Trending
>>   भरतपुरको राधापुर नहरमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु >>   प्रतिनिधिसभा निर्वाचन मितव्ययी बनाउने आयोगको रणनीति >>   लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा >>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य
Logo
१७ माघ २०८२, शनिबार
१७ माघ २०८२, शनिबार

एप्लिकेसन अफ सिसिटिभी एण्ड ड्रोन इन पुलिस अपरेशन एण्ड इन्भेष्टिगेशनअनुशिक्षण समापन


 

काठमाडौं। नेपाल प्रहरी प्रधान कार्यालय संचार निर्देशनालयले २० जना प्रहरी अधिकृतहरूलाईएप्लिकेसन अफ सिसिटिभी एण्ड ड्रोन इन पुलिस अपरेशन एण्ड इन्भेष्टिगेशन अनुशिक्षण प्रदानगरेको छ । राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगंजको तत्वावधानमा सोही निर्देशनालयमासंचालित प्रथम समूह अन्तर्गत उनीहरुलाई उक्त अनुशिक्षण प्रदान गरिएको हो ।

उक्त अनुशिक्षण समापनका अवसरमा बिहीबार आयोजित कार्यक्रममा नेपाल प्रहरी प्रधानकार्यालय संचार निर्देशनालयका प्रहरी वरिष्ठ उपरीक्षक ई. गोपाल बहादुर रेग्मीले अनुशिक्षण समापनगर्दै प्रशिक्षार्थीहरुलाई प्रमाणपत्र वितरण गर्नुभयो ।

कार्यक्रममा प्रहरी वरिष्ठ उपरीक्षक रेग्मीले अपराध अनुसन्धान तथा प्रहरी कार्यमा अनुशिक्षण महत्त्वपूर्ण सावित हुने चर्चा गर्दै अनुशिक्षणको क्रममा हासिल गरेका ज्ञान सीपलाई आ-आफ्नो कार्यक्षेत्रमा प्रभावकारी ढंगबाट प्रयोग गर्नुपर्ने बताउनुभयो ।सो अवसरमा प्रहरी उपरीक्षक ऋषिराम कंडेलले प्रशिक्षार्थीहरूको तर्फबाट अनुशिक्षण सम्बन्धीअनुभवसहितको मन्तव्य व्यक्त गर्नुभएको थियो ।

कार्यक्रममा अनुशिक्षण संयोजक प्रहरी उपरीक्षक अंशु कुमार सिंहले स्वागत मन्तव्य तथाअनुशिक्षण सम्बन्धी प्रतिवेदन प्रस्तुत गर्दै जम्मा ५ कार्यदिन अवधिको उक्त अनुशिक्षणमा प्रहरी। उपरीक्षक १ जना, प्रहरी नायव उपरीक्षक ३ जना र प्रहरी निरीक्षक १६ जना गरी जम्मा २० जनाप्रशिक्षार्थीहरूको सहभागिता रहेको जानकारी दिनुभयो ।


प्रकाशित मिति: २५ आश्विन २०८०, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?