२२ भदाै, काठमाडाैँ । नेकपा (एकीकृत समाजवादी)ले आगामी असोज १४ गतेदेखि २९ गतेसम्म मेची–महाकाली राष्ट्रिय अभियान सुरु गर्ने भएको छ । मुलुकमा विकसित राष्ट्रिय राजनीतिकाबारे जनतालाई जानकारी गराउने उद्देश्य रहेको सो अभियान असोज १४ मेचीबाट सुरु भइ असोज २९ गते महाकालीमा पुगेर सम्पन्न हुने छ । अभियानका क्रममा समाजवादी अर्थव्यवस्था कार्यान्वयनमा
२२ ,भाद्र ,काठमाडौँ । तत्कालीन प्रधानमन्त्री टङ्कप्रसाद आचार्यले २०१३ भदौ २२ गते निजामती ऐन ल्याएको दिन पारेर हरेक वर्ष आजकै दिन देशभरि विभिन्न कार्यक्रम गर्दै निजामती सेवा दिवस मनाउने गरिन्छ । निजामती सेवाको आदर्श र अस्तित्व राज्यसँग प्रत्यक्ष जोडिएको हुन्छ र राज्यले आफ्ना नागरिकलाई आफ्नो उपस्थिति र न्यायमा आधारित प्रशासनको
२२ ,भाद्र ,मनहरी (मकवानपुर) । बागमती प्रदेशका प्रदेश प्रमुख यादवचन्द्र शर्माले प्रकृतिपूजक चेपाङ समुदायको महत्त्वपूर्ण पर्व छोनाम अर्थात् न्वागीका अवसरमा बागमती प्रदेश तथा देशका विभिन्न जिल्लामा बसोबास गर्ने चेपाङ दाजुभाइ, दिदीबहिनी तथा सम्पूर्ण नेपालीमा शुभकामना व्यक्त गरेका छन् । उनले आज यहाँ शुभकामना सन्देश जारी गर्दै नयाँ अन्न खाने दिनका
२१ ,भाद्र ,काठमाडौँ । उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले राष्ट्रिय सुरक्षाजस्तो संवेदनशील एवं गहन विषयमा नेपाली सेनाको रणनीतिक तहमा सञ्चालन हुने अन्तरक्रियाले समग्र राष्ट्रको सुरक्षा अवस्था र वर्तमान चुनौतीको पहिचान हुने बताएका छन् । सैनिक मुख्यालय जङ्गी अड्डामा सुरु भएको दुई दिने पृतना समन्वयात्मक बैठकलाई सम्बोधन गर्दै उहाँले राष्ट्रिय सुरक्षाको
२१ ,भाद्र ,काठमाडौँ । मुख्यसचिव डा वैकुण्ठ अर्यालले निजामती सेवालाई प्रविधिमैत्री बनाउँदै लैजानु पर्ने आवश्यकता रहेको बताएका छन् । सार्वजनिक सेवा प्रवाहलाई चुस्तदुरुस्त एवं प्रभावकारी बनाउन प्रविधिको प्रयोगमा जोड दिनुपर्ने उनको भनाइ छ । रासससँग कुराकानी गर्दै मुख्यसचिव डा अर्यालले निजामती सेवाको परम्परागत कामको तौरतरिकालाई आधुनिकीकरण गर्दै लैजान प्रविधिको प्रयोगमा
२१ ,भाद्र ,पाटन (ललितपुर) । पूर्वउपप्रधानमन्त्री एवं नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले देशलाई आर्थिक क्रान्तिको मार्गमा अगाडि बढाउन नेपाली कांग्रेसको महत्त्वपूर्ण भूमिका हुने बताएका छन् । ललितपुरको गोदावरी नगरपालिका वडा नं ११ स्थित चापागाउँको प्याङ्गाउँमा आज आयोजित वीर गणेशमान सिंह स्मृति पाँचौँ राष्ट्रिय किक बक्सिङ प्रतियोगिताको उद्घाटन समारोहमा नेता सिंहले
२१ ,भाद्र ,काठमाडौँ । ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले महाकाली नदी नियन्त्रण कार्यालय तत्काल स्थानान्तरण गर्ने सोचमा सरकार नरहेको बताएक छन् । उनले सरकारले सुदूरपश्चिम प्रदेशका बझाङ, बैतडी र डडेल्धुरा जिल्लाका विभिन्न नदी नियन्त्रणका लागि गम्भीर र दत्तचित्त भएर लागि परेको बताए । प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरूले राख्नुभएको जिज्ञासाको
२१ ,भाद्र ,काठमाडौँ । “राष्ट्रिय महिला आयोगको पन्ध्रौँ वार्षिक प्रतिवेदन (२०७८ साउनदेखि २०७९ असार मसान्तसम्म) प्रतिनिधिसभामा पेश गरिएको छ । प्रतिनिधिसभाको आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को तर्फबाट ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले सो प्रतिवेदन पेश गरेका हुन् । उनले नेपालको संविधानको धारा २९४ को उपधारा (१) बमोजिम
२१ ,भाद्र ,काठमाडौँ । सरकारले सङ्घीय निजामती सेवाको गठन, सञ्चालन र सेवाको शर्तसम्बन्धी विधेयक, २०८० सङ्घीय संसद्मा पेस गर्ने निर्णय गरेको छ । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज बसेको मन्त्रिपरिषद्को बैठकले सङ्घीय शिक्षा ऐनसम्बन्धी विधेयक, २०८० सङ्घीय संसद्मा पेस गर्ने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी
२१ ,भाद्र ,काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अन्तर्राष्ट्रियरूपमा हुने सङ्गठित तथा साइबर अपराध र आतङ्कवादको वृद्धिका कारण विश्वले सुरक्षा चुनौतीको सामना गरिरहेको जनाउँदै त्यसका लागि आपसी समन्वय आवश्यक रहेको बताएका छन् । ‘अन्तर्राष्ट्रिय प्रहरी सहकारिता दिवस तथा इन्टरपोलको १००औँ वार्षिकोत्सव’का अवसरमा आज काठमाडौँमा नेपाल प्रहरीले आयोजना गरेको समारोहलाई सम्बोधन