Trending
>>   काठमाडौंको दरवारमार्गबाट स्रोत नखुलेको नगद सहित दुई जना पक्राउ >>   संसदीय दलको नेता छान्न केही समय लाग्छः रास्वपा >>   शिर्ष टोली एपिएफसँग चित्लाङले अंक खोस्यो >>   फागुनसम्म सरकारले उठायो ७ खर्ब ५१ अर्ब राजश्व >>   गृहमन्त्री ओमप्रकाश अर्याललाई राष्ट्रिय सभा सदस्य बनाउन सरकारको सिफारिस >>   जेन–जी आन्दोलन जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै प्रदर्शन >>   काँग्रेसले टुंग्यायो २० जना समानुपातिक सांसद >>   चैतका लागि वाणिज्य बैंकहरुले व्याजदर घटाए >>   राप्रपाले समानुपातिकतर्फका सांसदको नामावली टुंगो लगायो >>   देशका विभिन्न स्थानमा वर्षा र हिमपातको सम्भावना
Logo
४ चैत्र २०८२, बुधबार
४ चैत्र २०८२, बुधबार

नेता केसीको प्रश्न – ‘समाजमा द्वन्द्व फैलिँदा सरकार के हेरेर बसेको छ ?’


काठमाडौं – नेपाली कांग्रेसका सांसद अर्जुनरसिंह केसीले भ्रष्टाचारले ग्रस्त समाजमा सुशासनको कायम हुन नसक्ने बताएका छन् । आइतबार त्रिभुवन विश्वविद्यालयको द्वन्द्व, शान्ति र विकास अध्ययन विभागले आयोजना गरेको १७औँ ‘सिपिडिएस डे’ को अवसरमा ‘शान्ति स्थापनामा तल्लो तह’ नामक विषयमा आफ्नो धारणा राख्दै सो कुरा बताएका हुन् । त्यस्तै अहिले राजनीतिक दलहरुप्रति वितृष्ण बढिरहेको र समाजमा भ्रष्टाचारले जरो गाड्दै सामाजिक द्वन्द्व समेत फैलिएको अवस्थामा सरकारले काम गर्न नसकेको टिप्पणी गरे । साथै सरकारले समयमा नै ती द्वन्द्व नियन्त्रणका लागि कदम चाल्न समेत आग्रह गरे ।

‘अहिले सम्पूर्ण राजनीतिक दलहरुप्रति एकपछि अर्को वितृष्णा पैदा भइरहेको छ । हामी सुशासनको कुरा गछौँ । भ्रष्टाचारविहिन समाजमा मात्र सुशासन सम्भव छ । जहाँ भ्रष्टाचारले व्यप्त समाजमा सुशासन कायम हुुन सक्दैन । अहिले चारैतिर भ्रष्टाचार र सामाजिक द्धन्द समाजमा फैलाउन खोजिन थालेको छ ।’ उनले भने, सरकार के हेरेर बसेको छ ।’त्यस्तै अहिले समाजमा बहसको सट्टा विवाद, लोकतान्त्रिकरणको सट्टा समग्र राजनीतिककरण, स्वतन्त्रताको नाममा अराजकता, उदारताको नाममा दण्डबिहिनताको अवस्था सिर्जना भएको बताए । बन्दुक पड्काउनुु मात्र द्धन्द नरहेको बताउँदै शान्तिका लागि समाज क्रियाशील र उत्पादनशील हुनुपर्नेमा जोड दिए ।

हाम्रो समाज बहसको सट्टा विवाद, लोकतान्त्रिकरणको सट्टा समग्र राजनीतिककरण, स्वतन्त्रताको नाममा अराजकता, उदारताको नाममा दण्डबिहिनताको अवस्था सिर्जना भएको छ ।’ उनले भने, ‘ बन्दुक पड्किनु मात्र द्धन्द्ध होइन । शान्ति भन्नाले सन्नाटा शान्ति होइन । शान्ति जीवन्त हुनुुपर्छ र त्यो क्रियाशील र उत्पादनशील हुनुपर्छ ।’ कुनै पनि देशका नागरिक अनुशासित हुनका लागि त्यो देशमा सुशासन हुन जरुरी रहेको बताए । अहिले नेपाली समाज अनुसशासनहिनताको चरम बाटोमा गएको बताए । मान्छेले मान्छेलाई खुकुरी प्रहार गर्ने अवस्था आइसकेको बताउँदै त्यसलाई निर्मुल पार्न सरकार लाग्नुपर्ने बताए ।

‘जुन देशमा जनतालाई अनुशासनको निम्ति जबसम्म त्यो देशमा सुशासन हुँदैन त्यो दिनसम्म जनतामा अनुशासनमा हुँदैन । हामी अनुशासनहिनताको चरम बाटोमा छौँ अहिले ।’ नेता केसीले भने ।लोकतानित्रक प्रणालीमा व्यक्ति हाबी हुँदा समाज प्रणालीको भन्दा पनि व्यक्तिको पछि लाग्न थालेको बताउँदै सिंहदरबारमा आगो लगाउँछु भन्नेहरुलाई नै मान्छेले स्वीकार गर्ने अवस्था बनेको बताए । त्यसैको कारण समाज अराजकतातिर जान लागेको बताए ।

‘जुनसुकै पदमा बसोस् जति ठूलो मान्छे होस् सिंहदरबारमा आगो लगाउँछु भन्ने कुरा गर्दा ४–५ लाखले लाइक गर्ने समाज हामी कतातिर जाँदैछौँ । यो अराजकता तिर त जान लागेका हैनौँ ।’ उनले भने ।त्यस्तै त्रिविको द्धन्द, शान्ति र विकास अध्ययन विभागले समय सान्दर्भिक बहस राखेको बताउँदै आगामी दिनमा यस्तै बहस तल्लो तहसम्म लैजानुपर्नेमा जोड दिए ।


प्रकाशित मिति: ३१ भाद्र २०८०, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?