काठमाडौ : आज दिगो विकास तथा सुशासन समितिको बैठक बस्दैछ । बैठक आज बिहान साढे ११ बजे सिंहदरबारस्थित समितिको हलमा बस्नेछ । बैठकमा समितिको निर्णय र निर्देशनको कार्यान्वयन अवस्था अध्ययन र उपसमितिको प्रतिवेदन पेस हुनेछ ।
काठमाडौ: संघीय संसद अन्तर्गत प्रतिनिधि सभाको बैठक बस्दै संघीय संसद अन्तर्गत आज प्रतिनिधि सभाको बैठक बस्दैछ । बैठक आज बिहान ११ बजेबाट शुरु हुनेछ । आजको बैठकमा प्रेम सुवालले सम्पती शुद्धिकरण (मनी लाउण्डरिङ) निवारण तथा व्यवसायिक वातावरण प्रवद्र्धन सम्बन्धी केही ऐनलाई संशोधन गर्ने विधेयक, २०७९ लाई प्रश्तुत गर्न अनुमति माग्ने
नेकपा (एकीकृत समाजवादी) पार्टीका सम्मानित नेता झलनाथ खनालले राष्ट्रपतिको निर्वाचनमा सबै राजनीतिक दलले सुझबुझ तरिकाले निर्णय लिनुपर्ने बताउनुभएको छ । धनगढीमा आज समाजवादी प्रेस सङ्गठन कैलालीले आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले उक्त धारणा राख्नुभएको हो । “राष्ट्रपतिको निर्वाचन भनेको महत्वपूर्ण विषय हो । यसमा सबै राजनीतिक दलले सुझबुझ, दूरदर्शिता, संविधानको
नेकपा (एमाले) अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले देशमा अस्थिरता ल्याउन प्रयास भइरहेको बताउनुभएको छ । अहिलेको सत्ता गठबन्धन भत्काउन अनेक प्रयाससमेत भइरहेको उहाँले उल्लेख गर्नुभयो । अनेरास्ववियुको २३औँ राष्ट्रिय महाधिवेशनको उद्घाटन गर्दै अध्यक्ष ओलीले मुलुकमा अस्थिरता ल्याउन विभिन्न शक्तिले चलखेल गरिरहेको आरोप लगाउनुभयो । “हामीले लिएको समृद्ध नेपाल र
काठमाडौंः संघीय संसद अन्तर्गत आज राष्ट्रिय सभाको बैठक बस्दैछ । बैठक अपरान्ह ४ बजेसंसद भवनमा बस्नेछ । आजको बैठकमा उपप्रधान एवं अर्थमन्त्री विष्णु पौडेलले आर्थिक वर्ष २०७९र०८० को बजेटको अर्ध वार्षिक मूल्यांकन प्रतिवेदनको सम्बन्धमा वक्तव्य दिनुहुने कार्यसूची रहेको छ । त्यस्तै दिगो विकास तथा सुशासन समितिका सभापति प्रकाश पन्थले दिगो
काठमाडौ :उपनिर्वाचनको कार्यक्रमअनुसार १ फागुनदेखि १६ चैतसम्म मतदाता नामावली अद्यावधिक गर्ने अवधि तोकिएको छ । २०–२२ चैतसम्म उम्मेदवारको मनोनयन दर्ता, उजुरी, जाँचबुझ, नामावली प्रकाशन गर्ने कार्यतालिका छ । २३ गते नाम फिर्ता तथा अन्तिम नामावली प्रकाशन गरेर उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गर्ने कार्यक्रम तोकिएको छ ।
गण्डकी प्रदेशका कृषि, ऊर्जा तथा जलस्रोतमन्त्री बेदबहादुर गुरुङले मानवीय कारण प्राकृतिक सम्पदामा असर परेको बताउनुभएको छ । सहमति संस्थाको आयोजनामा नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को गैँडाकोटमा सुरु भएको ‘नारायणी नदी सम्मेलन–२०२३’ लाई सम्बोधन गर्दै स्वच्छ पानी मानव जीवनका लागि अपरिहार्य रहेको छ भन्नुभयो । उहाँले यसको संरक्षणमा सबै तह र तप्काबाट लाग्नुपर्नेमा जोड
अठ्ठाइसौँ जनयुद्ध दिवसका अवसर पारेर नेकपा (माओवादी केन्द्र) खोटाङले तीनदिने कार्यशाला गोष्ठी आयोजना गरेको छ । स्थानीय तहमा आफ्नो पार्टीबाट निर्वाचित जनप्रतिनिधिलाई काम, कर्तव्य र अधिकार तथा योजना निर्माणका विषयमा प्रशिक्षित गर्ने उद्देश्यले आयोजित गोष्ठीमा माओवादी केन्द्रबाट निर्वाचित १० वटै स्थानीय तहका जनप्रतिनिधि तथा पार्टीका नेताहरू सहभागी छन् । जिल्ला
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कञ्चनपुरको दोधरा–चाँदनी नगरपालिकामा प्रस्तावित सुख्खा बन्दरगाह त्रिदेशीय रणनीति अनुसार निर्माण हुने बताउनुभएको छ । आज यहाँ आयोजित कार्यक्रममा उहाँले सो बन्दरगाह निर्माणपछि सुदूरपश्चिम प्रदेशका साथै समग्र मुलुकको आर्थिक विकासमा महत्वपूर्ण योगदान पुग्ने बताउनुभयो । “सुख्खा बन्दरगाह त्रिदेशीय साझेदारीको रणनीति अनुसार निर्माण हुनेछ”, उहाँले भन्नुभयो, “हामी भारत
खानेपानी मन्त्री अब्दुल खाँनले संविधानमा खानेपानी र सरसफाइलाई मौलिक हकका रुपमा राखिएकाले राजनीतिभन्दा माथि उठेर सेवा प्रवाह गरिनुपर्नेमा जोड दिनुभएको छ । काठमाडौँ उपत्यका खानेपानी लिमिटेड (केयुकेएल) को १५ औँ वार्षिकोत्सव समारोहलाई आज यहाँ सम्बोधन गर्नुहुँदै उहाँले राजधानीवासीका घरघरमा खानेपानी सेवा दिनसकेमात्र वार्षिकोत्सव मनाएको महत्व हुने बताउनुभयो । काठमाडौँ उपत्यकाका