१३ चैत्र ,काठमाडौँ । उपप्रधानमन्त्री एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठले विकास र समृद्धिको यात्रालाई तीव्रता दिएर गुणात्मक फड्को मार्नुपर्ने बताएका छन् । मन्त्रालय सम्हालेपछिको तीन महिनामा सम्पन्न भएका कामका बारेमा जानकारी दिन आज आयोजित पत्रकार सम्मेलनमा उनले समृद्धिलाई मुख्य गन्तव्य मानेर आफूहरु खटिइरहेको बताए । आफूले मन्त्रालय सम्हालेपछि
१३ चैत्र, काठमाडाैँ । जनयुद्ध दिवस खारेजीको माग गर्दै सर्वोच्च अदालतमा परेको रिट खारेज (दरपीठ) भएको छ । सरकारले वार्षिक क्यालेन्डरमा जनयुद्ध दिवसलाई समावेश गर्दै उक्त दिन सरकारले बिदा दिने गरेको निर्णयविरूद्ध सर्वोच्चमा रिट निवेदन पुगेको थियो । तर, उक्त निर्णय सरकारको नीतिगत विषय भएको भन्दै सर्वोच्च प्रशासनले खारेज गरेको
१३ चैत्र, काठमाडाैँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डविरूद्ध नाराबाजी गर्ने ३ जना जेल चलान भएका छन् । जिल्ला प्रशासन कार्यालयले तोकेको धराैटी रकम नबुझाएपछि उनीहरू जेल चलान भएका हुन् । जिल्ला प्रशासन कार्यालयले अभद्र व्यवहारको कसुरमा ५ हजार धराैटी बुझाएर रिहा हुने आदेश दिएको थियो । तर, उक्त रकम नबुझाएपछि
१३ चैत्र, काठमाडाैँ । सत्ता गठबन्धनको बैठक मङ्गलबार बस्ने भएको छ । सत्ता गठनबन्धनमा रहेका तीन शीर्ष दलबीच मङ्गलबार अपराह्न ४ बजे बैठक राख्ने सहमति भएको हो । प्रधानमन्त्री निवास बालुवाटारमा आज प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा (एकीकृत समाजवादी)का
१३ चैत्र, काठमाडाैँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले आज आफ्नो पदाधिकारी बैठक बोलाएको छ । आज दिउँसो १ बजे पार्टी कार्यालय धुम्बाराहीमा बस्ने गरी बैठक बोलाइएको पार्टीका प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए । उनका अनुसार आजको बैठकमा आगामी वैशाख १० गते तनहुँ–१, चितवन–२ र बारा–२ मा हुने उपनिर्वाचनबारे छलफल हुनेछ
१३ चैत्र, काठमाडाैँ । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले २०४६ को जनआन्दोलनपछि आदर्श र मूल्य मान्यताको राजनीति संकटमा परेको बताएका छन् । पूर्वमन्त्री स्वर्गीय नविन्द्रराज जोशीको शालिक अनावरण कार्यक्रमलाई सम्बोधन गर्दै नेता सिंहले संस्थापक नेताहरुको जस्तो आदर्शको राजनीति कांग्रेसले भुल्दै गएको टिप्पणी गरे । कार्यक्रममा उनले भने, ‘२०४६ सालसम्म मूल्य
१३ चैत्र, काठमाडाैँ । नेपाली कांग्रेसले समसामयिक राजनीतिक विषयमा छलफल गर्न चैत १४ गते पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको छ । पार्टीको केन्द्रीय कार्यालय सानेपामा बिहान ९ बजे बस्ने बैठकमा पार्टीका तर्फबाट सरकारका सहभागी हुने मन्त्री र प्रतिनिधिसभाको उपनिर्वाचनमा पार्टीका उम्मेदवारको चयनलगायत विषयमा छलफल हुने मुख्यसचिव कृष्णप्रसाद पौडेलले जनकारी दिए
१३ चैत्र, काठमाडाैँ । सङ्घीय संसद्को काम कारबाहीलाई प्रभावकारी बनाउने विषयमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सभामुख देवराज घिमिरेबीच छलफल भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज बिहान भएको छलफलमा केही महत्वपूर्ण विधेयक तत्काल अगाडि बढाउने विषयमा उनिहरुबीच छलफल भएको हो । प्रधानमन्त्रीका सचिवालयका अनुसार सदनका काम कारबाहीलाई थप प्रभावकारी र
१२ चैत्र ,काठमाडौँ । प्रतिनिधिसभाबाट ‘बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) विधेयक २०७९ माथि विचार गरियोस्’ भन्ने बहुमतले प्रस्ताव स्वीकृत भएको छ । बैठकमा प्रधानमन्त्री एवं कानुन, न्याय तथा संसदीय मामिलामन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’का तर्फबाट सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले विधेयकमाथि उक्त प्रस्ताव प्रस्तुत
१२ चैत्र ,मोरङ। कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले सङ्घीयता स्थापनापछि जनताले विकासको अनुभूति गर्न पाएको बताएका छन्। नेपाल कानून समाजद्वारा आज यहाँ आयोजित सङ्घ, प्रदेश र स्थानीय सरकारको प्रभावकारी समन्वय र भावी रणनीति विषयक अन्तरक्रियामा उनले भने, “विगत २० वर्षमा नभएको विकास प्रदेश सरकार स्थापनाको छ वर्षको अवधिमा भएको छ