२६ भदाै, काठमाडाैँ। नेकपा (एमाले) ले पार्टी उपाध्यक्ष तथा संविधान सभा अध्यक्ष सुवासचन्द्र नेम्वाङको निधनमा सबै कार्यालयको झण्डा तीन दिनसम्म झुकाउने निर्णय गरेको छ ।
ललितपुरको च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा मङ्गलबार बिहान आकस्मिक बसेको एमाले सचिवालय बैठकले सो निर्णय गरेको नेता प्रदीप ज्ञवालीले जानकारी दिए ।
नेता ज्ञवालीका अनुसार देशका सबै पार्टी कार्यालय, प्रदेश र इलाममा पार्टीको झण्डा तीन दिनसम्म झुकाइने छ ।
प्रकाशित मिति: २६ भाद्र २०८०, मंगलवार