Trending
>>   नेपाली र भारतीय फिल्मका चर्चित अभिनेता सुनिल थापाको निधन >>   प्रभु बैंकको सीईओमा सुमन शर्मा, शेरचनले दिए राजीनामा >>   डिजिटल नागरिकता सेवामा काभ्रेपलाञ्चोक अगाडि :वडा तहबाटै अनलाइन सिफारिस सफल >>   भरतपुरको राधापुर नहरमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु >>   प्रतिनिधिसभा निर्वाचन मितव्ययी बनाउने आयोगको रणनीति >>   लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा >>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो
Logo
२५ माघ २०८२, आईतवार
२५ माघ २०८२, आईतवार

नेपाल एक चीन नीतिप्रति प्रतिबद्ध: गृहमन्त्री लेखक


काठमाडौं । सोमबार सिंहदरबारस्थित गृह मन्त्रालमा नेपालका लागि चीनका राजदूत चेन सङसँगको भेटमा गृहमन्त्री रमेश लेखकले नेपाल एक चीन नीतिमा प्रतिबद्ध रहेको बताएका छन् ।

भेटमा गृहमन्त्री लेखकले दुई देशबीच सधै सौहार्दपूर्ण सम्बन्ध रहिआएको र नेपाल एक चीन नीतिमा प्रतिबद्ध रहेको बताएका छन्। उनले नेपालको भूमि आफ्ना छिमेकी राष्ट्रहरूको विरुद्धमा प्रयोग हुन नदिन नेपाल सचेत रहेको बताउदै आगामी दिनमा चिन संगको सम्बन्ध थप विस्तार र सुदृढ हुने विश्वास व्यक्त गरेका छन् ।

भेटमा गृहमन्त्री लेखकले नेपालको पूर्वाधार विकास लगायतका क्षेत्रमा चीन महत्वपूर्ण विकास साझेदार रहेको बताउदै नेपाल प्रहरी र सशस्त्र प्रहरी बल, नेपालको पूर्वाधार निर्माण र क्षमता विकासमा पुर्‍याएको सहयोगको लागि चीनलाई धन्यवाद दिए ।

यसैगरी राजदूत सङले सीमा व्यवस्थापन, सीमापार हुने अपराध नियन्त्रण र दुवै मुलुकका नागरिकको सुरक्षाको लागि नेपाल सरकारसँग समन्वय गर्ने र आफ्नो तर्फबाट समेत सहयोग हुने भेटवार्तामा स्पष्ट पारे । साथै अध्यागमन प्रशासनलाई सुदृढ बनाउन चीन सरकारबाट सक्दो सहयोग हुने उनको भनाइ थियो ।

यससंगै राजदूत सङले पनि नेपाल र चीनबीचको मैत्रीपूर्ण सम्बन्ध आगामी दिनमा थप बलियो हुने विश्वास व्यक्त गरे ।


प्रकाशित मिति: ७ श्रावण २०८१, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?