Trending
>>   मन्त्री घिसिङद्वारा सूर्यविनायक–धुलिखेल सडक अनुगमन, दशैँअघि नै खाल्डा पुर्न निर्देशन >>   फागुन २१ मा जसरी पनि निर्वाचन सम्पन्न गराउनुछः सञ्चारमन्त्री खरेल >>   शिक्षा मन्त्रालय अन्तर्गतका विभागमा भइरहेको ढिलासुस्ति तत्काल अन्त्य गर्न मन्त्री पुनको निर्देशन >>   शहीद परिवारलाई रोजगारी दिन उद्योगीहरुलाई उद्योगमन्त्रीको आग्रह >>   मल अभावको समस्या हटाउने प्रयास गर्छुः कृषिमन्त्री परियार >>   विज्ञहरुको सुझावअनुसार काम गर्छुः शिक्षामन्त्री पुन >>   अख्तियारमा एक वर्षमा ३७ हजार उजुरी, १ सय ३७ मुद्दा विशेष अदालतमा दायर >>   नवनियुक्त मन्त्रीहरुको शपथ ग्रहण (तस्बिरहरु) >>   दशैँ शुरुः राखियो जमरा >>   अमेरिकाको आपत्तिका बाबजुद बेलायतद्वारा प्यालेस्टाइन राज्यलाई मान्यता
Logo
७ आश्विन २०८२, मंगलवार
७ आश्विन २०८२, मंगलवार

यातायात व्यवस्था कार्यालयमा अनलाइन सेवा सुरु


काठमाडौ। देशभरका यातायात व्यवस्था कार्यालयमध्ये सबैभन्दा भीड हुने एकान्तकुनास्थित यातायात व्यवस्था कार्यालयमा आजदेखि अनलाइन सेवा सुरु भएको छ ।
भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वाला र बागमती प्रदेश सरकारका श्रम रोजगार तथा यातायातमन्त्री लक्ष्मण लम्सालले आज एकान्तकुना यातायात व्यवस्था कार्यालयमा अनलाइन सेवा सुरु गरेका हुन् ।
एकान्तकुना कार्यालयमासेवाग्राहीहरुदैनिकघण्टौँ लाममा बस्ने गरेका थिए । आजदेखि लाम पूर्णरुपमा हट्ने मन्त्री ज्वालाले बताए । , उनले भने “दैनिक हजारौँ सेवाग्राहीले पाउँदै आएको सास्ती आजदेखि हटेको छ ।”नयाँ सवारी चालक अनुमतिको आवेदन गर्न यसअघि नै अनलाइन सेवा सञ्चालनमा थियो । आजबाट राजस्व भुक्तानी, अनुमतिपत्र नवीकरण र वर्ग थप अनलाइनबाटै हुने भएको छ ।
अनुमतिपत्रका लागि अब तीन पटक मात्र यातायात व्यवस्था कार्यालयमा जानुुपर्ने प्रदेशका यातायातमन्त्री लम्सालले बताए। उनले भने  “यसअघि एउटै लाइसेन्सका लागि नौ पटक यातायात व्यवस्था कार्यालयमा धाउनुपर्ने बाध्यता थियो ।” सवारी चालक अनुमतिपत्रका लागि अब लिखित परीक्षा, ट्रायल परीक्षा र बायोमेट्रिक गर्न तीनपटक मात्र यातायात व्यवस्था कार्यालय जानुपर्नेछ । अन्य सबै काम घरबाटै अनलाइन सेवामार्फत गर्न सकिने यातायात व्यवस्था विभागका महानिर्देशक उद्धव रिजालले बताए।
मन्त्री ज्वालाले मन्त्रालयको जिम्मेवारी सम्हालेसँगै यातायात कार्यालयमा लाग्ने भीड हटाउने प्रतिबद्धता व्यक्त गरेका छन् । प्रतिबद्धताअनुसार गत असार २० देखि कास्की यातायात व्यवस्था कार्यालयबाट अनलाइन सेवा सुरु गरिएको थियो । कास्कीमा सफल भएपछि एकान्तकुनाबाट आजदेखि अनलाइन सेवा सुरु गरिएको हो । अबको केही दिनभित्र मधेस र लुम्बिनी प्रदेशका यातायात व्यवस्था कार्यालयमार्फत पनि अनलाइन सेवा पुनःसञ्चालन गरिने मन्त्री ज्वालाले बताए ।
यातायात व्यवस्था कार्यालयको भीड हटाउने र बिचौलियाको अन्त्य गर्न देशका सबै यातायात व्यवस्था कार्यालय अनलाइन प्रणालीमा लैजान लागिएको बताए।

प्रकाशित मिति: २५ आश्विन २०८०, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?