२२ चैत्र, चितवन । चितवन- २ बाट उपनिर्वाचनमा उम्मेदवारी दिएका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको उम्मेदवारी कायम रहेको छ । उनको उम्मेदवारीविरूद्ध परेका तीन दाबी विरोध रित नपुगेको भन्दै खारेज भएपछि लामिछानेको उम्मेदवारी कायम रहेको हो । लामिछानेविरूद्ध प्रतिस्पर्धी सहित युवराज सफलले दाबी विरोध गरेका थिए । तर, युवराज
२२ चैत्र, काठमाडाैँ । तीन विद्यार्थी सङ्गठनले त्रिभुवन विश्वविद्यालय (त्रिवि) का रोकिएका क्याम्पसपमा एकै दिन स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन गराउन माग गरेका छन् । नेपाल विद्यार्थी सङ्घ, अनेरास्ववियु (क्रान्तिकारी) र अनेरास्ववियूको आज बसेको संयुक्त बैठकले रोकिएका क्याम्पसमा एकै दिन निर्वाचन गराउन माग गरेका हुन् । बैठकपछि नेविसङ्घका अध्यक्ष दुजाङ शेर्पा,
२२ चैत्र, काठमाडाैँ । नेपाली कांग्रेसले सरकारमा जाने थप २ जनाको नाम टुंगो लगाएको छ । बुधबार सभापति शेरबहादुर देउवाको निवास धुम्बाराहीमा बसेको बैठकले मन्त्री बन्ने २ जनाको नाम टुंग्याएको हो । ८ जना मन्त्रीको भाग पाएको कांग्रेसले ४ जना मात्रै पठाएको छ । अबको चरणमा केन्द्रीय सदस्यद्वय मोहनबहादुर बस्नेत र
२२ चैत्र, काठमाडाैँ । निर्वाचन आयोगले आगामी वैशाख १० गते आइतबार हुने प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनका लागि उम्मेदवारले खर्च गर्न पाउने अधिकतम हद (सीमा) निर्धारण गरेको छ । आयोगको आज बसेको बैठकले उपनिर्वाचनका लागि गत असोज ३१ को नेपाल राजपत्रमा तोकिए बमोजिम नै हुने गरी चितवन जिल्ला निर्वाचन क्षेत्र नं २ तथा
२२ चैत्र, बारा । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय गानमा सयौं थुंगाभन्दा अगाडिको धुन हटाउन माग गरेका छन् । उनले सरकारसँग यसका लागि ध्यानाकर्षण गराएका हुन् । बारामा हुने उपनिर्वाचनको सभामा बोल्दै ओलीले राष्ट्रिय गान जस्तो कुरामा सरकारले गम्भीर ध्यान दिनुपर्ने बताए । उक्त कार्यक्रममा उनले भने,'राष्ट्रिय गान गाउँदा
२२ चैत्र, दमौली । आगामी वैशाख १० गते हुने उपनिर्वाचन अन्तर्गत तनहुँ क्षेत्र नं. १ का उम्मेदवारहरुले चुनावी अभियान थालेका छन् । सोमवार उम्मेदवारी दर्ता गराएसँगै उनीहरुले चुनावी गतिविधिलाई तीव्र पारेका छन् । नेपाली कांग्रेसका उम्मेदवार गोविन्द भट्टराईले सम्पर्क कार्यालय स्थापना गरेर अभियान सुरुआत गरेका छन्। व्यास नगरपालिका-३ निमचोकमा स्थापना गरिएको
२२ चैत्र, तनहुँ । नेकपा एमालेका नेता सर्वेन्द्र खनालले आफ्नो उम्मेदवारीमा विकास र सेवाबाहेक अरू स्वार्थ नभएको बताएका छन् । तनहुँ - १ बाट उम्मेदवारी दिएका खनालले बुधबार प्रेस चौतारी तनहुँले आयोजना गरेको पत्रकार सम्मेलनमा यस्तो बताएका हुन् । उक्त कार्यक्रममा उनले भने, 'यही ठाउँले जन्माएको छोरो हुँ, यही माटोको कसम
२२ चैत, चितवन । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेमाथि परेका ४ मध्ये युवराज पौडेल 'सफल'को उजुरी नलाग्ने भएको छ । लामिछानेले अमेरिकी नागरिकता त्यागेको निस्सा नबुझाइ पुन: नागरिकता प्राप्ति गरेको भन्दै पौडेलले दिएको उजुरी मनोनयन दर्ता भएर अन्तिम नामावली निकाल्नुअघि उम्मेदवारले मात्र आफ्ना प्रतिस्पर्धीविरूद्ध उजुरी गर्न पाउने निर्वाचन आयोग ऐनको
२२ चैत्र, एजेन्सी । अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पविरुद्ध अश्लिल चलचित्रकी नायिकसँगको यौनसम्बन्ध दबाउन भारी रकम भुक्तानी गरेको, झुठा व्यावसायिक विवरण तयारपारेकोलगायत ३४ वटा गम्भीर अपराधका अभियोग लगाइएको छ । न्युयोर्कको एक अदालतले सन् २०१६ मा भएका ती घटनालाई लिएर मङ्गलबार पूर्वराष्ट्रपति ट्रम्पविरुद्ध ती अभियोग लगाएको हो । अदालतमा उपस्थित उनले ती
२२ चैत्र, एजेन्सी । अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन् । म्यानहट अदालतमा बयान दिन न्युर्योक पुगेका बेला उनलाई पक्राउ गरिएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् । तर,उनलाई पक्राउ गर्दा हत्कडी भने नलगाइएको उल्लेख छ । उनीमाथि लागेका ३४ आरोप माथी सुनवाईकाे क्रममा उनी पक्राउ परेका हुन । यद्यपि