Trending
>>   केपी ओली बिरुद्धका सबै षड्यन्त्रहरु असफल भएको महेश बस्नेतको दाबी >>   नेतृत्व परिवर्तनको बहस ‘फेसन’जस्तो भयोः झाँक्री >>   एमाले अध्यक्षको प्रतिवेदन र आत्मालोचना व्यवहारमा देखिनुपर्छः गोकुल बाँस्कोटा >>   ग्यास र चिनीको कालोबजारी रोक्न सरकार निर्मम हुनुपर्छः सांसद प्रसाईं >>   पेट्रोलियमको मूल्य नबढेसम्म चाडपर्वमा भाडा बढाउँदैनौँः अध्यक्ष सिटौला >>   पुनर्निर्माणमा मोडेल परिवर्तनः ‘टाउनसिप’ मोडेलमा बस्ती विकास गरिने’ >>   एउटै आन्दोलनमा निधन भएकाहरु शहीद अनि बाचेकाहरु अपराधी कसरी ? >>   रसुवा बाढीमा सम्पर्कविहीनहरु अब जीवित भेट्टिने सम्भावना कम छ: गृहसचिव शर्मा >>   गएको साता ८७ अंकले बढेको नेप्सेको यो साता कस्तो रहला ? >>   सम्पती धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍योः राष्ट्र बैंक
Logo
६ आश्विन २०८३, मंगलवार
६ आश्विन २०८३, मंगलवार

कर्णालीको शिक्षा क्षेत्र सुधारका लागि सिकाइ केन्द्र बनाउँछौँ : मुख्यमन्त्री शर्मा


१६ ,असोज ,कर्णाली । कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले प्रदेशको शिक्षा क्षेत्र सुधारका लागि सिकाइ केन्द्र बनाउने बताएका छन् ।

वीरेन्द्रनगर सुर्खेतमा आज आयोजित प्लान इन्टरनेशनल नेपालको पाँच वर्षे राष्ट्रिय रणनीति सार्वजनिकीकरण कार्यक्रममा मन्तव्य व्यक्त गर्दै मुख्यमन्त्री शर्माले कर्णाली प्रदेश सरकारले शिक्षालाई प्रभावकारी बनाउन सिकाइ केन्द्र निर्माण गर्ने बताए ।

उनले भने, “प्रविधि, श्रम उत्पादन र नैतिकताका क्षेत्रलाई सुदृढ, विस्तारको काम शिक्षण सिकाइ केन्द्रले गर्नेछ । केन्द्रबाट शिक्षक विद्यार्थी र पाठ्यक्रम निर्माणका लागि सहयोग हुनेछ ।”

शैक्षिक सुधारका लागि भने सङ्घ, प्रदेश र स्थानीय तहबीचको सहकार्य अपरिहार्य रहेको उनको भनाइ थियो । शैक्षिक गतिविधि एक्लाएक्लैभन्दा तीनै तहको सरकार र सरोकारवालाबीचमा सहकार्यबाट सम्भव रहेको बताउँदै उनले कर्णालीका जनताको सुख र खुसीलाई केन्द्रमा राखेर सरकारले आफ्ना गतिविधि सञ्चालन गरिरहेको स्पष्ट पारे ।

समुदायस्तरबाट पनि शिक्षा क्षेत्रमा योगदान हुने भएकाले पहिलो पाठशाला घर परिवारबाटै सिकाइ सुधारका अभ्यास आवश्यक रहेको जनाएका उनले कर्णाली प्रदेश सरकारले यहाँका १० जिल्लाका एक/एकवटा विद्यालयलाई नमूना विद्यालय बनाउने तयारी गरेको र त्यसका लागि कार्यविधि निर्माणको कामसमेत बताए ।

उक्त कार्यक्रममा कर्णाली प्रदेशका सामाजिक विकासमन्त्री खड्कबहादुर पोखरेल, आन्तरिक तथा कानुनमन्त्री कृष्णबहादुर जिसी र जलस्रोत तथा ऊर्जा विकासमन्त्री उर्मिला विक, कर्णाली प्रदेशका प्रमुख सचिव चूडामणि पौडेललगायतको उपस्थिति रहेको थियो ।

प्लान इन्टरनेशनल नेपाल कर्णालीका १० वटै जिल्लामा कार्यक्रम विस्तारसमेत गरेको छ । प्लान इन्टरनेशनल नेपालका अध्यक्ष राम किसनले कर्णालीका दशवटै जिल्लामा कार्यक्रम विस्तार गरिएको जानकारी दिए ।


प्रकाशित मिति: १६ आश्विन २०८०, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?