Trending
>>   ओखलढुङ्गाको एक मतदान केन्द्रमा किन कसैले पनि गरेनन् मतदान ? >>   कुनैपनि केन्द्रमा मतदान रोकिएको छैनः निर्वाचन आयोग >>   निर्वाचनले लोकतन्त्र सुदृढ गर्नुका साथै देशमा स्थायित्व ल्याउनुपर्छ: ओली >>   देशभर उत्साहजनक मतदानः मुस्ताङमा साढे १२ बजेसम्ममै ४० प्रतिशत मत खस्यो, प्रतिघण्टा १० प्रतिशतले बढ्दै >>   छिटपुट घटनाबाहेक देशभर शान्तिपूर्ण मतदान, रोकिएका स्थानमा पनि सुचारु >>   समयमै मतदान गर्नुस्ः आयुक्त तुलाधर >>   ओखलढुङ्गामा मतदान बिथोल्ने भ्रामक सूचना फैलाउनेमाथि प्रहरीको कडा कारबाही तयारी >>   निर्वाचनका दिन काठमाडौं उपत्यकामा सवारीसाधन चेकजाँचमा कडाइ (तस्बिरहरु) >>   धनुषा निर्वाचन क्षेत्र नम्बर ३ मा उत्साहजनक मतदान >>   झापा ५ मा मतदान जारी : उत्साहजनक सहभागिता
Logo
२१ फाल्गुन २०८२, बिहीबार
२१ फाल्गुन २०८२, बिहीबार

राजनिति


प्रतिनिधिसभा बैठकमा ‘विद्युत् विधेयक’ पेश

१८ ,असोज ,काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकमा ‘विद्युत् विधेयक, २०८०’ पेश भएको छ । बैठकमा ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री शक्तिबहादुर बस्नेतले उक्त विधेयक पेश गरेका हुन् । सो अवसरमा उनले विद्युत् उत्पादन, प्रसारण र नियमनको आवश्यकतालाई मध्यनजर गर्दै विद्युत्मा आमजनताको पहुँच सुनिश्चित गर्न तथा आर्थिक विकासमा टेवा पुर्याउने उद्देश्यले

कोरोला नाकासम्मको पूर्वाधार निर्माण चाँडो सम्पन्न गर्नुपर्छ : मुख्यमन्त्री पाण्डे

१८ ,असोज ,गण्डकी । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले कोरोला नाका खुलाउन सरकारको तयारी गरिरहेको जनाउँदै त्यहाँसम्म पुग्नका लागि सडकलगायतका आवश्यक पूर्वाधार निर्माण चाँडो सक्नुुपर्नेमा जोड दिएका छन् । मुस्ताङस्थित कोरोला नाकाको २४ नं सिमास्तम्भको स्थलगत निरीक्षण गर्दै उनले भने, “तिब्बततर्फ भौतिक संरचनाहरू निर्माण भइसकेको देखिन्छ, हाम्रोतर्फ पनि आवश्यक भौतिक

बाराका शिवचन्द्र कुशवाह नेकपा एमालेमा प्रवेश

काठमाडौं । जनमत पार्टीबाट कारबाहीमा परेका बाराका शिवचन्द्र कुशवाह नेकपा एमाले प्रवेश गरेका छन् । बिहीबार एमाले मुख्यालय, च्यासलमा आयोजित कार्यक्रममा एमाले अध्यक्ष केपी शर्मा ओलीले कुशवाह लगायतका नेताहरुलाई पार्टी प्रवेश गराएका छन् । १० वैशाखमा भएको स्थानीय चुनावमा कुशवाह बारा क्षेत्र नम्बर २ मा जनमत पार्टीबाट उम्मेदवार बनेका थिए

भूकम्प प्रभावितलाई तत्काल राहत उपलब्ध गराउन प्रधानमन्त्रीको निर्देशन

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मंगलबार बझाङ जिल्ला र आसपासका क्षेत्र केन्द्रबिन्दु भई गएको भूकम्पबाट पीडित र प्रभावित जनतालाई तत्काल राहत, उद्दार र व्यवस्थापनका लागि निर्देशन दिनुभएको छ । बिहिबार बसेको विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापन परिषद्को १२ औं बैठकलाई सम्बोधन गर्दै उहाँले भन्नुभयो, ‘अहिले बझाङ र आसपासको क्षेत्रमा

खाद्यान्नको मूल्यवृद्धि नियन्त्रण गर्न नेविसंघको माग

काठमाडौंः खाद्यान्न वस्तुको मूल्यवृद्धि नियन्त्रण गर्न नेविसंघले माग गरेको छ । नेपालीहरूको घरआँगनमा महान् चाड दशैँ, तिहार, छठ लगायतका पर्वहरू नजिकिएको अवस्थामा आम नागरिकले दैनिक रुपमा प्रयोग गर्ने खाद्यान्न लगायत दैनिक उपयोग्य वस्तुको अस्वभाविक मूल्यवृद्धिका कारणले विद्यार्थी, निम्न आय भएका श्रमजीवी, दैनिक ज्यालादारी र सर्वसाधारणको जनजीवन थप कष्टकर बन्दै गएको

प्रधानमन्त्रीलाई सर्वदलीय प्रतिनिधि मण्डलको ज्ञापनपत्र, बझाङ भूकम्प पीडितलाई राहत दिन माग

काठमाडौं: बझाङमा गएको भूकम्पबाट मंगलबार भएको क्षतिको विवरण संकलन गर्दै पीडितलाई तत्काल राहत दिन माग गरिएको छ। नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरलगायत नेताहरूको नेतृत्वको सर्वदलीय प्रतिनिधि मण्डलले बुधबार बेलुकी प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाउँदै पीडितलाई तत्काल राहतको व्यवस्था गर्न माग गरेको हो। भूकम्पले बझाङका तलकोट, मस्टा, खप्तडछान्ना, जयपृथ्वी नगरपालिका, सुर्मा,

एमाले गण्डकी अधिवेशन: मतदानद्वारा नेतृत्व चुनिँदै

गण्डकी । नेकपा एमाले गण्डकी प्रदेश कमिटिको पहिलो अधिवेशन पोखरामा जारी छ । नयाँ नेतृत्व चयनका लागि सर्वसम्मतको प्रयास असफल भएपछि मतदानद्वारा नेतृत्वको टुङ्गो लाग्ने भएको छ । पदाधिकारीसहित विभिन्न पदमा आज मतदान हुने निर्वाचन समितिले जनाएको छ । मतदान अवधि बिहान ११ः५५ बजेदेखि साँझ ५ः३० बजेसम्मलाई तोकिएको प्रमुख निर्वाचन

एमाले लुम्बिनी प्रदेशका नेता माओवादी केन्द्रमा प्रवेश

काठमाडौं । नेकपा एमालेका लुम्बिनी प्रदेश सचिवालय सदस्य शान्तिदेवी हरिजनसहितका नेता तथा कार्यकर्ता पार्टी परित्याग गरी नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा आज प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भेट गरी उनीहरु एमाले परित्याग गरी माओवादी केन्द्र प्रवेश गरेका हुन् । माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री दाहालले एमाले

सुदूरपश्चिम प्रदेशसभा : भूकम्प प्रभावित क्षेत्रमा राहत उपलब्ध गराउन माग

१८ ,असोज ,सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेशसभाका सदस्यहरुले भूकम्पबाट प्रभावित क्षेत्रमा तत्काल राहत, उद्धार र पुनःस्थापनाको काम अघि बढाउन सरकारको ध्यानाकर्षण गराएका छन् । हिजो बसेको प्रदेशसभा बैठकको शून्य समयमो प्रदेशसभाका अधिकांश सदस्यले भूकम्पमा परी मृत्यु हुनेप्रति श्रद्धाञ्जली व्यक्त गर्दै घाइतेको उपचार व्यवस्थापनका साथै प्रभावितको पुनःस्थापनमा ध्यान दिन माग गरे ।

एमसिसीले आर्थिक विकासको ढोका खोल्ने प्रधानमन्त्रीको विश्वास

१८ ,असोज ,काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संयुक्त राज्य अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेञ्ज कर्पाेरसन (एमसिसी) ले नेपाल र अमेरिकाबीच आर्थिक साझेदारीको नयाँ ढोका खुलेको बताएका छन्। एमसिसी नेपाल कम्प्याक्ट कार्यान्वयन चरणमा प्रवेश गरेको अवसरमा बुधबार काठमाडौँ आयोजित विशेष समारोहमा प्रधानमन्त्रीले परियोजना कार्यान्वयनबाट नेपालको व्यापार सञ्जाललाई एशियाका विशाल अर्थतन्त्र

सम्वन्धित समाचारहरु