Trending
>>   केपी ओली बिरुद्धका सबै षड्यन्त्रहरु असफल भएको महेश बस्नेतको दाबी >>   नेतृत्व परिवर्तनको बहस ‘फेसन’जस्तो भयोः झाँक्री >>   एमाले अध्यक्षको प्रतिवेदन र आत्मालोचना व्यवहारमा देखिनुपर्छः गोकुल बाँस्कोटा >>   ग्यास र चिनीको कालोबजारी रोक्न सरकार निर्मम हुनुपर्छः सांसद प्रसाईं >>   पेट्रोलियमको मूल्य नबढेसम्म चाडपर्वमा भाडा बढाउँदैनौँः अध्यक्ष सिटौला >>   पुनर्निर्माणमा मोडेल परिवर्तनः ‘टाउनसिप’ मोडेलमा बस्ती विकास गरिने’ >>   एउटै आन्दोलनमा निधन भएकाहरु शहीद अनि बाचेकाहरु अपराधी कसरी ? >>   रसुवा बाढीमा सम्पर्कविहीनहरु अब जीवित भेट्टिने सम्भावना कम छ: गृहसचिव शर्मा >>   गएको साता ८७ अंकले बढेको नेप्सेको यो साता कस्तो रहला ? >>   सम्पती धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍योः राष्ट्र बैंक
Logo
६ आश्विन २०८३, मंगलवार
६ आश्विन २०८३, मंगलवार

नेकपा एकीकृत समाजवादीको केन्द्रीय सचिवालय बैठक जारी


काठमाडौं। नेकपा एकीकृत समाजवादीको केन्द्रीय सचिवालय बैठक पार्टी कार्यालय आलोकनगरमा बसिरहेको छ । प्रवक्ता तथा पार्टी उपमहासचिव जगन्नाथ खतिवडाका अनुसार बैठकमा पार्टी महाधिवेशनको मिति सार्ने लगायत विषयमा छलफल भइरहेको छ । त्यस्तैएकीकृत समाजवादीको गत ७ भदौमा बसेको केन्द्रीय कमिटी बैठकले १४ देखि १८ माघमा महाधिवेशन गर्ने निर्णय गरेको थियो ।

‘राष्ट्रिय सभाको निर्वाचनको कार्यतालिका सार्वजनिक भइसकेको सन्दर्भमा पार्टीको महाधिवेशनको मिति सार्नेलगायत विषयमा छलफल हुँदैछ’, उनले भने । नयाँ पार्टी गठन भएको दुई वर्षपछि हुन लागेको महाधिवेशन एमालेकै निरन्तरताका रुपमा गर्ने एकीकृत समाजवादीले जनाएको छ । त्यसैगरी, सरकारले राष्ट्रिय सभाको निर्वाचन ११ माघमा गर्ने निर्णय गरेको छ । फागुनमा राष्ट्रिय सभाका २० सांसदको पद रिक्त हुँदैछ ।

एक महिनाअगावै निर्वाचन गर्नुपर्ने व्यवस्थाअन्तर्गत् राष्ट्रिय सभाको निर्वाचन हुन लागेको हो । त्यसका लागि २३ पुसमा उम्मेदवारी दर्ता गर्नुपर्ने गरी निर्वाचन आयोगले तालिका जारी गरेको छ ।


प्रकाशित मिति: १८ मंसिर २०८०, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?