Trending
>>   सहकारी पीडितको वचत फिर्तामा सरकार संवेदनशील, १ लाख मुनिकालाई प्राथमिकता >>   सरकारद्वारा चैत १९ मा संघीय संसदको अधिवेशन आह्वान गर्न सिफारिस, संविधान संशोधनका लागि कार्यदल गठन >>   सांसदहरुलाई पूर्णबहादुर खड्काले भने–‘संविधान संशोधनको मुद्दा उठेको छ, ख्याल गर्नुहोला’ >>   बालश्रम शोषणको आरोपमा सांसद रेखा शर्मा पक्राउ >>   राइड शेयरिङमा मनोमानी बढेको भन्दै ‘प्रो राइडर समूह’ आन्दोलित, प्रतिकिलोमिटर २७ रुपैयाँ भाडा तोक्न माग >>   सरकारको कार्ययोजनाः सार्वजनिक खरिद सुधारदेखि ऊर्जा निर्यात रणनीतिसम्म >>   ‘बखान’ उपन्यासलाई शहीद शिवप्रसाद पौडेल स्मृति राष्ट्रिय पुरस्कार >>   पीएसपीपी कार्यान्वयन गर्ने सरकारी निर्णयको निजी क्षेत्रबाट स्वागत >>   पूर्वप्रधानमन्त्री र गृहमन्त्रीको पक्राउः कानूनको शासन कि शक्तिको कानून ? >>   सरकारको कदम प्रतिशोधपूर्ण र घृणायुक्त, अध्यक्ष र पूर्व गृहमन्त्रीलाई तत्काल रिहा गरियोस्ः महेश बस्नेत
Logo
१६ चैत्र २०८२, सोमबार
१६ चैत्र २०८२, सोमबार

सहमति गर्ने,कार्यान्वयन नगर्नेलाई कालो व्यानरमा नेविसंघ असन्तुष्टको प्रश्नः हामीसँग गरिएको सहमति खोइ?


काठमाडौंः नेपाली कांग्रेस पार्टीले भदौ ३ गते गरेको सहमति कार्यान्वयन नगरेको भन्दै विरोध गरेको छ । केन्द्रीय समिति विस्तारमा कांग्रेसको शेखर–गगन समूहको असन्तुष्टि र विरोधपछि ३ भदौमा एक साताभित्र थप नाम समावेश गर्ने र महाधिवेशनकेन्द्रित हुने सहमति बनेको थियो, तर अझै नाम समावेश हुन सकेको छैन ।

सहमतिपत्रमा निवर्तमान अध्यक्ष तथा कांग्रेस केन्द्रीय सदस्य राजीव ढुंगानाको रोहवरमा भएको सहमतिमा केन्द्रीय कार्यालयका तर्फबाट मुख्यसचिव कृष्णप्रसाद पौडेलसमेत हस्ताक्षर गरेका थिए । नेविसंघ अध्यक्ष दुजाङ शेर्पा असन्तुष्ट पक्षलाई समेटेर कमिटी विस्तारको तयारीका कारण समय लागेको बताउँछन् । उनले यस विषयमा पार्टी नेतृत्वसँग छलफल भइरहेको बताए ।

आन्दोलनको नेतृत्व गरेका तथा सहमतिपत्रमा हस्ताक्षर गर्नेमध्येका विनोद शाही ठकुरीले सहमति बिपरित मनपरि तरिकाले बेवास्ता गर्दै विभिन्न बाहना बाझी गर्दै, हस्ताक्षर गरिएका जायज मुद्दा ओझेलमा पार्ने र सहमति कर्ताको अनैतिक चरित्रले पार्टीको बिश्वसनियता माथि गम्भीर आँच पुगेको भन्दै बिरोध गरेको बताए ।’पार्टीलाई बदनाम र अप्रजातान्त्रिक चरीत्र अगाल्ने गुटगत आग्रहपुर्वाग्रह गर्ने अमुख पात्र यस अवस्थाको हामी अन्त्य चाहन्छौं र भातृसंस्था भित्रको अस्वस्थ अकर्मण्यता र विभिन्न अलोकतान्त्रिक गतिविधिको घोर निन्दा र बिरोध गर्न चाहन्छौ,’उनले भने।

 


प्रकाशित मिति: २८ आश्विन २०८०, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?