Trending
>>   नेपाल प्रहरीलाई भविष्यउन्मुख बनाउने आईजीपी कार्कीको संकल्प >>   खगेन्द्र सुनारबारे सरकारः प्रक्रियाअनुसार अनुसन्धान हुन्छ >>   पार्टीभित्रका असन्तुष्ट पक्षलाई समेटेर अघि बढ्छुः सभापति थापा >>   सात दशक पुरानो कानून विस्थापन गर्दै नयाँ प्रहरी विधेयक ल्याउने सरकारको तयारी >>   प्रहरी समायोजन नहुँदा संघीयता कार्यान्वयनमा चुनौती देखियोः मुख्यमन्त्री थापा मगर >>   एक दिनमा ५० पटकसम्म वालेटमा रकम जम्मा गर्न सकिने >>   पार्टीका नियमित कामबाट अलग भएर ‘समुन्नति’ को अभियानमा लाग्छुः सभापति थापा >>   अध्यादेशको विरोध गर्दै काँग्रेसले भन्योः भूमि सम्बन्धी अध्यादेश संसदबाटै ल्याउनुपर्छ >>   नेपाल–भारत सम्बन्धलाई परिणाममुखी र आधुनिक आर्थिक साझेदारीमा बदल्नुपर्छः परराष्ट्रमन्त्री >>   प्रहरी प्रशासनलाई गृहमन्त्रीको निर्देशनः जनतालाई केन्द्रमा राखेर काम गर्नूस्
Logo
३ कार्तिक २०८३, सोमबार
३ कार्तिक २०८३, सोमबार

बागमती सरकारमा एमाले मन्त्रीको टुंगो,काे कुन मन्त्री?


काठमाडौ । बागमती प्रदेश सरकारमा एमालेले आफ्ना मन्त्रीको मन्त्रालय टुंगो लगाएको छ । योसंगै भोलि बिहान ११ बजे मख्यमन्त्री सहित १२ मन्त्रीले शपथ लिने तय भएको छ ।

मन्त्रालयको हकमा एमालेले प्रकाश श्रेष्ठलाई कृषि तथा पशुपन्छी मन्त्रालय, किरण थापा मगरलाई स्वास्थ्य मन्त्रालय, कृष्ण सिलवाललाई वन तथा वातावरण मन्त्रालय दिने टुंगो लगाएको छ।

त्यसैगरि सुकमाया तामाङलाई उद्योग, वाणिज्य, भूमि तथा प्रशासन मन्त्रालय, अमन मास्केलाई भौतिक पूर्वाधार विकास मन्त्रालय र प्रेमभक्त महर्जनलाई श्रम रोजगार तथा यातायात मन्त्रालयको जिम्मेवारी दिने भएको छ ।

एमालेबाट मन्त्री हुनेमा श्रेष्ठ बाहेक सबै नयाँ अनुहारका हुन् । श्रेष्ठ भने यसअघीको सरकारमा उद्योग, वाणिज्य, भूमि तथा प्रशासन मन्त्री थिए ।

बागमतीको मुख्यमन्त्रीमा आज कांग्रेसका बहादुरसिं लामाले एमालेका २७ सांसद सहित ६४ सांसदको समर्थनमा दाबी पेश गरेका छन् । उनको आजै साँझ ५ बजेसम्म नियुक्तिको तयारी भइरहेको प्रदेश प्रमुखको कार्यालयले जनाएको छ ।


प्रकाशित मिति: ८ श्रावण २०८१, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?