Trending
>>   अनेसास जर्मनीको वेबसाइट सार्वजनिक: नेपाली भाषा, साहित्य र संस्कृतिलाई जोड्ने नयाँ डिजिटल आँगन >>   काठमाडौं उपत्यका सुनसान, सडक र बजार चकमन्न >>   नेपाल प्रहरीलाई भविष्यउन्मुख बनाउने आईजीपी कार्कीको संकल्प >>   खगेन्द्र सुनारबारे सरकारः प्रक्रियाअनुसार अनुसन्धान हुन्छ >>   पार्टीभित्रका असन्तुष्ट पक्षलाई समेटेर अघि बढ्छुः सभापति थापा >>   सात दशक पुरानो कानून विस्थापन गर्दै नयाँ प्रहरी विधेयक ल्याउने सरकारको तयारी >>   प्रहरी समायोजन नहुँदा संघीयता कार्यान्वयनमा चुनौती देखियोः मुख्यमन्त्री थापा मगर >>   एक दिनमा ५० पटकसम्म वालेटमा रकम जम्मा गर्न सकिने >>   पार्टीका नियमित कामबाट अलग भएर ‘समुन्नति’ को अभियानमा लाग्छुः सभापति थापा >>   अध्यादेशको विरोध गर्दै काँग्रेसले भन्योः भूमि सम्बन्धी अध्यादेश संसदबाटै ल्याउनुपर्छ
Logo
८ कार्तिक २०८३, शनिबार
८ कार्तिक २०८३, शनिबार

पूर्वशिक्षामन्त्री शर्मा भन्छन -“ॐ हटाउने कुनै निर्णय भएको छैन,वैदिककालदेखि प्रचलनका शब्द हटाउने सोच्न पनि सकिँदैन !”


काठमाडौं: पूर्वशिक्षामन्त्री दीनानाथ शर्माले ॐ शब्द शब्दकोशबाट हटाउने निर्णय भएको भन्ने विषयमा सत्यता नरहेको बताएका छन्। मंगलबार एक विज्ञप्ति जारी गर्दै उनले १२ वर्ष पहिले आफू शिक्षामन्त्री हुँदा ॐ शब्द शब्दकोशबाट हटाउने निर्णय गरेको भन्ने कुरा कपोलकल्पित, भ्रामक र तथ्यहीन प्रचारबाजी मात्रै रहेको प्रस्टीकरण दिएका हुन्।

‘मेरो कार्यकालमा त्यस प्रकारको कुनै पनि निर्णय भएको थिएन। वैदिककालदेखि प्रचलनमा रहेका श्री, ॐजस्ता शब्द हटाउने कुरा सोच्न पनि नसकिने र शब्दकोश, किबोर्डबाट अहिलेसम्म कतै नहटेको तथ्य प्रस्ट पार्दै भ्रममा नपर्न सबैमा अनुरोध गर्दछु,’ विज्ञप्तिमा भनिएको छ।

 


प्रकाशित मिति: १६ आश्विन २०८०, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?