Trending
>>   गएको साता ८७ अंकले बढेको नेप्सेको यो साता कस्तो रहला ? >>   सम्पती धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍योः राष्ट्र बैंक >>   नेपाल शक्ति राष्ट्रको प्रतिष्पर्धाको ‘भिक्टिम’ बन्नु हुँदैन:पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी >>   संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल >>   संविधान केवल कानूनी दस्तावेज र शब्दहरूको संग्रह होइनः प्रदेश प्रमुख देवकोटा >>   मुलुकमा भ्रष्टाचार र दण्डहिनताको जरा गहिरो छः प्रधानमन्त्री बालेन्द्र शाह >>   शहीदहरुको रगतले लेखेको संविधान कामबाट पूरा गर्छौंः प्रधानमन्त्री बालेन्द्र शाह >>   गत भदौको उपद्रवमा कसको संलग्नता थियो, खुल्दै गएको छ : ओली >>   बालेनलाई विश्वप्रकाशको सुझावः जलावयु विपद्बारे दूरदर्शी राजनीतिज्ञको रूपमा सिङ्गो संसारकै प्रतिनिधित्व गर्नुस् >>   शंकर पोखरेलको टिप्पणी–‘दलहरुसँगको संवाद प्रधानमन्त्रीका लागि एकादेशको कथा बन्यो’
Logo
५ आश्विन २०८३, सोमबार
५ आश्विन २०८३, सोमबार

सुदूरपश्चिम प्रदेशसभा : भूकम्प प्रभावित क्षेत्रमा राहत उपलब्ध गराउन माग


१८ ,असोज ,सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेशसभाका सदस्यहरुले भूकम्पबाट प्रभावित क्षेत्रमा तत्काल राहत, उद्धार र पुनःस्थापनाको काम अघि बढाउन सरकारको ध्यानाकर्षण गराएका छन् ।

हिजो बसेको प्रदेशसभा बैठकको शून्य समयमो प्रदेशसभाका अधिकांश सदस्यले भूकम्पमा परी मृत्यु हुनेप्रति श्रद्धाञ्जली व्यक्त गर्दै घाइतेको उपचार व्यवस्थापनका साथै प्रभावितको पुनःस्थापनमा ध्यान दिन माग गरे ।

मङ्गलबार बझाङ जिल्लामा गएको भूकम्पका कारण एक जनाको मृत्यु भएको छ भने २७ व्यक्ति घाइते भएका छन् । धेरै सरकारी र निजी भवन संरचनामा क्षति पुगेको छ ।

प्रदेशसभाका सदस्यले हालको अवस्थामा देखिएको आर्थिक मन्दीलाई महसुस गरेर कतिपय क्षेत्रमा अस्वाभाविकरुपमा लगाइएको करको दरमा पुनःविचार गर्न, सिकलसेल एनिमिया रोगीको प्रभावकारी उपचार व्यवस्थापन गर्न, किसानका समस्या समाधानमा ध्यान र बढ्दै गएको महँगी नियन्त्रण गर्न पनि ध्यानाकर्षण गराए ।

शून्य समयमा प्रदेशसभा सदस्य अक्कलबहादुर रावल, खुशीराम डगौरा चौधरी, गीताकुमारी चौधरी, वीरबहादुर थापा, मानबहादुर रावल, लक्ष्मी विक, सन्तोषकुमारी शर्मा थापा, सरस्वती खड्का, जुनाकुमारी दानी र हिरा सार्कीले भाग लिएका थिए ।

बैठकमा भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री रामेश्वर चौधरीले सार्वजनिक लिखत प्रमाणीकरण कार्यविधि ऐन, २०७५ लाई संशोधन गर्न बनेको विधेयक सभासमक्ष टेबुल गरे ।


प्रकाशित मिति: १८ आश्विन २०८०, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?