Trending
>>   नेपाली बजारमा सुनचाँदीको मूल्य घट्यो >>   नेपाली सेनाका भगौडा क्याम्पस प्रमुख हरिभूषण हत्याको मुख्य आरोपी >>   सिरिया–लेबनान सीमामा यातायात सुचारु >>   इजिप्टका राष्ट्रपति र कतारी प्रधानमन्त्रीबीच भेट >>   गाजामा युद्धविराममा सहयोग गर्न तयार छौँः हमास >>   स्पेनमा गोदाम विस्फोटमा ३ जनाको मृत्यु >>   क्षेत्रीय जल चुनौतीहरू सम्बोधन गर्न जोर्डनमा अरब जल सम्मेलन >>   ग्लोबल आइएमई बैंकद्वारा कोहलपुरमा विधुतीय शवदाह गृह निर्माणलाई २० लाख सहयोग >>   आज मिति २०८१ साल मङ्सिर १३ गते बिहिबार ,हेर्नुहोस आजको राशिफल >>   सरकारले ‘नेपाल स्वास्थ्य सम्मेलन–२०२४’ आयोजना गर्दै
Logo
१३ मंसिर २०८१, बिहीबार
१३ मंसिर २०८१, बिहीबार

राजनिति


जसपाले बोलायो केन्द्रीय कार्यकारिणी समितिको बैठक

१ चैत, काठमाडाैँ । जनता समाजवादी पार्टी नेपाल (जसपा)ले केन्द्रीय कार्यकारिणी समितिको बैठक आह्वान गरेको छ । विधान मस्यौदालगायत समानुपातिक सांसदबारे निर्णय गर्न भोलि विहान ११ बजेका लागि बैठक आह्वान गरिएको कार्यकारिणी समिति सदस्य शिवलाल थापाले जानकारी दिए । जसपाकी सांसद शहनाज रहमानको निधन भएपछि प्रतिनिधिसभातर्फको एक स्थान रिक्त छ ।

विप्लव नेतृत्वको नेकपा र कर्णजित बुढा नेतृत्वको माओवादी समाजवादीबीच एकता

१ चैत, काठमाडाैँ । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) र कर्णजित बुढा नेतृत्वको नेकपा माओवादी समाजवादी बीच पार्टी एकता भएको छ । यसबारे जानकारी दिन बुधबार दिउँसो २ बजे पत्रकार सम्मेलनको आयोजना गरिएको थियो । उक्त कार्यक्रममा बोल्दै विप्लवले एमाले-माओवादीले गरेको संसदीय अभ्यास असफल भएको बताउँदै कम्युनिष्टहरु

चितवन क्षेत्र नं २ मा थपिए मतदाता

१ चैत, चितवन । चितवन क्षेत्र नं २ मा हुने उपनिर्वाचनमा एक लाख २४ हजार ६ सय ४६ मतदाता सहभागी हुने भएका छन् । प्रतिनिधिसभा निर्वाचन २०७९ को तुलनामा यसपटक छ सय ३१ जना मतदाता थपिएको जिल्ला निर्वाचन कार्यालयका प्रमुख भीमसेन कार्कीले जानकारी दिए । वैशाख १० गते हुने उपनिर्वाचनका

पाकिस्तानका पूर्व प्रधानमन्त्री खानका समर्थक र प्रहरीबीच झडप, प्रमुख शहरमा प्रदर्शन

१ चैत, एजेन्सी। पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानलाई पक्राउ गर्न आएका प्रहरी र उनका समर्थकबीच यहाँस्थित खान निवास अगाडि झडप भएको छ भने प्रमुख शहरमा प्रदर्शन भएका छन् । पूर्वप्रधानमन्त्री खानले पनि गिरफ्तारी दिन अस्वीकार गरेका छन् । गए राति पनि पाकिस्तान तहरीक–ए– इन्साफ (पिटिआई)का कार्यकर्ता र सुरक्षाकर्मीबीच खानको जमान पार्कस्थित

प्रधानमन्त्री प्रचण्डले चैत ६ गते विश्वासको मत लिने

१ चैत, काठमाडाैँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले चैत ६ गते विश्वासको मत लिने भएका छन् । शीर्ष तहमा छलफल गरेर प्रधानमन्त्री प्रचण्डले चैत ६ गते विश्वासको मत लिन लागेको बताइएको छ । उक्त दिन पार्टीका सांसद र मन्त्रीलाई त्यस दिन कतै कार्यक्रम नपार्नसमेत निर्देशन दिइसकेको जानकारी दिइएको छ । पछिल्लो

प्रधानमन्त्रीसँग प्रदेश प्रमुखको भेट

१ चैत, काठमाडाैँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग विभिन्न छ प्रदेशका प्रमुखले भेटवार्ता गरेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा आज भएको भेटमा उनिहरुबीच प्रदेशको अवस्थाका बारेमा छलफल भएको प्रधानमन्त्री कार्यालयले जनाएको छ । प्रधानमन्त्री दाहाललाई भेट गर्न छ वटा प्रदेशका प्रदेश प्रमुख बालुवाटार पुगेका थिए । प्रधानमन्त्रीसँग कोसी, मधेस, बागमती,

जापानका युट्युबर सांसद निष्काशित

१ चैत, एजेन्सी। जापानमा युट्युबरका रूपमा प्रख्यात भएपछि सांसद बनेका एक नेतालाई निष्काशन गरिएको छ । सांसद निर्वाचित भएपछि एक दिन पनि सदनमा उपस्थिति नभएका उनलाई मङ्गबार संसद्बाटै निष्काशन गरिएको हो । गत जुलाईमा निर्वाचित योशिकाजु हिगाशितानी अनिवार्यरूपमा उपस्थित हुनुपर्ने संसदीय बैठक एवम् अधिवेशनमा एकपटक पनि उपस्थित नभएपछि निजलाई जापानको

उपराष्ट्रपति निर्वाचनः रामसहाय यादवलाई मत दिने कांग्रेसको निर्णय

१ चैत, काठमाडाैँ । उपराष्ट्रपति पदका उमेदवार रामसहायप्रसाद यादवले नेपाली कांग्रेसको मत पाउने भएका छन् । बुधबार बिहान केन्द्रीय कार्यालय सानेपामा बसेको कार्यसम्पादन समितिको बैठकले गठबन्धनबाट उपराष्ट्रपति पदका उम्मेदवार रामसहाय यादवलाई मत दिने निर्णय गरेको हो । कांग्रेस प्रवक्ता प्रकाशरण महतले यो निर्णय भएको जानकारी दिएका छन् । चैत ३ गते

काठमाडौं उपत्यकाका २१ वटै पालिकाका उपप्रमुख र उपाध्यक्षहरुको सञ्जाल ‘काठमाडौँ उपत्यका उपप्रमुख सञ्जाल’ गठन

१ चैत काठमाडौं। काठमाडौं उपत्यकाका २१ वटै पालिकाका उपप्रमुख र उपाध्यक्षहरुको सञ्जाल ‘काठमाडौँ उपत्यका उपप्रमुख सञ्जाल’ गठन भएको छ । काठमाडौँ महानगरपालिकाकी कार्यवाहक प्रमुख (उपप्रमुख) सुनिता डंगोलको संयोजकत्वमा बसेको बैठकले सञ्जाल गठन गरेको हो । बैठकले उपत्यकाका उपप्रमुख र उपाध्यक्षको क्षेत्रधिकार भित्र रहेका सबै काममा एकरुपता ल्याउनका लागि सञ्जाल गठन

चितवनमा जनप्रतिनिधिलाई अभिमुखीकरण तालिम प्रदान

१ चैत, चितवन । मुख्यमन्त्री जनता स्वास्थ्य परीक्षण कार्यक्रम लागू गर्न चितवनमा जनप्रतिनिधि र स्वास्थ्य शाखा प्रमुख तथा प्रतिनिधिलाई अभिमुखीकरण तालिम दिइएको छ। कार्यक्रम लागू गर्न जनस्वास्थ्य कार्यालय चितवनले अभिमुखीकरण तालिम दिएको हो। कार्यक्रममा भरतपुर महानगरपालिकाका उपप्रमुख चित्रसेन अधिकारीले नागरिकलाई स्वस्थ राख्ने यो कार्यक्रम महत्वपूर्ण रहेको बताए।उनले नमूनाको रूपमा कार्यक्रम सञ्चालन

सम्वन्धित समाचारहरु