Trending
>>   नेपाली र भारतीय फिल्मका चर्चित अभिनेता सुनिल थापाको निधन >>   प्रभु बैंकको सीईओमा सुमन शर्मा, शेरचनले दिए राजीनामा >>   डिजिटल नागरिकता सेवामा काभ्रेपलाञ्चोक अगाडि :वडा तहबाटै अनलाइन सिफारिस सफल >>   भरतपुरको राधापुर नहरमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु >>   प्रतिनिधिसभा निर्वाचन मितव्ययी बनाउने आयोगको रणनीति >>   लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा >>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो
Logo
२५ माघ २०८२, आईतवार
२५ माघ २०८२, आईतवार

जनताकाे चाहना र देशकाे आवश्यकता अनुसार संविधान संशोधन हुनसक्छ : उपप्रधानमन्त्री सिंह


काठमाडौं। उपप्रधानमन्त्री एवं शहरी विकास मन्त्री प्रकाशमान सिंहले जनताकाे चाहना र देशकाे आवश्यक्ताअनुसार संविधान संशोधन हुनसक्ने बताएका छन् । सहिद स्मृति प्रतिष्ठानले साेमबार आयाेजना गरेकाे `वर्तमान संविधान र समाजवादउन्मुख लाेकतन्त्र´ विषयक विचार गाेष्ठी र श्रमिक विमर्श विशेष स्मारिका विमाेचन कार्यक्रममा बाेल्दै नेता सिंहले प्रक्रिया पूरा गरेर संविधान संशोधन गर्न सकिने बताएका हुन् ।

`याे संविधानकाे विशेषता नै प्रक्रिया पूरा गरेर संविधानका धारा जनताकाे माग र समयकाे आवश्यकता अनुसार संशाेधन गर्न सकिने प्रावधान हाे । जनताकाे माग र देशकाे आवश्यकताअनुसार संविधान संशाेधन हुन सक्छ´, उनले भने,`३ तहकाे सरकारले अधिकारसम्पन्न भएर काम गरेकाे भए याे तहमा पुग्दैनथ्याै भन्ने मलाई लाग्छ ।´

संघ, प्रदेश र स्थानीय ३ तहकाे सरकार अधिकार सम्पन्न नहुँदा अहिलेकाे जटिल अवस्था सिर्जना भएकाे भन्दै उपप्रधानमन्त्री सिंहले वर्तमान सरकारले राेजगारी सिर्जना गर्ने, उद्याेग सञ्चालन गर्ने र अर्थतन्त्रलाई ठिक ठाउँमा ल्याउनु सरकारकाे प्राथमिकता रहेकाे बताए ।

अहिलेकाे परिस्थिति सुधार गर्न र जनतालाई राहत दिन कांग्रेस एमालेसहित साना दल सम्मिलित सरकर गठन भएकाे पनि उनकाे भनाई थियाे । नेता सिंहले अहिलेकाे अवस्थाबाट राम्राे गर्नका लागि सरकार प्रतिवद्द रहेकाे बताए । उनले आफ्नाे पुस्ता विपी काेइरालासँग उठवस गर्न पाएकाे पुस्ता रहेकाे भन्दै विपि उहाँ बहुआयामिक व्यक्तित्व रहेकाे समाजवादी नेताका रूपका अन्तर्राष्ट्रिय रूपमा पहिचान भएकाे नेताका रूपमा स्मरण गरे ।

कार्यक्रममा कांग्रेस पूर्वमहामन्त्री शशांक काेइरालाे विपि काेइराला अत्यन्त व्यवहारिक नेता भएकाे बताए । त्यस्तै कांग्रेस प्रवक्ता प्रकाशशरण महतले संविधान संशाेधन प्राप्त उपलब्धि खाेस्ने हाेइन, थप बलियाे बनाउनका लागि हुने बताए ।
`समावेशीता कटाैती हुँदैन । अझ भाइब्रेन्ट बनाउने हाे । महिला, दलित, अरू वर्ग समूहकाे सहभागिता सुनिश्चित गर्ने गरि संशाेधन गर्न सकिन्छ ,´ उनले भने, `अर्थतन्त्रकाे जटिलताकाे जगमा अस्थिरता छ । त्यसलाई हटाउन गरिएकाे पछिल्लो प्रयाेग चुनाैतिपूर्ण छ । तर सफल पार्नुपर्छ । जनतामा आशा जागेकाे छ । गर्न सकिन्छ । ´


प्रकाशित मिति: ७ श्रावण २०८१, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?