Trending
>>   काठमाडौंको दरवारमार्गबाट स्रोत नखुलेको नगद सहित दुई जना पक्राउ >>   संसदीय दलको नेता छान्न केही समय लाग्छः रास्वपा >>   शिर्ष टोली एपिएफसँग चित्लाङले अंक खोस्यो >>   फागुनसम्म सरकारले उठायो ७ खर्ब ५१ अर्ब राजश्व >>   गृहमन्त्री ओमप्रकाश अर्याललाई राष्ट्रिय सभा सदस्य बनाउन सरकारको सिफारिस >>   जेन–जी आन्दोलन जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै प्रदर्शन >>   काँग्रेसले टुंग्यायो २० जना समानुपातिक सांसद >>   चैतका लागि वाणिज्य बैंकहरुले व्याजदर घटाए >>   राप्रपाले समानुपातिकतर्फका सांसदको नामावली टुंगो लगायो >>   देशका विभिन्न स्थानमा वर्षा र हिमपातको सम्भावना
Logo
४ चैत्र २०८२, बुधबार
४ चैत्र २०८२, बुधबार

पूर्वशिक्षामन्त्री शर्मा भन्छन -“ॐ हटाउने कुनै निर्णय भएको छैन,वैदिककालदेखि प्रचलनका शब्द हटाउने सोच्न पनि सकिँदैन !”


काठमाडौं: पूर्वशिक्षामन्त्री दीनानाथ शर्माले ॐ शब्द शब्दकोशबाट हटाउने निर्णय भएको भन्ने विषयमा सत्यता नरहेको बताएका छन्। मंगलबार एक विज्ञप्ति जारी गर्दै उनले १२ वर्ष पहिले आफू शिक्षामन्त्री हुँदा ॐ शब्द शब्दकोशबाट हटाउने निर्णय गरेको भन्ने कुरा कपोलकल्पित, भ्रामक र तथ्यहीन प्रचारबाजी मात्रै रहेको प्रस्टीकरण दिएका हुन्।

‘मेरो कार्यकालमा त्यस प्रकारको कुनै पनि निर्णय भएको थिएन। वैदिककालदेखि प्रचलनमा रहेका श्री, ॐजस्ता शब्द हटाउने कुरा सोच्न पनि नसकिने र शब्दकोश, किबोर्डबाट अहिलेसम्म कतै नहटेको तथ्य प्रस्ट पार्दै भ्रममा नपर्न सबैमा अनुरोध गर्दछु,’ विज्ञप्तिमा भनिएको छ।

 


प्रकाशित मिति: १६ आश्विन २०८०, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?