Trending
>>   एपिएफ फाइनलनजिक >>   रोजगारी सिर्जना र विदेशी मुद्रा आर्जनमा हस्तकला व्यवसायको भुमिका महत्वपूर्णः मन्त्री सिन्हा >>   चिसोलाई चुनौती: जाडोमा स्वस्थ रहने ५ प्रभावकारी उपाय >>   विधान संशोधन गरी १० औँ महाधिवेशनकै कमिटीमा फर्कियो एमाले, युवाका लागि छुट्यायो क्लस्टर >>   मौलिक खाना प्रवर्द्धन गर्न खाद्य मेला >>   एमालेले वरिष्ठ उपाध्यक्ष पद हटायो, उपाध्यक्ष पाँच जना रहने >>   जातिय र भाषिक विविधता नेपालको सम्पतीः मन्त्री खनाल >>   राष्ट्रिय सुरक्षा परिषद्को प्रतिवेदन राष्ट्रपतिसमक्ष पेश >>   पर्यटनमन्त्री सिन्हाको प्रतिवद्धताः कुनैपनि दबाबमा नपरी काम गर्नेछु >>   मन्त्रालयमै जेन–जी कक्ष राखेर युवालाई रोजगारीको व्यवस्थापन गर्छौंः श्रममन्त्री भण्डारी
Logo
२९ मंसिर २०८२, सोमबार
२९ मंसिर २०८२, सोमबार

भारतले ८ वर्षअघि लगाएको नाकाबन्दी सम्झिँदै ओलीले भने – जीवनमा कतिपय दिन कहिल्यै बिर्सिन सकिँदैन


६ असोज, काठमाडाैँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देशलाई आत्मनिर्भर बनाउने अभियान छाड्न नहुने बताएका छन् । उनले संविधान जारी भएपछि भारतले लगाएको नाकाबन्दीको अवस्था सम्झिँदै उक्त कुरा बताएका हुन् ।

फेसबुकमा नाकाबन्दी पछि निम्तिएको समस्या स्मरण गराउने तस्बिर शेयर गर्दै जीवनका कतिपय दिनहरू कहिल्यै बिर्सन नसकिने समेत बताएका छन् । उनले फेसबुकमा लेखेका छन्, ‘आज भन्दा ८ वर्ष अघिको आजको दिन सम्झन्छु । जीवनमा कतिपय दिन यस्ता हुन्छन् – तिनलाई कहिलै बिर्सिन सकिँदैन। अस्पतालमा अक्सिजन,औषधि, बजारमा पेट्रोल, डिजेल, मट्टितेल, खाना पकाउने ग्यास लगायतका दैनिक उपभोग्य वस्तुको हाहाकार थियो । इन्धन नभएर अस्पताल जान नपाउने, खाना पकाउन नपाउने, भोकै बस्नु पर्ने पीडा भोग्यौं। देश भित्र र बाहिर बस्ने सबै नेपाली जनताले करिब छ महिनासम्म भएको नाकाबन्दीलाई पराजित गरेका थियौं ।’

पूर्वप्रधानमन्त्री समेत रहेका ओलीले कुनै दिनले इतिहास सम्झाउने र इतिहासले देशलाई आत्मनिर्भर बनाउने प्रेरणा दिने टिप्पणी समेत गरेका छन् ।

‘कुनै दिनले इतिहास सम्झाउँछ र इतिहासले देशलाई आत्मनिर्भर बनाउने प्रेरणा दिन्छ। जतिसुकै अवरोध भए पनि, जतिसुकै प्रहार भए पनि, जतिसुकै घेराबन्दी भए पनि देशलाई आत्मनिर्भर बनाउने अभियान छोड्नु हुँदैन। तपाईंहरूले ती दिनलाई कसरी सम्झनु भएको छ ?’ उनले फेसबुकमा लेखेका छन् ।


प्रकाशित मिति: ६ आश्विन २०८०, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?