Trending
>>   वेस्ट बैंकमा इजरायली सेनाद्वारा २ प्यालेस्टाइनीको हत्या >>   टर्किएद्वारा करिव १३ सय अनियमित आप्रवासी पक्राउ >>   तीन दिने अभियानमा ५.३ मिलियन अफगान बालबालिकालाई पोलियो खोप दिइने >>   बुटवल उपमहानगरपालिकामा डेङ्गी खोज र नष्ट गर अभियान शुरु >>   भारतको मुद्रास्फीतिमा कमी आउने अनुमान >>   देशमा पश्चिमी वायुको सामान्य प्रभावः चार प्रदेशमा पानी पर्ने सम्भावना >>   आज मिति २०८१ साल मङ्सिर १२ गते बुधबार,हेर्नुहोस आजको राशिफल >>   सहकारीमा कार्यरत कर्मचारीहरुलाई सुरक्षा कोषमा आवद्ध गर्न आवश्यकः मन्त्री अधिकारी >>   सेबोनका नवनियुक्त अध्यक्ष सन्तोषनारायण श्रेष्ठले लिए शपथ >>   एनपिएलको उत्कृष्ट नेपाली क्रिकेटरले ओमोडा गाडी पाउने
Logo
१२ मंसिर २०८१, बुधबार
१२ मंसिर २०८१, बुधबार

राजनिति


कांग्रेस कार्यसम्पादन समितिको बैठक बस्दै

१६ चैत ,काठमाडौँ । नेपाली कांग्रेसले समसामयिक राजनीतिक विषयमा छलफल गर्न आज पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाइएको छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा बिहान १० बजे बस्ने उक्त बैठकमा पार्टीका तर्फबाट सरकारमा सहभागी हुने मन्त्री र प्रतिनिधिसभाको उपनिर्वाचनमा पार्टीका उम्मेदवारको चयनलगायत विषयमा छलफल हुने कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी

समृद्धि र विकासका लागि परिपूर्ण लोकतन्त्र हुनुपर्छ : अध्यक्ष ओली

१५ चैत ,काठमाडौँ । नेकपा (एमाले)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले देशको समृद्धि र विकासका लागि परिपूर्ण लोकतन्त्र हुनुपर्नेसमेत बताएका छन्‌ । एमालेले सञ्चालन गरेको ‘मिसन ग्रासरुट’ अभियानअन्तर्गत आज रुपन्देही पार्टीले बुटवलमा आयोजना गरेको विशेष प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै उनले देशमा लोकतन्त्र राजनीतिक अधिकारको क्षेत्रमा मात्र नभएर आर्थिक, सामाजिक,

विश्वासको मत लिँदै कर्णाली प्रदेशका मुख्यमन्त्री शर्मा

१५ चैत ,कर्णाली । कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री राजकुमार शर्माले शुक्रबार विश्वासको मत लिने भएका छन्‌ । नेकपा (एमाले), नेकपा(एकीकृत समाजवादी) र राप्रपाको समर्थनमा गत पुस २७ गते मुख्यमन्त्री भएका शर्माले माघ ६ गते विश्वासको मत लिएका थिए । राष्ट्रपतिको चुनावसँगै फेरिएको राष्ट्रिय समीकरणपछि केन्द्रमा राप्रपा सरकारबाट बाहिरिएको छ ।

नेकपा (एस) उपाध्यक्ष भुसालको नेतृत्वमा सरकारमा जाने

१५ चैत ,काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) ले पार्टीका उपाध्यक्ष डा बेदुराम भुसालको नेतृत्वमा उपमहासचिव प्रकाश ज्वालालाई सरकारमा पठाउने भएको छ । पार्टी अध्यक्ष माधवकुमार नेपालको अध्यक्षतामा केन्द्रीय कार्यालयमा आज बसेको सचिवालय बैठकले सो निर्णय गरेको हो । पार्टीका प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले बैठकमा सरकारमा पार्टीको सहभागिताको सम्बन्धमा छलफल

उपराष्ट्रपति यादवसँग गैरआवासीय नेपाली सङ्घका प्रतिनिधिको भेट

१५ चैत ,काठमाडौँ । उपराष्ट्रपति रामसहायप्रसाद यादवसँग गैरआवासीय नेपाली सङ्घका प्रतिनिधिले आज भेटवार्ता गरेका छन् । सङ्घका कार्यकारी अध्यक्ष रविना थापा र अध्यक्ष कुल आचार्यको प्रतिनिधित्वमा गएको प्रतिनिधिमण्डलले उपराष्ट्रपति समक्ष नागरिकताको निरन्तरता, विदेशमा रहेका नेपालीको सम्पत्तिको सुरक्षा, नेपालमा सहजै लगानीको वातावरण निर्माणलगायत विषयमा छलफल गरेको थियो । सो अवसरमा उपराष्ट्रपति

भोली बेलुकासम्म मन्त्रिपरिषदलाई पूर्णता दिने सत्ता गठबन्धनको निर्णय

१५ चैत्र, काठमाडाैँ । बिहिबार बेलुकासम्म मन्त्रिपरिषदलाई पूर्णता दिने निर्णय सत्ता गठबन्धनको बैठकले गरेको छ । आज बालुवाटारमा बसेको दोश्रो चरणको बैठकले उक्त निर्णय गरेको हो । बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै जसपाका वरिष्ठ नेता राजेन्द्र श्रेष्ठले भोलि बेलुकीसम्म मन्त्रिपरिषदले पूर्णता पाउने बताएका छन् । उनले ९ दल सरकारमा सहभागी हुने र

सांसद सापकोटाको पहलले पायो सार्थकता : जुरे पहिरो पीडितले माग अनुसार नगदै राहत पाउने

१५ चैत्र, काठमाडौं । अन्तत: जुरे पहिरो पीडितले माग बमोजिम नगदै राहत पाउने भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले गरेको निर्णय अनुसार अब जिल्ला विपद् व्यवस्थाप समितिले स्थानीय तहको समन्वयमा पीडितहरुको यकिन तथ्यांकका आधारमा मापदण्ड बनाएर राहत वितरण गर्ने भएको छ । मंगलबार बसेको मन्त्रिपरिषद्ले 'जुरे पहिरो पीडितका लागि

युवालाई गाउँमै रोजगारी दिने वाचा गर्दै चुनाव जितेका वडा सदस्य रोजगारीका लागि विदेश उडे

१५ चैत्र, काठमाडाैँ । नेकपा एमालेबाट वडा सदस्यमा निर्वाचित एक जनप्रतिनिधि रोजगारीका लागि विदेश गएका छन्। इलामको देउमाइ नगरपालिका वार्ड नं ५ बाट निर्वाचित भएका वडा सदस्य कैलाश श्रेष्ठ रोजगारीका लागि कोरिया गएका हुन् । उनले २०२२ को ईपीएस परीक्षा उत्तीर्ण गरेसँगै रोजगारीका लागि उक्त गन्तव्यमा गएका हुन् । उनी रोजगारीका

एकीकृत समाजवादीबाट सरकारमा जाँदै प्रकाश ज्वाला

१५ चैत्र, काठमाडाैँ । माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीको तर्फबाट प्रकाश ज्वाला सरकारमा जाने भएका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको सरकारमा ज्वालालाई पठाउने निर्णय समाजवादी आज बसेको आकस्मिक बैठकले गरेको हो । पहिलो चरणमा एकीकृत समाजवादीले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय पाउने बताइएको छ । वर्तमान  भौतिक पूर्वाधार मन्त्री

नारायणकाजी श्रेष्ठ गृहमन्त्री बन्ने

१५ चैत्र, काठमाडाैँ। नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठ गृहमन्त्री बन्ने भएका छन् । बुधबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको १० दलीय सत्ता गठबन्धनको बैठकले भौतिक मन्त्रालय एकीकृत समाजवादीलाई दिन सहमति देखाएपछि श्रेष्ठ गृहमन्त्री बन्ने भएको बताइएको छ । अहिले श्रेष्ठले उपप्रधान तथा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको जिम्मेवारी सम्हालि रहेका छन्

सम्वन्धित समाचारहरु