Trending
>>   ‘रास्वपा सरकारले अर्काले गरेको काममा आफ्नो अनुहार देखाएर जस लिन खोज्यो’– शंकर पोखरेल >>   योग्यता, क्षमाता र विज्ञता नागरिक प्रशस्तै छन्, राजदुत नियुक्ति किन रोकियो ? >>   बाढीपीडितका लागि ‘सनसेट ल’ ल्याउनेबारे सर्वदलीय बैठकमा छलफल >>   संसदीय समितिलाई प्रधानमन्त्रीले अपनत्व नलिने अवस्था नबनोस्:गगन थापा >>   सरकार र पार्टीको काम बाँडफाँड भएको छ, डुप्लिकेसन आवश्यक छैनः रवि लामिछाने >>   पुँजी बजार सुदृढीकरण कार्ययोजनालाई सार्थक बनाउँदै सरकार, पुँजीगत लाभकर घटाउने निर्णय >>   भोटेकोशी विपद्लाई ‘हिम नदी डिजास्टर’का रूपमा बुझ्नुपर्छः इन्दिरा राना >>   ‘क्याली’को सदस्यता प्राप्त गर्ने प्रश्ताव प्रतिनिधि सभाबाट सर्वसम्मतिले अनुमोदन >>   लिपुलेक, कालापानी र लिम्पियाधुरा समेटिएको नक्शा संवैधानिक र सार्वभौम दस्तावेज हो, बोझ मान्न सकिँदैनः परराष्ट्रमन्त्री… >>   हराएका ५० वटा दुई पाङ्ग्रे सवारी साधन सम्बन्धित धनीलाई हस्तान्तरण
Logo
३१ भाद्र २०८३, बुधबार
३१ भाद्र २०८३, बुधबार

राजनिति


बालुवाटारमा माओवादीको आकस्मिक बैठक जारी

काठमाडौँं । सत्ता फेरबदल भएपछि माओवादी केन्द्रको पदाधिकारी बैठक बालुवाटारमा बसिरहेको छ । बैठकमा पछिल्लो विकसित घटनाक्रम र आगामी रणनीतिबारे छलफल भएको बताइएको छ। बैठक बस्नुअघि प्रचण्डले एमालेका अध्यक्ष अध्यक्ष केपी ओलीसँग छलफल गरेका थिए । प्रचण्ड र ओलीबिच पाँच मिनेट भेट भएको प्रचण्डका सचिवालयले जनाएको छ ।

परिवर्तित राजनीतिक परिस्थितिबारे धारणा तय गर्न राप्रपाले बोलायो पदाधिकारी बैठक

काठमाडौँ । राप्रपाले परिवर्तित राजनीतिक परिस्थितिका सन्दर्भमा समीक्षा गर्न र पार्टीको धारणा तय गर्न केन्द्रीय पदाधिकारी बैठक बोलाइएको प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिएका छन् । बैठक आज दिउसो दिउँसो २ बजे पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा बस्ने भएको छ ।

कांग्रेस–एमाले गठबन्धनलाई उपेन्द्र यादवको साथ

काठमाडौँ । जनता समाजवादी पार्टी नेपालले कांग्रेस–एमाले गठबन्धनलाई साथ दिने भएको छ । जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवले अहिलेको नयाँ समीकरणलाई आफूहरूको साथ रहने बताएका छन् । उनले भने, ‘सरकारमा जाने–नजाने कुरा पछि को हो तर अहिले हाम्रो समर्थन नयाँ गठबन्धनलाई रहन्छ ।’

प्रधानमन्त्रीलाई भेट्न एमाले अध्यक्ष ओली बालुवाटारमा

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेट्न बालुवाटार पुगेका छन् । सोमबार मध्यरातमा काँग्रेस गठबन्धन गर्ने सहमति गरेका ओलीले बिहान प्रधानमन्त्री प्रचण्डलाई भेट्न बालुवाटार गएका हुन् ।आजै एमालेका मन्त्रीहरूले राजीनामा दिने तयारी गरेका छन् ।

दलहरूले समर्थन फिर्ता नलिएसम्म प्रधानमन्त्रीले राजीनामा नदिने !

काठमाडौ। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफू नेतृत्वको सरकारमा सहभागी दलहरूले समर्थन फिर्ता नलिएसम्म प्रधानमन्त्रीले कुनै पनि कदम नचाल्ने बताइएको छ। स्रोतका अनुसार सरकारमा रहेका दलहरूले समर्थन फिर्ता लिएपछि मात्रै प्रधानमन्त्रीले राजीनामा दिने अथवा ३० दिनभित्रमा विश्वासको मत लिने भन्ने प्रक्रिया अगाडि बढ्ने बताए ।

एमाले सचिवालय बैठक बस्दै, कांग्रेससँगको समीकरणबारे छलफल हुने

काठमाडौं। नेकपा एमालेको सचिवालय बैठक आज दिउँसो ३ बजेका लागि बोलाइएको छ । नेकपा माओवादी केन्द्रसँगको सहकार्य तोडेर नेपाली कांग्रेससँग नयाँ समीकरणका लागि गएराति सहमति भएसँगै पछिल्लो राजनीतिक परिस्थितिका बारेमा छलफल गर्न बैठक बस्न लागेको हो ।

बालेनको ब्यङ्ग-‘यो समय गिरिबन्धु चियाको हो, काले काले मिलेर खाऊ भाले’

काठमाडौँ । काँग्रेस र एमालेको गठबन्धनलाई काठमाडौँ महानगरपालिकाका मेयर बालेन साहले ‘काले काले मिलेर खाउँ भाले’ भन्दै ब्यङ्ग गरेका छन् । मङ्गलवार(आज) बिहान साहले ‘यो समय गिरिबन्धु चियाको हो, काले काले मिलेर खाऊ भाले’ भन्दै सामाजिक सञ्जालमा व्यङ्ग्य गरेका हुन् । उनले कमेन्टमा आफ्नो स्ट्याटसलाई थप प्रष्ट्याउँदै गिरिबन्धुको फाइल खोल्ने

प्रधानमन्त्रीलाई मार्ग प्रशस्त गर्न सुझाव,एमालेका मन्त्रीहरूले राजीनामा दिँदै

काठमाडौं । नयाँ सत्ता सहकार्यका लागि नेपाली कांग्रेससँग सहमति गरेसँगै नेकपा एमाले सरकारबाट बाहिरिने भएको छ । सरकारबाट बाहिरिने तयारी संगै मन्त्रीहरूले राजीनामा बुझाउने गरी तयारी भइरहेको बताइएको छ। प्रचण्ड सरकारमा उपप्रधा तथा भौतिक पूर्वाधारमन्त्री रघुवीर महासेठको नेतृत्वमा एमालेका ८ जना मन्त्री छन् ।

रास्वपाले बोलायो सचिवालय बैठक

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सचिवालय बैठक बोलाएको छ। सत्ता फेरबदलको तयारीपछि रास्वपाले अबको रणनीति स्वरूप बैठक बोलाएको हो। सत्तामा रहेको रास्वपालाई बाहिर राखेर एमाले र काँग्रेसले नयाँ सरकार बनाउने सहमति गरेका छन्।

गृहमन्त्री लामिछानेविरुद्धको रिटमा आज सुनुवाइ

काठमाडौं । उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेलाई पदबाट निलम्बन गर्न माग गर्दै सर्वोच्च अदालतमा परेको रिट निवेदनमाथि आज सुनुवाइ हुने भएको छ । लामिछानेलाई निलम्बन गरी उनीमाथि अनुसन्धान गर्नुपर्ने माग राखी गत जेठ १४ गते दायर रिटमा अन्तरिम आदेश जारी गर्ने वा नगर्ने भन्नेबारे सर्वोच्च अदालतमा सुनुवाइ भइरहेको छ ।

सम्वन्धित समाचारहरु