Trending
>>   नेपाली र भारतीय फिल्मका चर्चित अभिनेता सुनिल थापाको निधन >>   प्रभु बैंकको सीईओमा सुमन शर्मा, शेरचनले दिए राजीनामा >>   डिजिटल नागरिकता सेवामा काभ्रेपलाञ्चोक अगाडि :वडा तहबाटै अनलाइन सिफारिस सफल >>   भरतपुरको राधापुर नहरमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु >>   प्रतिनिधिसभा निर्वाचन मितव्ययी बनाउने आयोगको रणनीति >>   लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा >>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो
Logo
२५ माघ २०८२, आईतवार
२५ माघ २०८२, आईतवार

बागमती सरकारमा एमाले मन्त्रीको टुंगो,काे कुन मन्त्री?


काठमाडौ । बागमती प्रदेश सरकारमा एमालेले आफ्ना मन्त्रीको मन्त्रालय टुंगो लगाएको छ । योसंगै भोलि बिहान ११ बजे मख्यमन्त्री सहित १२ मन्त्रीले शपथ लिने तय भएको छ ।

मन्त्रालयको हकमा एमालेले प्रकाश श्रेष्ठलाई कृषि तथा पशुपन्छी मन्त्रालय, किरण थापा मगरलाई स्वास्थ्य मन्त्रालय, कृष्ण सिलवाललाई वन तथा वातावरण मन्त्रालय दिने टुंगो लगाएको छ।

त्यसैगरि सुकमाया तामाङलाई उद्योग, वाणिज्य, भूमि तथा प्रशासन मन्त्रालय, अमन मास्केलाई भौतिक पूर्वाधार विकास मन्त्रालय र प्रेमभक्त महर्जनलाई श्रम रोजगार तथा यातायात मन्त्रालयको जिम्मेवारी दिने भएको छ ।

एमालेबाट मन्त्री हुनेमा श्रेष्ठ बाहेक सबै नयाँ अनुहारका हुन् । श्रेष्ठ भने यसअघीको सरकारमा उद्योग, वाणिज्य, भूमि तथा प्रशासन मन्त्री थिए ।

बागमतीको मुख्यमन्त्रीमा आज कांग्रेसका बहादुरसिं लामाले एमालेका २७ सांसद सहित ६४ सांसदको समर्थनमा दाबी पेश गरेका छन् । उनको आजै साँझ ५ बजेसम्म नियुक्तिको तयारी भइरहेको प्रदेश प्रमुखको कार्यालयले जनाएको छ ।


प्रकाशित मिति: ८ श्रावण २०८१, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?