँसो प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा भएको बैठकमा कार्यालयका कार्यबाहक महालेखा परीक्षक महेश्वर काफ्लेले कार्यालयको वस्तुस्थिति र आगामी योजना एवं कार्यतालिकाबारे ‘ब्रिफिङ’ गरेका थिउ । कार्यालयले तीन चरणको कार्यतालिका बनाएर देशभरका सरकारी
३१ श्रावण, कालीकोट । कालीकोटको खाँडाचक्र नगरपालिकाको बजेट कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी भएको छ । मनोमानी ढङ्गले बजेट विनियोजन गरिएको भन्दै नगरपालिकाविरुद्ध वडाध्यक्षहरूले उच्च अदालत सुर्खेत जुम्ला इजलासमा मुद्दा दायर गरेका थिए । न्यायाधीश नवराज थपलियाको एकल इजलासले आर्थिक वर्ष २०८०/८१ को कुनै पनि बजेट कार्यान्वयन नगर्न विपक्षीका नाममा