२५ ,श्रावण ,कञ्चनपुर । परराष्ट्रमन्त्री एनपी साउदले आरक्षपीडित र भूमिहीनको समस्या समाधाना गम्भीर भएर काम गरिरहेको बताएका छन्। नेपाली कांग्रेसको कृष्णपुर नगर सम्मेलनमा बोल्दै परराष्ट्रमन्त्री साउदले आफूले प्रतबद्धता गरे अनुसार आरक्षपीडित र भूमिहीनको समस्या समाधानको लागि काम गरिरहेको बताएका हुन्। नेपाली कांग्रेसका केन्द्रीय सदस्यसमेत रहेका मन्त्री साउदले राज्यले विभिन्न समयमा
२५ ,श्रावण ,काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रपति रामचन्द्र पौडेलसँग भेट गरेका छन् । भेटमा उनिहरूबीच समसामयिक राजनीतिका विषयमा छलफल भएको राष्ट्रपति पौडेलका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिए । प्रधानमन्त्री दाहाल आज साँझ नियमित भेटघाटका क्रममा राष्ट्रपति कार्यालय पुगेका थिए । भेटमा प्रधानमन्त्री दाहालले राष्ट्रपतिसमक्ष विश्व खाद्य कार्यक्रमबारे
२५ ,श्रावण ,काठमाडौँ । उपराष्ट्रपति रामसहायप्रसाद यादव यही साउन २९ गते मित्रराष्ट्र जनवादी गणतन्त्र चीनको भ्रमणमा जाने भएका छन् । परराष्ट्र मन्त्रालयका अनुसार चीनको कुनमिङ्ग सहरमा यही साउन ३१ देखि भदौ ३ गतेसम्म आयोजना हुने सातौँ ‘चाइना साउथ एसिया एक्सपोजिन चाइना इम्पोर्ट एन्ड एक्सपोर्ट फेयर’मा सहभागी हुन उपराष्ट्रपति त्यसतर्फ जान
२५ ,श्रावण ,गण्डकी । बिजनेस नभएपछि आज दिउँसो १ः०० बजे बस्ने भनिएको गण्डकी प्रदेशसभा बैठक यही साउन २९ गतेसम्मका लागि स्थगन भएको छ । विशेष कारण जनाउँदै सूचना टाँसेर बैठक स्थगन गरिएको प्रदेशसभा सचिवालयले जनाएको छ । बैठकको कार्यसूची तय गर्न बसेको कार्यव्यवस्था परामर्श समितिको बैठक बिनानिष्कर्ष टुङ्गिएको थियो ।
२५ ,श्रावण ,काठमाडौँ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय एकताले मात्र मुलुकको रक्षा र विकास हुने बताएका छन् । लोकतान्त्रिक आदिवासी जनजाति महासङ्घ नेपालले आज ललितपुर, च्यासलस्थित एमाले पार्टी मुख्यालयमा २९औँ विश्व आदिवासी दिवसका अवसरमा आयोजना गरेको कार्यक्रममा उनले राष्ट्रिय एकताबाट देश अगाडि बढ्ने र समृद्ध नेपाल सुखी
२५ ,श्रावण ,काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलसँग नेपालका लागि साउदी अरेबियाका राजदूत साद अबुहैमेदले शिष्टाचार भेट गरेका छन् । राष्ट्रपति निवासमा आज उनिहरूबीच भेटवार्ता भएको हो । सो अवसरमा उनिहरूबीच दुई देशबीचको सम्बन्ध, आपसी हित र चासोका विषयमा कुराकानी भएको राष्ट्रपति कार्यालयले जनाएको छ । राष्ट्रपति पौडेलले साउदी सरकारले नेपालको
२५ श्रावण, काठमाडाैँ । नेपाली कांग्रेसका सांसद सुनिल शर्मा पक्राउ परेका छन् । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले सांसद शर्मालाई पक्राउ गरेको हो । उनलाई काठमाडौँबाट बिहीबार दिउँसो नियन्त्रणमा लिइएको प्रहरीले जानकारी दिइएको छ ।
२५ श्रावण, काठमाडाैँ । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले पार्टीलाई समयानुसार परिवर्तन गर्दै लैजानुपर्ने बताएका छन् । नेपाली कांग्रेस काठमाडौँ क्षेत्र नं १ प्रदेश (ख) र वडा नं ३१ ले आज यहाँ आयोजना गरेको ‘संयुक्त सम्मेलन’लाई आज उद्घाटन गर्दै उनले पार्टीलाई समय र परिस्थिति अनुसार परिवर्तन गर्दै लैजानुपर्ने बताए ।
२५ श्रावण, काठमाडाैँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र विभागीय मन्त्रीबीच सरकारको चालु आवको वार्षिक नीति तथा कार्यक्रम र बजेट कार्यान्वयनका सम्बन्धमा कार्यसम्पादन सम्झौता भएको छ । सिंहदरबारस्थित प्रधानमन्त्री तथा प्रधानमन्त्री कार्यालयमा आज आयोजित कार्यक्रममा प्रधानमन्त्री दाहाल र २१ मन्त्रालयका विभागीय मन्त्रीबीच कार्यसम्पादन सम्झौता भएको हो । प्रधानमन्त्री दाहालले विभिन्न समयमा
२५ श्रावण, काठमाडाैँ । कानुन, न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरूङ अस्पताल भर्ना भएका छन् । स्वास्थ्यमा समस्या देखिएपछि उनी मनमोहन कार्डियोथेरासिस एन्ड ट्रान्सप्लान्ट सेन्टरमा भर्ना भएका हुन् । मन्त्री गुरूङको ब्लड प्रेसर लो भएको छ । अहिले उनको थप परीक्षण भइरहेको जानकारी दिइएको छ ।