१६ चैत्र, चितवन। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशमा राजनीतिक स्थायित्वको आधार बन्दै गएको बताएका छन् । भरतपुर विमानस्थलको नयाँ टर्मिनल भवन तथा विमानस्थल विस्तार शिलान्यास गर्दै उनले अब देशमा राजनीतिक स्थायित्व कायम हुने बताए । नेपालको राजनीतिक स्थायित्वलाई नयाँ गति दिने सङ्कल्पसहित आफू प्रधानमन्त्री पदको जिम्मेवारीमा रहेको उनको भनाइ थियो
१६ चैत्र, काठमाडाैँ । राष्ट्रपति रामचन्द्र पाैडेलको राजनीतिक सल्लाहकारमा कांग्रेसका नेता सुनिल थापा नियुक्त भएका छन् । उनी कांग्रेसका पूर्वसहमहामन्त्री समेत हुन् । अहिले उनी पार्टीको केन्द्रीय कार्यसम्पादन समिति सदस्य रहेका छन् । उनी गत निर्वाचनमा धनकुटाबाट निर्वाचनमा उठेका थिए । तर, एमालेका राजेन्द्र राईसँग उनी पराजित भएका थिए । राष्ट्रपतिको
१६ चैत्र, काठमाडाैँ । लोकतान्त्रि समाजवादी पार्टी(लोसपा)बाट शरतसिंह भण्डारी मन्त्री बन्ने भएका छन्। १० दलीय गठबन्धनमा रहेको लोसपाको भागमा पनि मन्त्रालय परेसँगै भण्डारी मन्त्री बन्ने भएका हुन् । लोसपाको भागमा श्रम मन्त्रालय परेको बताइएको छ । उनी गत पुस ४ गते भएको निर्वाचनमा महोत्तरीबाट निर्वाचित भएका थिए ।
१६ चैत्र, काठमाडाैँ । सांसदहरुले मिटरब्याजी पीडितको समस्या समाधान गर्न सरकारको ध्यानाकर्षण गराएका छन् । राष्ट्रियसभाको आजको बैठकको शून्य समयमा सांसद जगप्रसाद शर्माले मिटरब्याजी पीडितको समस्या समाधानका लागि सरकारले आवश्यक कानुन बनाउने कार्य स्वागत योग्य रहेको भन्दै पीडितहरुसँग तत्काल वार्ता गरी समाधान खोज्न आग्रह गरे । सरकारले मिटरब्याजलाई अपराध मान्दै
१६ चैत्र, एजेन्सी। रानी क्यामिलाका साथ जर्मनीको तीनदिने राजकीय भ्रमणमा रहेका बेलायतका राजा चाल्र्स तृतीयले आज जर्मनीको सङ्घीय संसद् बुन्डेस्टागमा सम्बोधन गर्दै छन् । बेलायतको राजसिंहासन सम्हालेपछि भएको उनको यो पहिलो विदेश भ्रमणमा हो । बेलायत नरेशका रुपमा जर्मन संसद्लाई उनि पहिलोपटक सम्बोधन गर्दैछन् । त्यसअघि उनले चान्सलर ओलाफ स्कोल्जसँग
१६ चैत, काठमाडाैँ । नेपाली कांग्रेसले वैशाख १० गते हुने उपनिर्वाचनका लागि उम्मेदवारको नाम टुंग्याएको छ । बिहीबार पार्टी कार्यालयमा बसेको कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको तनहुँ १ र चितवन २ का लागि उम्मेदवारको नाम फाइनल गरेको हो । केन्द्रीय सदस्य अर्जुननरसिंह केसीले दिएको जानकारी अनुसार तनहुँ १ मा केन्द्रीय सदस्य
१६ चैत्र, काठमाडाैँ । मन्त्रिपरिषद् विस्तारलगायत विषयमा सत्ता साझेदार दलहरुबीच आज बिहान छलफल भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफलमा आज साँझसम्म मन्त्रिपरिषद् विस्तार गर्ने विषयमा शीर्ष नेताहरुबीच सहमति भएको जनता समाजवादी पार्टी नेपालका नेता राजेन्द्र श्रेष्ठले जानकारी दिए । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ गृह जिल्ला चितवन जानुभएकाले छलफल पुनः
१६ चैत्र, काठमाडाैँ । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले आफु पनि आन्दोलनमा उत्रिने चेतावनी दिएका छन् । सरकारले धरान खानेपानी आयोजनाको ऋण मिनाहा नगरे आन्दोलनमा उत्रिने चेतावनी साम्पाङले दिएका हुन् । उनले ऋण मिनाहाका लागि पटक-पटक सम्बन्धित मन्त्रालयलाई अनुरोध गरे पनि सुनुवाइ नभएको बताएका छन् । धरानमा सरकारले एसियाली विकास बैंक
१६ चैत्र, एजेन्सी। बेलायतले शरणार्थीलाई अस्थायी रूपमा अप्रयुक्त सैन्य अखडामा राख्ने बताएको छ । होटलको बिल घटाउनका लागि बेलायतले शरणार्थीलाई अस्थायी रूपमा अप्रयुक्त सैन्य अखडामा राख्ने र भविष्यमा डुङ्गा तथा बार्जको प्रयोग गर्न सक्ने बेलायतका अध्यागमनमन्त्री रोबर्ट जेनरिकले बताएका छन् । उनले दक्षिणपूर्वी र पूर्वी इङ्ल्यान्डका दुई पूर्व ‘रोयल एयर फोर्स’
१६ चैत्र, काठमाडाैँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड चितवन पुगेका छन् । बालुाटारमा चलिरहेको सत्ता गठबन्धनको बैठक तत्कालका लागि टुंग्याएर हेलिकप्टरबाट चितवन पुगेका हुन् । चितवनमा विमानस्थल भवनको शिलान्यासका लागि उनी बालुवाटारबाटै हेलिकप्टरमार्फत चितवन गएका हुन् । प्रचण्ड फर्किएपछि गठबन्धनको बैठक पुनः बस्ने भएक छ । मन्त्रिमण्ड विस्तारका लागि बसिरहेको बैठकले