Trending
>>   नेपाल प्रहरीलाई भविष्यउन्मुख बनाउने आईजीपी कार्कीको संकल्प >>   खगेन्द्र सुनारबारे सरकारः प्रक्रियाअनुसार अनुसन्धान हुन्छ >>   पार्टीभित्रका असन्तुष्ट पक्षलाई समेटेर अघि बढ्छुः सभापति थापा >>   सात दशक पुरानो कानून विस्थापन गर्दै नयाँ प्रहरी विधेयक ल्याउने सरकारको तयारी >>   प्रहरी समायोजन नहुँदा संघीयता कार्यान्वयनमा चुनौती देखियोः मुख्यमन्त्री थापा मगर >>   एक दिनमा ५० पटकसम्म वालेटमा रकम जम्मा गर्न सकिने >>   पार्टीका नियमित कामबाट अलग भएर ‘समुन्नति’ को अभियानमा लाग्छुः सभापति थापा >>   अध्यादेशको विरोध गर्दै काँग्रेसले भन्योः भूमि सम्बन्धी अध्यादेश संसदबाटै ल्याउनुपर्छ >>   नेपाल–भारत सम्बन्धलाई परिणाममुखी र आधुनिक आर्थिक साझेदारीमा बदल्नुपर्छः परराष्ट्रमन्त्री >>   प्रहरी प्रशासनलाई गृहमन्त्रीको निर्देशनः जनतालाई केन्द्रमा राखेर काम गर्नूस्
Logo
२ कार्तिक २०८३, आईतवार
२ कार्तिक २०८३, आईतवार

जनताकाे चाहना र देशकाे आवश्यकता अनुसार संविधान संशोधन हुनसक्छ : उपप्रधानमन्त्री सिंह


काठमाडौं। उपप्रधानमन्त्री एवं शहरी विकास मन्त्री प्रकाशमान सिंहले जनताकाे चाहना र देशकाे आवश्यक्ताअनुसार संविधान संशोधन हुनसक्ने बताएका छन् । सहिद स्मृति प्रतिष्ठानले साेमबार आयाेजना गरेकाे `वर्तमान संविधान र समाजवादउन्मुख लाेकतन्त्र´ विषयक विचार गाेष्ठी र श्रमिक विमर्श विशेष स्मारिका विमाेचन कार्यक्रममा बाेल्दै नेता सिंहले प्रक्रिया पूरा गरेर संविधान संशोधन गर्न सकिने बताएका हुन् ।

`याे संविधानकाे विशेषता नै प्रक्रिया पूरा गरेर संविधानका धारा जनताकाे माग र समयकाे आवश्यकता अनुसार संशाेधन गर्न सकिने प्रावधान हाे । जनताकाे माग र देशकाे आवश्यकताअनुसार संविधान संशाेधन हुन सक्छ´, उनले भने,`३ तहकाे सरकारले अधिकारसम्पन्न भएर काम गरेकाे भए याे तहमा पुग्दैनथ्याै भन्ने मलाई लाग्छ ।´

संघ, प्रदेश र स्थानीय ३ तहकाे सरकार अधिकार सम्पन्न नहुँदा अहिलेकाे जटिल अवस्था सिर्जना भएकाे भन्दै उपप्रधानमन्त्री सिंहले वर्तमान सरकारले राेजगारी सिर्जना गर्ने, उद्याेग सञ्चालन गर्ने र अर्थतन्त्रलाई ठिक ठाउँमा ल्याउनु सरकारकाे प्राथमिकता रहेकाे बताए ।

अहिलेकाे परिस्थिति सुधार गर्न र जनतालाई राहत दिन कांग्रेस एमालेसहित साना दल सम्मिलित सरकर गठन भएकाे पनि उनकाे भनाई थियाे । नेता सिंहले अहिलेकाे अवस्थाबाट राम्राे गर्नका लागि सरकार प्रतिवद्द रहेकाे बताए । उनले आफ्नाे पुस्ता विपी काेइरालासँग उठवस गर्न पाएकाे पुस्ता रहेकाे भन्दै विपि उहाँ बहुआयामिक व्यक्तित्व रहेकाे समाजवादी नेताका रूपका अन्तर्राष्ट्रिय रूपमा पहिचान भएकाे नेताका रूपमा स्मरण गरे ।

कार्यक्रममा कांग्रेस पूर्वमहामन्त्री शशांक काेइरालाे विपि काेइराला अत्यन्त व्यवहारिक नेता भएकाे बताए । त्यस्तै कांग्रेस प्रवक्ता प्रकाशशरण महतले संविधान संशाेधन प्राप्त उपलब्धि खाेस्ने हाेइन, थप बलियाे बनाउनका लागि हुने बताए ।
`समावेशीता कटाैती हुँदैन । अझ भाइब्रेन्ट बनाउने हाे । महिला, दलित, अरू वर्ग समूहकाे सहभागिता सुनिश्चित गर्ने गरि संशाेधन गर्न सकिन्छ ,´ उनले भने, `अर्थतन्त्रकाे जटिलताकाे जगमा अस्थिरता छ । त्यसलाई हटाउन गरिएकाे पछिल्लो प्रयाेग चुनाैतिपूर्ण छ । तर सफल पार्नुपर्छ । जनतामा आशा जागेकाे छ । गर्न सकिन्छ । ´


प्रकाशित मिति: ७ श्रावण २०८१, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?