१८ चैत्र, काठमाडाैँ । अर्थशास्त्री डा स्वर्णिम वाग्लेले नेपाल बनाउन ढिला भइसकेको बताएका छन् । नेपाली कांग्रेस त्यागेर राष्ट्रिय स्वतन्त्र पार्टीमा प्रवेश गरेका उनले यस्तो बताएका हुन् । नेपाल बनाउन ढिला भैसकेको भन्दै अफगानिस्तानबाहेक एशियाको सबभन्दा गरिब देशबाटमाथि उकास्नु पर्ने आफूहरुको लक्ष्य भएको उनले बताएका छन् । आगामी बैशाख १० गते
१८ चैत्र, काठमाडाैँ । नेकपा एमालेले भीम रावलसँग वार्ता गर्न समिति गठन गरेको छ । शनिबार केन्द्रीय सचिवालयको बैठकले पार्टीका उपाध्यक्ष विष्णुप्रसाद पौडेलको संयोजकत्वमा तीन सदस्यीय वार्ता टोली बनाएको हो । उक्त टोलीमा पाैडेल सहित सुदूरपश्चिमका इन्चार्ज लेखराज भट्ट र सहइन्चार्ज कर्णराज थापा रहेका छन् । वार्ता टोलीले रावलसँग संवाद गर्ने
१८ चैत्र, काठमाडाैँ । नेकपा एमालेले चितवन र तनहुँमा उपनिर्वाचनका लागि उम्मेदवारको टुंगो लगाएको छ । शनिबार एमाले केन्द्रीय सचिवालय बैठकले चितवन र तनहुँमा हुने उपनिर्वाचनका लागि उम्मेदवार छनोट गरेको हो । बैठकले चितवन २ मा एमाले जिल्ला अध्यक्ष रामप्रसाद न्यौपाने र तनहुँ १ मा सर्वेन्द्र खनाललाई उम्मेदवार उठाउने निर्णय गरेको
१८ चैत्र, काठमाडाैँ । नेविसंघका असन्तुष्ट समुहले कांग्रेस केन्द्रीय कार्यालय सानेपामा अनसन सुरु गरेका छन् । असन्तुष्ट समुहले नेविसंघ वृहत संघर्ष समिति बनाएर अनिश्चितकालीन रिले अनसन थालेका हुन् । विद्यार्थी नेता अमन भुसालका अनुसार पहिलो दिन अनशन कर्ता निश्चल महर्जन र अनशुल केसी अनशनमा छन् । उनीहरूले म्याद सकिइसकेको सभापतिलाई
१८ चैत्र, काठमाडाैँ । नेकपा माओवादी केन्द्रका उपाध्यक्ष एवं पार्टी प्रवक्ता कृष्णबहादुर महराले देश अदृष्य शक्तिले चलाएको टिप्पणी गरेका छन् । उनले शनिबार प्रेस सेन्टर नवलपुरको साधारण सभाको उद्घाटन कार्यक्रममा यस्तो टिप्पणी गरेका हुन् । अहिले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री रहँदै सरकारको नेतृत्व गरिरहेका छन् । उनले शुक्रबार
१८ चैत्र, काठमाडाैँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मिटरब्याज पीडितको समस्यालाई स्थायीरूपमा हल गर्न सरकारले काम अघि बढाएको बताएका छन् । आज बिहान मिटरब्याज पीडितसँग सरकारी निवास बालुवाटारमा भेट गर्दै उनले सामन्तवादको अवशेषका रूपमा रहेको मिटरब्याजलाई सधैँका लागि अन्त्य गर्न सरकार गम्भीर रहेको बताए । मिटरब्याजको दीर्घकालीन समाधानका लागि विद्यमान
१८ चैत्र, काठमाडाैँ । नवनियुक्त उपप्रधान तथा रक्षा मन्त्री पूर्णबहादुर खड्काले आफूलाई प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र कांग्रेस सभापति शेरबहादुर देउवाले १९ वटा मन्त्रालयमध्येबाट छान्न दिएको बताएका छन् । उनले शनिबार ललितपुरको बाँडेगाउँस्थित किसुनजी आश्रयमा पत्रकारहरूसँग कुराकानी गर्दै यस्तो बताएका हुन् । पत्रकारहरूसँगै बोल्दै खड्काले भने, 'प्रधानमन्त्री र सभापति जीले मलाई
१८ चैत्र, एजेन्सी । ब्राजिलका राष्ट्रपति लुइज इनासियो लुला डा सिल्भा अप्रिल महिनाको दोस्रो साता चीन भ्रमणमा जाने भएका छन् । उनले गत साताका लागि भ्रमणको तय गरेको भए पनि स्वास्थ्य समस्याका कारण अन्तिम समयमा भ्रमण स्थगित गरेका थिए । उनलाई निमोनियाको समस्या देखिएको र अहिले स्वास्थ्यमा क्रमिक सुधार भइरहेको
१८ चैत्र, काठमाडाैँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग मिटरब्याज पीडितले आज भेट गरेका छन् । बिहान बालुवाटारस्थित प्रधानमन्त्री निवासमा भेटवार्ता भएको प्रधानमन्त्री दाहालका प्रेस संयोजक सूर्यकिरण शर्माले जानकारी दिए । भेटमा प्रधानमन्त्री दाहालसमक्ष पीडितले मिटरब्याजबाट मुक्त गर्न आग्रह गरेका थिए । उनीहरुसँगको छलफलमा प्रधानमन्त्री दाहालले समस्या समाधानमा सरकार गम्भीर भएर
१८ चैत्र, काठमाडाैँ । नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्ने भएको छ । कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले समसामयिक राजनीति घटनाक्रम, उपनिर्वाचन र बाँकी मन्त्रिपरिषद् विस्तारबारे छलफल गर्न बैठक आह्वान गरिएको जानकारी दिए । बैठक बिहान १० बजे कांग्रेस केन्द्रीय कार्यालय सानेपामा बस्नेछ ।