Trending
>>   काठमाडौं उपत्यका सुनसान, सडक र बजार चकमन्न >>   नेपाल प्रहरीलाई भविष्यउन्मुख बनाउने आईजीपी कार्कीको संकल्प >>   खगेन्द्र सुनारबारे सरकारः प्रक्रियाअनुसार अनुसन्धान हुन्छ >>   पार्टीभित्रका असन्तुष्ट पक्षलाई समेटेर अघि बढ्छुः सभापति थापा >>   सात दशक पुरानो कानून विस्थापन गर्दै नयाँ प्रहरी विधेयक ल्याउने सरकारको तयारी >>   प्रहरी समायोजन नहुँदा संघीयता कार्यान्वयनमा चुनौती देखियोः मुख्यमन्त्री थापा मगर >>   एक दिनमा ५० पटकसम्म वालेटमा रकम जम्मा गर्न सकिने >>   पार्टीका नियमित कामबाट अलग भएर ‘समुन्नति’ को अभियानमा लाग्छुः सभापति थापा >>   अध्यादेशको विरोध गर्दै काँग्रेसले भन्योः भूमि सम्बन्धी अध्यादेश संसदबाटै ल्याउनुपर्छ >>   नेपाल–भारत सम्बन्धलाई परिणाममुखी र आधुनिक आर्थिक साझेदारीमा बदल्नुपर्छः परराष्ट्रमन्त्री
Logo
६ कार्तिक २०८३, बिहीबार
६ कार्तिक २०८३, बिहीबार

सहमति गर्ने,कार्यान्वयन नगर्नेलाई कालो व्यानरमा नेविसंघ असन्तुष्टको प्रश्नः हामीसँग गरिएको सहमति खोइ?


काठमाडौंः नेपाली कांग्रेस पार्टीले भदौ ३ गते गरेको सहमति कार्यान्वयन नगरेको भन्दै विरोध गरेको छ । केन्द्रीय समिति विस्तारमा कांग्रेसको शेखर–गगन समूहको असन्तुष्टि र विरोधपछि ३ भदौमा एक साताभित्र थप नाम समावेश गर्ने र महाधिवेशनकेन्द्रित हुने सहमति बनेको थियो, तर अझै नाम समावेश हुन सकेको छैन ।

सहमतिपत्रमा निवर्तमान अध्यक्ष तथा कांग्रेस केन्द्रीय सदस्य राजीव ढुंगानाको रोहवरमा भएको सहमतिमा केन्द्रीय कार्यालयका तर्फबाट मुख्यसचिव कृष्णप्रसाद पौडेलसमेत हस्ताक्षर गरेका थिए । नेविसंघ अध्यक्ष दुजाङ शेर्पा असन्तुष्ट पक्षलाई समेटेर कमिटी विस्तारको तयारीका कारण समय लागेको बताउँछन् । उनले यस विषयमा पार्टी नेतृत्वसँग छलफल भइरहेको बताए ।

आन्दोलनको नेतृत्व गरेका तथा सहमतिपत्रमा हस्ताक्षर गर्नेमध्येका विनोद शाही ठकुरीले सहमति बिपरित मनपरि तरिकाले बेवास्ता गर्दै विभिन्न बाहना बाझी गर्दै, हस्ताक्षर गरिएका जायज मुद्दा ओझेलमा पार्ने र सहमति कर्ताको अनैतिक चरित्रले पार्टीको बिश्वसनियता माथि गम्भीर आँच पुगेको भन्दै बिरोध गरेको बताए ।’पार्टीलाई बदनाम र अप्रजातान्त्रिक चरीत्र अगाल्ने गुटगत आग्रहपुर्वाग्रह गर्ने अमुख पात्र यस अवस्थाको हामी अन्त्य चाहन्छौं र भातृसंस्था भित्रको अस्वस्थ अकर्मण्यता र विभिन्न अलोकतान्त्रिक गतिविधिको घोर निन्दा र बिरोध गर्न चाहन्छौ,’उनले भने।

 


प्रकाशित मिति: २८ आश्विन २०८०, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?