Trending
>>   हात देऊ प्रिय >>   जर्मनीमा कांग्रेसको निर्वाचन प्रचार समिति >>   यसकारण कांग्रेसलाई तपाईंको मन र मत >>   नेपाली र भारतीय फिल्मका चर्चित अभिनेता सुनिल थापाको निधन >>   प्रभु बैंकको सीईओमा सुमन शर्मा, शेरचनले दिए राजीनामा >>   डिजिटल नागरिकता सेवामा काभ्रेपलाञ्चोक अगाडि :वडा तहबाटै अनलाइन सिफारिस सफल >>   भरतपुरको राधापुर नहरमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु >>   प्रतिनिधिसभा निर्वाचन मितव्ययी बनाउने आयोगको रणनीति >>   लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा >>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त
Logo
२६ माघ २०८२, सोमबार
२६ माघ २०८२, सोमबार

नेविसंघले भोली बालुवाटार घेर्ने


९ भदाै, काठमाडाैँ । नेपाल विद्यार्थी संघले बालुवाटार घेराउ गर्ने भएको छ । इन्जिनियरिङ अध्ययन संस्थानले स्नातक तहमा गरको शुल्क वृद्धिको विरोधमा नेविसंघले आइबार ‘वालुवाटार घेराउ कार्यक्रम’ गर्ने भएको हो ।

एक विज्ञप्ती जारी गर्दै नेविसंघले भनेको छ, ‘ सर्वसुलभ उच्च शिक्षा सम्पूर्ण नागरिकको नैसर्गिक अधिकार हो भने सर्वसुलभ एवम् गुणस्तरीय शिक्षा राज्यको दायित्व पनि हो । इन्जिनियरिङ शिक्षा महँगो हुँदा गरिबी तथा जेहेन्दार विद्यार्थीहरू वञ्चित हुने हुँदा शुल्क वृद्धिको निर्णय निन्दनीय छ । साथै, ५ दिनदेखि आमरण अनसन बसेका विद्यार्थी नेता सुलभ चापागाइँको जीवन रक्षाका निम्ति सम्पूर्ण सरोकारवाला निकायसँग हार्दिक अपिल गर्दछाैँ ।’

नेविसंघले शिक्षालाई अन्तर्राष्ट्रियस्तरमा परिणत गर्नुपर्ने आवश्यकतालाई मध्यनजर गर्दै विभिन्न मागहरू समेत राखेको छ ।


प्रकाशित मिति: ९ भाद्र २०८०, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?