Trending
>>   सत्ता समीकरण परिवर्तन गर्न पर्दाभित्र र बाहिर कसैले कोशिस नगरे हुन्छः उपप्रधानमन्त्री पौडेल >>   युद्धविरामपछि विस्थापित लेबनानीहरू घर फर्किए >>   स्थानीय तह उपनिर्वाचन: सम्पूर्ण तयारी पूरा >>   आज बाला चतुर्दशी, पाशुपत क्षेत्रमा शतबीज छर्नेको भीड (तस्बिरहरु) >>   नेपाललाई एमसिसि बोझ भयो, बीआरआईमा विवाद नगरौँः झलनाथ खनाल >>   बीआरआई अन्तर्गतका योजना अनुदानस्वरुप अघि बढाउन चीन सकारात्मकः परराष्ट्रमन्त्री राणा >>   सुदूरपश्चिम रोयल्सद्वारा ग्लोवल आईएमई बैंकसँग प्रमुख प्रायोजन सम्झौता >>   धनुषाको लक्ष्मीनिया गाउँपालिकाका वृद्धवृद्धाले असारदेखि पाएनन् सामाजिक सुरक्षा भत्ता >>   आज जनकपुर बोल्ट्स र विराटनगर भिड्दै, सबै टोली उत्साहित >>   आज मिति २०८१ साल मङ्सिर १५ गते शनिबार,हेर्नुहोस आजको राशिफल
Logo
१५ मंसिर २०८१, शनिबार
१५ मंसिर २०८१, शनिबार

राजनिति


अब देशमा राजनीतिक स्थायित्व कायम हुने छ : प्रधानमन्त्री प्रचण्ड

१६ चैत्र, चितवन। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशमा राजनीतिक स्थायित्वको आधार बन्दै गएको बताएका छन् । भरतपुर विमानस्थलको नयाँ टर्मिनल भवन तथा विमानस्थल विस्तार शिलान्यास गर्दै उनले अब देशमा राजनीतिक स्थायित्व कायम हुने बताए । नेपालको राजनीतिक स्थायित्वलाई नयाँ गति दिने सङ्कल्पसहित आफू प्रधानमन्त्री पदको जिम्मेवारीमा रहेको उनको भनाइ थियो

राष्ट्रपतिको राजनीतिक सल्लाहकारमा सुनिल थापा नियुक्त, मन्त्री सरह सेवा सुविधा पाउने

१६ चैत्र, काठमाडाैँ । राष्ट्रपति रामचन्द्र पाैडेलको राजनीतिक सल्लाहकारमा कांग्रेसका नेता सुनिल थापा नियुक्त भएका छन् । उनी कांग्रेसका पूर्वसहमहामन्त्री समेत हुन् । अहिले उनी पार्टीको केन्द्रीय कार्यसम्पादन समिति सदस्य रहेका छन् । उनी गत निर्वाचनमा धनकुटाबाट निर्वाचनमा उठेका थिए । तर, एमालेका राजेन्द्र राईसँग उनी पराजित भएका थिए । राष्ट्रपतिको

लोसपाबाट मन्त्री बन्दै शरतसिंह भण्डारी

१६ चैत्र, काठमाडाैँ । लोकतान्त्रि समाजवादी पार्टी(लोसपा)बाट शरतसिंह भण्डारी मन्त्री बन्ने भएका छन्। १० दलीय गठबन्धनमा रहेको लोसपाको भागमा पनि मन्त्रालय परेसँगै भण्डारी मन्त्री बन्ने भएका हुन् । लोसपाको भागमा श्रम मन्त्रालय  परेको बताइएको छ । उनी गत पुस ४ गते भएको निर्वाचनमा महोत्तरीबाट निर्वाचित भएका थिए ।

राष्ट्रियसभाको बैठकमा मिटरब्याजी पीडितको समस्या समाधन गर्न ध्यानाकर्षण

१६ चैत्र, काठमाडाैँ । सांसदहरुले मिटरब्याजी पीडितको समस्या समाधान गर्न सरकारको ध्यानाकर्षण गराएका छन् । राष्ट्रियसभाको आजको बैठकको शून्य समयमा सांसद जगप्रसाद शर्माले मिटरब्याजी पीडितको समस्या समाधानका लागि सरकारले आवश्यक कानुन बनाउने कार्य स्वागत योग्य रहेको भन्दै पीडितहरुसँग तत्काल वार्ता गरी समाधान खोज्न आग्रह गरे । सरकारले मिटरब्याजलाई अपराध मान्दै

बेलायत नरेश बुन्डेस्टागलाई सम्बोधन गर्दै

१६ चैत्र, एजेन्सी। रानी क्यामिलाका साथ जर्मनीको तीनदिने राजकीय भ्रमणमा रहेका बेलायतका राजा चाल्र्स तृतीयले आज जर्मनीको सङ्घीय संसद् बुन्डेस्टागमा सम्बोधन गर्दै छन् । बेलायतको राजसिंहासन सम्हालेपछि भएको उनको यो पहिलो विदेश भ्रमणमा हो । बेलायत नरेशका रुपमा जर्मन संसद्लाई उनि पहिलोपटक सम्बोधन गर्दैछन् । त्यसअघि उनले चान्सलर ओलाफ स्कोल्जसँग

कांग्रेसले टुंगो लगायो तनहुँ १ र चितवन २ का लागि उम्मेदवार

१६ चैत, काठमाडाैँ । नेपाली कांग्रेसले वैशाख १० गते हुने उपनिर्वाचनका लागि उम्मेदवारको नाम टुंग्याएको छ । बिहीबार पार्टी कार्यालयमा बसेको कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको तनहुँ १ र चितवन २ का लागि उम्मेदवारको नाम फाइनल गरेको हो । केन्द्रीय सदस्य अर्जुननरसिंह केसीले दिएको जानकारी अनुसार तनहुँ १ मा केन्द्रीय सदस्य

आज साँझसम्म मन्त्रिपरिषद् विस्तार हुने

१६ चैत्र, काठमाडाैँ । मन्त्रिपरिषद् विस्तारलगायत विषयमा सत्ता साझेदार दलहरुबीच आज बिहान छलफल भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफलमा आज साँझसम्म मन्त्रिपरिषद् विस्तार गर्ने विषयमा शीर्ष नेताहरुबीच सहमति भएको जनता समाजवादी पार्टी नेपालका नेता राजेन्द्र श्रेष्ठले जानकारी दिए । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ गृह जिल्ला चितवन जानुभएकाले छलफल पुनः

सरकारले ऋण मिनाहा नगरे आन्दोलनमा उत्रिने हर्क साम्पाङको चेतावनी

१६ चैत्र, काठमाडाैँ । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले आफु पनि आन्दोलनमा उत्रिने चेतावनी दिएका छन् । सरकारले धरान खानेपानी आयोजनाको ऋण मिनाहा नगरे आन्दोलनमा उत्रिने चेतावनी साम्पाङले दिएका हुन् । उनले ऋण मिनाहाका लागि पटक-पटक सम्बन्धित मन्त्रालयलाई अनुरोध गरे पनि सुनुवाइ नभएको बताएका छन् । धरानमा सरकारले एसियाली विकास बैंक

बेलायतद्वारा शरणार्थीलाई सैन्य अखडामा राख्ने योजना सार्वजनिक

१६ चैत्र, एजेन्सी। बेलायतले शरणार्थीलाई अस्थायी रूपमा अप्रयुक्त सैन्य अखडामा राख्ने बताएको छ । होटलको बिल घटाउनका लागि बेलायतले शरणार्थीलाई अस्थायी रूपमा अप्रयुक्त सैन्य अखडामा राख्ने र भविष्यमा डुङ्गा तथा बार्जको प्रयोग गर्न सक्ने बेलायतका अध्यागमनमन्त्री रोबर्ट जेनरिकले बताएका छन् । उनले दक्षिणपूर्वी र पूर्वी इङ्ल्यान्डका दुई पूर्व ‘रोयल एयर फोर्स’

गठबन्धनको बैठक छोडेर बालुवाटारबाटै हेलिकप्टरमा चितवन गए प्रचण्ड

१६ चैत्र, काठमाडाैँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड चितवन पुगेका छन् । बालुाटारमा चलिरहेको सत्ता गठबन्धनको बैठक तत्कालका लागि टुंग्याएर हेलिकप्टरबाट चितवन पुगेका हुन् । चितवनमा विमानस्थल भवनको शिलान्यासका लागि उनी बालुवाटारबाटै हेलिकप्टरमार्फत चितवन गएका हुन् । प्रचण्ड फर्किएपछि गठबन्धनको बैठक पुनः बस्ने भएक छ । मन्त्रिमण्ड विस्तारका लागि बसिरहेको बैठकले

सम्वन्धित समाचारहरु