Trending
>>   पुस १२ गतेभित्र राष्ट्रिय सभा बैठक बोलाउँछौँः नारायणप्रसाद दाहाल >>   सडक पीडित श्रेष्ठ भन्छन् – हामी सुकुम्वासी हुने भयौँ >>   फागुन २१ मा निर्वाचन नभए सरकारको औचित्य समाप्त हुन्छः वर्षमान पुन >>   नेपाल आउने भारतीय र भारत जाने नेपालीले प्रतिव्यक्ति भा.रु. २५ हजारसम्म बोक्न पाउने >>   एपिएफ फाइनलनजिक >>   रोजगारी सिर्जना र विदेशी मुद्रा आर्जनमा हस्तकला व्यवसायको भुमिका महत्वपूर्णः मन्त्री सिन्हा >>   चिसोलाई चुनौती: जाडोमा स्वस्थ रहने ५ प्रभावकारी उपाय >>   विधान संशोधन गरी १० औँ महाधिवेशनकै कमिटीमा फर्कियो एमाले, युवाका लागि छुट्यायो क्लस्टर >>   मौलिक खाना प्रवर्द्धन गर्न खाद्य मेला >>   एमालेले वरिष्ठ उपाध्यक्ष पद हटायो, उपाध्यक्ष पाँच जना रहने
Logo
२ पुष २०८२, बुधबार
२ पुष २०८२, बुधबार

सुदूरपश्चिम प्रदेशसभा : भूकम्प प्रभावित क्षेत्रमा राहत उपलब्ध गराउन माग


१८ ,असोज ,सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेशसभाका सदस्यहरुले भूकम्पबाट प्रभावित क्षेत्रमा तत्काल राहत, उद्धार र पुनःस्थापनाको काम अघि बढाउन सरकारको ध्यानाकर्षण गराएका छन् ।

हिजो बसेको प्रदेशसभा बैठकको शून्य समयमो प्रदेशसभाका अधिकांश सदस्यले भूकम्पमा परी मृत्यु हुनेप्रति श्रद्धाञ्जली व्यक्त गर्दै घाइतेको उपचार व्यवस्थापनका साथै प्रभावितको पुनःस्थापनमा ध्यान दिन माग गरे ।

मङ्गलबार बझाङ जिल्लामा गएको भूकम्पका कारण एक जनाको मृत्यु भएको छ भने २७ व्यक्ति घाइते भएका छन् । धेरै सरकारी र निजी भवन संरचनामा क्षति पुगेको छ ।

प्रदेशसभाका सदस्यले हालको अवस्थामा देखिएको आर्थिक मन्दीलाई महसुस गरेर कतिपय क्षेत्रमा अस्वाभाविकरुपमा लगाइएको करको दरमा पुनःविचार गर्न, सिकलसेल एनिमिया रोगीको प्रभावकारी उपचार व्यवस्थापन गर्न, किसानका समस्या समाधानमा ध्यान र बढ्दै गएको महँगी नियन्त्रण गर्न पनि ध्यानाकर्षण गराए ।

शून्य समयमा प्रदेशसभा सदस्य अक्कलबहादुर रावल, खुशीराम डगौरा चौधरी, गीताकुमारी चौधरी, वीरबहादुर थापा, मानबहादुर रावल, लक्ष्मी विक, सन्तोषकुमारी शर्मा थापा, सरस्वती खड्का, जुनाकुमारी दानी र हिरा सार्कीले भाग लिएका थिए ।

बैठकमा भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री रामेश्वर चौधरीले सार्वजनिक लिखत प्रमाणीकरण कार्यविधि ऐन, २०७५ लाई संशोधन गर्न बनेको विधेयक सभासमक्ष टेबुल गरे ।


प्रकाशित मिति: १८ आश्विन २०८०, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?