काठमाडौँ। प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सत्तारूढ दलहरूबीच भएको समझदारीअनुरूप नै सत्तासमीकरण अगाडि बढ्ने बताउनुभएको छ।शनिबार दिउँसो तामाङ राष्ट्रिय मुक्ति मोर्चाको सातौँ राष्ट्रिय महाधिवेशनलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले समीकरणमा कुनै समस्या र असमझदारी नरहेको स्पष्ट पार्दै समझदारीअनुरूप नै सत्तासमीकरण अगाडि बढ्ने बताउनुभएको हो। महाधिवेशनले सम्बोधन गर्दै
आज नवलपरासीको परासीमा पार्टिका नेता तथा कार्यकर्तासँगको अन्तरक्रियामा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले राख्नु भएको बिषयहरु; १. नेपाली कांग्रेसलाई कसैले पनि हराउन नसक्नेगरी जनस्तरमा काम गर्नुहोस्। २. चुनावमा हुने अन्तरघात हटाउन अहिलेदेखिनै योग्यता र क्षमताका आधारमा पदिय जिम्मेवारीको बाफाट गर्नुहोस्। ३. सबै तहमा प्रशिक्षण राखेर राष्ट्रिय राजनीतिको विचार विश्लेषण गर्नुहोस्।
धनगढी । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सहिद देशका साझा सम्पत्ति भएकाले सहिदका परिवारसँग सबैले सोहीअनुसार व्यवहार गर्नुपर्ने बताउनुभएको छ । ज्नयुद्धकालमा एकै गाउँबाट सात जना सहिद भएको कैलालीको धनगढी उपमहानगरपालिका ७ पटेलामा सहिद परिवारको भेलालाई सम्बोधन गर्दै उहाँले यस्तो धारणा राख्नुभएको हो । सहिद हुनुअघि उनीहरु कुनै एउटा
काठमाडाैं । नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल प्रजातन्त्र सेनानी संघको तदर्थ कार्यसमितिमा ९४ केन्द्रीय सदस्य मनोनीत भएका छन्। कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार सभापति शेरबहादुर देउवाले बिहीबार बालकृष्ण दाहालको संयोजक रहेको तदर्थ समितिमा ९० र शुक्रबार थप चार सदस्य मनोनीत गरेका हुन्। उक्त संघको पनि ०६४ पछि महाधिवेशन हुन सकेको
काठमाडाैं । नेपाली कांग्रेसको भ्रातृ संस्था राष्ट्रिय लोकतान्त्रिक अपांग संघको केन्द्रीय तदर्थ कार्यसमितिमा १७० केन्द्रीय सदस्य मनोनीत भएका छन्।कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार सभापति शेरबहादुर देउवाले शुक्रबार प्रकाश पन्थको संयोजकत्वमा तदर्थ समितिमा सदस्य मनोनीत गरेका हुन्। ०६६ मा मान्यता पाएको संघका हालसम्म अधिवेशन नै हुन सकेको छैन।
काठमाडौं । सरकारले आठ देशका लागि नेपाली राजदूत सिफारिस गरेको छ । शुक्रबार बसेको मन्त्रिपरिषदको बैठकले राजनीतिक भागवण्डाका आधारमा राजदूत सिफारिश गरेको हो ।सरकारले पूर्वमुख्य सचिव लोकदर्शन रेग्मीलाई भारतका लागि राजदूत सिफारिस गरेको छ । रेग्मी यसअघि बेलायतका राजदुत पनि बनेका थिए । त्यस्तै अमेरिकाका लागि चन्द्र घिमिरे, दक्षिण कोरियाका
काठमाडौं । नेपाली कांग्रेसले बजेट पारित नहुँदासम्म पार्टीका सांसदहरूलाई संसद्मा अनिवार्य उस्थिति हुन सांसदलाई निर्देशन दिएको छ । आज बसेको संसदीय दलको बैठकले सांसदहरूलाई बैठकमा उपस्थित हुन निर्देशन दिएको प्रमुख सचेतक रमेश लेखकले बताए ।
काठमाडाैं । प्रमुख प्रतिपक्षी कांग्रेसले शुक्रबार संसदीय दलको बैठक डाकेको छ । प्रमुख सचेतक रमेश लेखकका अनुसार ७ असार दिउँसो ३ बजेका लागि बैठक बोलाइएको छ । बैठक संसद् भवन नयाँ बानेश्वरस्थित ल्होत्से हलमा बस्नेछ । त्यसअघि संसदीय दल कार्यसमितिको बैठक बोलाइएको छ । कार्यसमितिको बैठक संसद् भवनस्थित संसदीय दलको नेता शेरबहादुर देउवाको कार्यकक्षमा
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्राकृतिक हिसाबले नेपाल संसारभरका मानिसका लागि योगाभ्यासको सुन्दर भूमि भएको बताउनुभएको छ ।विश्व योग दिवस २०२४ को अवसरमा आज यहाँ आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले योगसम्बन्धी ज्ञानविज्ञानको अध्ययन गरिरहेका विश्वभरकै अध्येताहरूका लागि नेपाल मूल गन्तव्य बन्न सक्ने विश्वास व्यक्त गर्नुभयो । योग शारीरिक
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संविधान विपरित धार्मिक तथा सामाजिक सदभाव विगार्ने र साम्प्रदायिकता फैलाउने गतिविधि नियन्त्रणका लागि जस्तो सुकै उपाय अपनाउन सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ । प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरूले सोध्नुभएका प्रश्नहरूको जवाफ दिँदै प्रधानमन्त्रीले धार्मिक गतिविधिका नाममा साम्प्रदायिकता फैलाउन खोज्ने व्यक्ति तथा समूहलाई प्रचलित कानुन बमोजिम