Trending
>>   सरकारसँग व्यापारीहरुको मागः सहकारी समस्या तत्काल समाधान गरियोस् >>   गाजामा इजरायली आक्रमणबाट १७ प्यालेस्टाइनीको मृत्यु >>   प्रतिवर्ष तीन सय बिलियन अमेरिकी डलर जलवायु कार्यमा खर्च गर्ने धनी देशको प्रतिवद्धता >>   फोहोरको विषयमा राजनीति नगरौँः उपप्रधानमन्त्री सिंह >>   पत्रकारितामा फोटोको महत्व धेरै हुन्छ : उपप्रधानमन्त्री सिंह >>   दुर्गा प्रसाईंको बन्दी प्रत्यक्षीकरणको रिटमा आज सुनुवाइ हुँदै >>   म्याद थपका लागि रवि लामिछानेलाई पुर्‍याइयो अदालत >>   एकीकृत समाजवादीले टुङ्ग्यायो नेताहरूको जिम्मेवारी >>   ‘गर्न मन छ कुरा पियारी’ सार्वजनिक >>   ‘घुस आरोपले भारतीय धनाड्य अदानी समूहलाई धक्का’
Logo
९ मंसिर २०८१, आईतवार
९ मंसिर २०८१, आईतवार

राजनिति


प्रधानमन्त्री तथा मन्त्रिपरिषदको मातहतका कार्यालयहरूद्वारा प्रधानमन्त्रीसमक्ष ब्रिफिङ

काठमाडौं, ११ माघ। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय मातहतका आयोग, विभाग र कार्यालयहरूको ब्रिफिङ लिनुभएको छ। बुधबार प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा प्रधानमन्त्रीले आफू मातहतका कार्यालयहरूको ब्रिफिङ लिनुभएको हो। ब्रिफिङमा राष्ट्रिय योजना आयोगका सचिव केवल भण्डारी, राष्ट्रिय सतर्कता केन्द्रका सचिव रवीन्द्रनाथ श्रेष्ठ, सार्वजनिक खरिद अनुगमन कार्यालयका सचिव

नापी र मालपोत प्रमुख मन्त्रालयका सचिवसँग भर्चुअल अन्तक्र्रियामा

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले मालपोत र नापी कार्यालयको सेवा प्रवाहलाई प्रभावकारी बनाउन प्रत्येक महिना सचिवसँग कार्यालय प्रमुख कार्यक्रम सञ्चालनमा ल्याएको छ । भर्चुअल माध्यमबाट सञ्चालन हुने सो कार्यक्रममा देशभरिका सबै मालपोत र नापी कार्यालय प्रमुखले मन्त्रालयका सचिव र विभागीय प्रमुखसँग अन्तक्र्रिया गर्ने छन् । कार्यालयका समस्या र

सरकारमा बसेर सङ्घीयता र गणतन्त्रविरुद्ध बोल्ने अधिकार छैन : प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारमा बसेर सङ्घीयता र लोकतान्त्रिक गणतन्त्रका विरुद्ध कसैलाई बोल्ने अधिकार नभएको बताउनुभएको छ । राष्ट्रियसभाको आजको बैठकमा सङ्घीयता कार्यान्वयन अध्ययन तथा अनुगमन संसदीय विशेष समितिको प्रतिवेदन २०७९ माथिको छलफलमा सदस्यहरुले उठाएको जिज्ञासाको जवाफ दिँदै उहाँले बाहिर राजनीतिक दल, सांसदलाई आफ्नो धारणा राख्ने अधिकार भए पनि मन्त्रिपरिषदमै

गृहमन्त्रीसँग अमेरिकी राजदूतको भेट

उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेसँग नेपालका लागि अमेरिकी राजदूत डिन आर थम्पसनले शिष्टाचार भेटवार्ता गर्नुभएको छ । गृहमन्त्रालयमा आज भएको भेटवार्तामा नेपाल र अमेरिकाबीचको सहकार्य र आपसी हित अभिवृद्धिलगायतका विषयमा कुराकानी भएको गृहमन्त्रीको सचिवालयले जानकारी दिएको छ । भेटवार्तामा नेपालको पूर्वाधार विकास, शैक्षिक तथा स्वास्थ्य क्षेत्रमा पहुँच अभवृद्धि, जलवायु परिवर्तनको

गण्डकी प्रदेश : माओवादीबाट मन्त्री बन्नेको टुङ्गो

नेकपा (माओवादी केन्द्र)ले म्याग्दीका प्रदेशसभा सदस्य रेशमबहादुर जुग्जाली ‘सुविन’लाई गण्डकी प्रदेश सरकारमा पठाउने भएको छ । सोमबार बसेको सो पार्टीको संसदीय दलको बैठकले जुग्जालीलाई मन्त्री बनाउने निर्णय गरेको माओवादीका एक प्रदेशसभा सदस्यले जानकारी दिनुभयो । माओवादी केन्द्रबाट संसदीय दलको नेता हरिबहादुर चुमान यसअघि नै मन्त्रीमा नियुक्त भइसक्नुभएको छ । प्रदेश

सर्‍यो कांग्रेस इतर समूहको भेला

काठमाडौं : कांग्रेस इतर समूहको आज हुने भनिएको भेला सरेको छ । डा. शेखर कोइरालाका स्वकिय सचिव दिनेश थपलियाका अनुसार आज बिहान अनुपम फुडल्याण्मा बस्ने भनिएको भेला सरेको हो । इतरले १५ माघमा बस्ने केन्द्रीय समिति बैठकमा प्रस्तुत हुने बिषयमा छलफलका लागि भेला बोलाएको थियो । इतरले सभापति शेरबहादुर देउवामाथि

धमाधम प्रधानमन्त्री भेट्दै मुख्यमन्त्रीहरुः गण्डकीका मुख्यमन्त्री अधिकारी बालुवाटारमा

काठमाडौं: प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीबीच भेटवार्ता भएको छ । मुख्यमन्त्री अधिकारीले प्रधानमन्त्र निवास बालुवाटारमा पुगेर प्रधानमन्त्री प्रचण्डलाई भेटेका हुन् । भेटमा समसामयिक बिषय र प्रदेश संरचनालाई चुस्त बनाउनेबारे छलफल भएको बताइएको छ । हिजो सुदुरपश्चिमका मुख्यमन्त्री राजेन्द्र रावलले प्रधानमन्त्रीलाई भेटेका थिए ।

जहाज समयमा उडाउनुहोस्, नेपाली समयको बदनाम नगर्नुहोस् : पर्यटनमन्त्री

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीले नेपाल वायुसेवा निगमका अध्यक्ष युवराज अधिकारीलाई जहाज समयमै उडाउन निर्देशन दिनुभएको छ । आज वायुसेवा निगमको कार्यालय निरिक्षण गर्दै मन्त्री किरातीले निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीलाई एक सेकेन्डको पनि महत्व हुने भन्दै समयमै जहाज उडाउन र नेपाली समयको बदनाम नगर्न निर्देशन दिनुभएको

समयमै राष्ट्रपतिको निर्वाचन हुनुपर्ने कांग्रेसको माग

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले निर्धारित समयमै राष्ट्रपतिको निर्वाचन गर्न सरकार र निर्वाचन आयोगसँग आग्रह गरेको छ । कांग्रेस सभापति शेरबहादुर देउवा निवास धुम्बाराहीमा पार्टी पदाधिकारी र पूर्वपदाधिकारीको आज भएको बैठकले सो निर्णय गरेको प्रवक्ता डा प्रकाशशरण महतले जानकारी दिनुभयो । बैठकले कुनै पनि कानुनी अड्चन देखाएर राष्ट्रपतिको निर्वाचन पछि

भारतीय सहयोगका आयोजनालाई गति दिन उपप्रधानमन्त्री श्रेष्ठको आग्रह

नेपालमा भारतीय सहयोगमा सञ्चालित आयोजनाको प्रगति र समस्यालगायतका विषयमा उपप्रधानमन्त्री एवम् भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठले भारतीय अधिकारीसँग छलफल गर्नुभएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा उपप्रधानमन्त्री श्रेष्ठसँग शिष्टाचार भेटका लागि पुग्नुभएका भारतीय विदेश मन्त्रालका अतिरिक्त सचिव प्रभात कुमारलगायतका अधिकारीलाई भौतिक पूर्वाधारका आयोजनालाई शीघ्र अगाडि बढाउन उहाँले आग्रह

सम्वन्धित समाचारहरु