९ भदाै, काठमाडाैँ । नेपाली कांग्रेसले सामाजिक, धार्मिक र राजनैतिक सद्भावका लागि सार्वजनिक अपिल गरेको छ । पछिल्लो समय धरानमा भइरहेको घटनाक्रमबारे चिन्ता प्रकट गर्दै कांग्रेसले सद्भावको अपील गरेको हो । पार्टी सभापति शेरबहादुर देउवाले एक विज्ञप्तीमार्फत कसैको धर्म, संस्कृति र परम्पराप्रति कसैले दखल पुर्याउनु उचित नभएको बताएका छन् । देउवाको
९ भदौ, काठमाडाैँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले सामाजिक सद्भाव विथोल्ने अभिव्यक्तिप्रति सचेत रहन आग्रह गरेका छन् । पार्टीको टोखा नगरपालिकाको भेलामा आज उनले जातजाति र समुदायसित होइन बल्की बेथिति र भ्रष्टचारविरुद्ध लड्नपर्ने बताए । “जातीय र धार्मिक समुदायबीच द्वन्द्व बढाउने र समाजको सद्भाव खलबल्याउने अभिव्यक्तिप्रति
९ भदाै, काठमाडाैँ । नेपाली काङ्ग्रेसमा सहमहामन्त्री भीष्मराज आङ्देम्बेले बालेन साहलाई पार्टीमा ल्याउनुपर्ने बताएका छन् । शनिबार एक कार्यक्रममा बोल्दै आङ्देम्बेले स्वतन्त्र मेयर साहलाई पार्टीमा ल्याउने वातावरण मिलाउनुपर्ने बताएका हुन् । रचनात्मक अभियानको नेतृत्व गरेका साहलाई कांग्रेसमा ल्याउने वातावरण बनाउन आङ्देम्बेको आग्रह थियो । उनले उक्त कार्यक्रममा भनेका छन्, 'अब त्यो
९ भदौ, काठमाडाैँ । नेपाली कांग्रेसका उपसभापति एवं उपप्रधानमन्त्री पूर्णबहादुर खड्काले पार्टी रुपान्तरण र सुधार आफैँबाट सुरु गर्नुपर्नेमा जोड दिएका छन् । काठमाडौँ क्षेत्र नं ३ को क्षेत्रीय भेलामा उहाँले गाउँ तहदेखि केन्द्रीय तहसम्मका सबै नेतालाई पार्टी रुपान्तरण र सुधारका लागि आफैँबाट सुरु गर्न सुझाव दिए । “अरुलाई भन्नुभन्दा हरेक
९ भदाै, काठमाडाैँ । जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादव भारत प्रस्थान गरेका छन् । उनि पारिवारिक कामका सिलसिलामा भारतको केरला गएका हुन् । जसपाका प्रवक्ता मनिषकुमार सुमनका अनुसार अध्यक्ष यादव भारतको नयाँदिल्ली हुँदै केरलाको कोची जानेछन् । उनि एक सातापछि स्वदेश फर्किने प्रवक्ता सुमनले बताए ।
९ भदाै, काठमाडाैँ। नेकपा (एमाले)को आजदेखि सिरहामा तय गरिएको सचिवालय बैठक यही भदौ १३ गतेलाई सरेको छ । धनगढीमाई नगरपालिका सर्रे अम्बासमा बस्ने भनेको बैठक निरन्तरको वर्षाका कारण सार्नुपरेको नेकपा (एमाले)का जिल्ला अध्यक्ष चण्डेश्वर मण्डलले जानकारी दिए । उक्त बैठकका लागि भनेर एमालेका अध्यक्ष केपी शर्मा ओली आजै विराटनगर पुगिसकेका
९ भदाै, काठमाडाैँ । नेपाल विद्यार्थी संघले बालुवाटार घेराउ गर्ने भएको छ । इन्जिनियरिङ अध्ययन संस्थानले स्नातक तहमा गरको शुल्क वृद्धिको विरोधमा नेविसंघले आइबार 'वालुवाटार घेराउ कार्यक्रम' गर्ने भएको हो । एक विज्ञप्ती जारी गर्दै नेविसंघले भनेको छ, ' सर्वसुलभ उच्च शिक्षा सम्पूर्ण नागरिकको नैसर्गिक अधिकार हो भने सर्वसुलभ एवम् गुणस्तरीय
९ भदाै, काठमाडाैँ । कांग्रेस नेता शेखर कोइरालाले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मुलुकमा जातीय द्वन्द्व निम्त्याउने प्रयास गरिरहेको आरोप लगाएका छन्।विराटनगरमा नेपाल प्रेस युनियन मोरङ शाखाको पदस्थापना कार्यक्रमलाई सम्बोधन गर्दै नेता कोइरालाले धार्मीक सद्भाव लडखडाइरहेको अवस्थामा प्रधानमन्त्री दाहालले थप द्वन्द्व निम्ताउने प्रयास गरेको आरोप लगाएका हुन्। प्रतिनिधिसभा सदस्य कोइरालाले भने,
९ ,भाद्र ,काठमाडौँ । उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले गैरआवासीय नेपाली नागरिकतासम्बन्धी नियमावली छिट्टै निर्माण गरी सहजै नागरिकता प्रदान गर्न सहजीकरण गर्ने प्रतिबद्धता जनाएका छन् । सिंहदरबारस्थित गृहमन्त्रालयमा गैरआवासीय नेपाली सङ्घका कार्यकारी अध्यक्ष डा बद्री केसीको नेतृत्वमा गएको प्रतिनिधिमण्डलसँगको भेटमा उनले गैरआवासीय नेपाली नागरिकतासम्बन्धी नियमावलीमा समावेश गरिने प्रावधान गैरआवासीय नेपालीमैत्री
८ ,भाद्र ,काठमाडौँ । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान र तिलगङ्गा आँखा प्रतिष्ठानबीच आँखा उपचार सेवा विस्तार गर्नबारे सम्झौता भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयमा आयोजित कार्यक्रममा मन्त्री मोहनबहादुर बस्नेतको उपस्थितिमा नेपाल आँखा कार्यक्रम, तिलगङ्गा आँखा प्रतिष्ठान र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानबीच समझदारीपत्रमा हस्ताक्षर भएको हो । समझदारीपत्रमा कर्णाली प्रदेशका