Trending
>>   काँग्रेस संस्थापन इतर पक्षको १५ औं महाधिवेशनः७ लाख ८३ हजार सदस्यको विवरण बुझाइयो >>   काँग्रेस अधिवेशन भविष्यको मार्गचित्र कोर्ने परीक्षा होः डा. शशांक कोईराला >>   काँग्रेस संस्थापन इतर पक्षले पार्टीको १५ औं महाधिवेशन मंसिरको २१, २२ र २३ गते गर्ने >>   गगन थापालाई ‘ग्याङस्टार’ भन्नेहरूमाथि रामसरोज यादवको प्रहारः ‘विनाशकाले विपरित बुद्धि’ >>   किसानलाई तत्काल धान नकाट्न मौसम विभागको आग्रह >>   राष्ट्रपति पौडेलद्वारा इन्द्रजात्राको अवलोकन >>   १० दिन सुरुङभित्र फसेर जीवितै उद्धार गरिएका कविर महर्जन अस्पतालबाट डिस्चार्ज >>   वैकल्पिक राजनीतिक शक्ति निर्माण गर्ने उद्देश्यले युवाहरुद्वारा ‘हुंकार मधेस’ अभियान घोषणा >>   जनकपुरका गुठी जग्गावासी आन्दोलितः १५ दिने सूचना खारेज गर्न माग >>   महिला कबड्डीमा नेपाल काँस्यमै सिमित
Logo
११ आश्विन २०८३, आईतवार
११ आश्विन २०८३, आईतवार

राजनीतिक दल पुस्ता लक्षित हुनुपर्छ :सभापति लामिछाने


काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद रवि लामिछानेले राजनीतिक दल एउटा चुनावबाट अर्को चुनावमा लक्षित नहुने बताए । सोमबारबाट सुरु भएको पार्टीको नीति मन्थन कार्यक्रमलाई सम्बोधन गर्दै उनले राजनीतिक दल एउटा चुनावबाट अर्को चुनावमा लक्षित नभइ एउटा पुस्ताबाट अर्को पुस्तामा लक्षित हुनुपर्ने बताए । सभापति लामिछानेले रास्वपा नयाँ पार्टी भएकाले सिक्दै र बुझ्दै जाने प्रयासमा रहेको र पुराना राजनीतिक दलहरुमा अझै पनि राणा शासन कायम रहेको भन्दै उनले देशले व्यवस्था बदलेको भए पनि राजनीतिक दलभित्रको आन्तरिक लोकतन्त्र नहुँदा समस्या आएको समेत बताए ।

राजनीतिक दलका विचार, अभिव्यक्तिहरु स्पष्ट नआउँदा अनुमानको घेरामा आफूहरु पनि परेको र यो परिवर्तनमा सारा जीवन बिताएका नेताहरुप्रति कहिले काहि विषय केन्द्रित कटाक्ष गरे पनि मुलुकको परिवर्तनमा उनीहरुले दिएको योगदानलाई अवमूल्यन गर्ने आँट, शाहस र योजना नरहेको बताए । उनले रास्वपा नयाँ पार्टी भएकाले सिक्दै र बुझ्दै जाने प्रयासमा रहेको बताउदै पुराना राजनीतिक दलहरुमा अझै पनि राणा शासन कायम रहेको भन्दै उनले देशले व्यवस्था बदलेको भए पनि राजनीतिक दलभित्रको आन्तरिक लोकतन्त्र नहुँदा समस्या आएको बताए ।


प्रकाशित मिति: २९ आश्विन २०८०, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?