Trending
>>   दिनेशको उत्कृष्ट बलिङमा पुलिस विजयी >>   ‘शिक्षाभन्दा खेलकुद पहिलो’: खेलकुद मन्त्रालय अलग बनाउन सांसद लामिछानेको प्रश्ताव >>   ‘काँग्रेसमा ए टु जेड सबै खुइलिएका छन्, दम्भ त्यागेर एकताको बाटो रोजौँ’: वीरबहादुर बलायर >>   भृकुटीमण्डपमा तेस्रो नेशनल हर्टिकल्चर एक्स्पो हुँदै >>   पूर्वप्रधानमन्त्री र पूर्वगृहमन्त्रीको गिरफ्तारीमा राज्यले विधि र प्रक्रिया मिच्योः नेता पाण्डे >>   सर्वोच्चको फैसला नआउन्जेलसम्म खड्का–कोईराला पक्षले गगनलाई सभापति नमान्ने >>   खेलकुदलाई विद्यालयको पाठ्यक्रममै जोड्ने शिक्षामन्त्री पोखरेलको घोषणा >>   सहकारी पीडितको वचत फिर्तामा सरकार संवेदनशील, १ लाख मुनिकालाई प्राथमिकता >>   सरकारद्वारा चैत १९ मा संघीय संसदको अधिवेशन आह्वान गर्न सिफारिस, संविधान संशोधनका लागि कार्यदल गठन >>   सांसदहरुलाई पूर्णबहादुर खड्काले भने–‘संविधान संशोधनको मुद्दा उठेको छ, ख्याल गर्नुहोला’
Logo
१८ चैत्र २०८२, बुधबार
१८ चैत्र २०८२, बुधबार

उपराष्ट्रपति यादवद्वारा विश्व हात धुने दिवसको शुभकामना


२८ ,असोज ,काठमाडौँ । उपराष्ट्रपति रामसहायप्रसाद यादवले ‘विश्व हात धुने दिवस’, २०२३ को अवसरमा सम्पूर्ण नेपालीमा स्वच्छ र स्वस्थ जीवनका लागि शुभकामना व्यक्त गर्नुभएको छ । सन् २००८ यता विश्वभर हरेक वर्ष अक्टोबर १५ मा यो दिवस मनाइन्छ ।

उहाँले शुभकामना सन्देशमार्फत साबुनपानीले हात धुँदा पखाला र निमोनियाको जोखिम कम हुनुका साथै गम्भीर रोग र अनाहकमा मुत्यु हुनबाट पनि जोगाउन सहयोग पुग्ने उल्लेख गर्नुभएको छ । साबुनपानीले हात धुँदा इन्फ्लुएन्जा र कोभिड–१९ लगायत अन्य सङ्क्रमण र भाइरसको विस्तारलाई पनि रोक्ने उनले बताए ।

यो दिवस विश्वभरका मानिसलाई हात धुने बानीमा सुधारका लागि उत्प्रेरित र परिचालन गर्ने एउटा अन्तर्राष्ट्रिय अभियानका रूपमा घोषणा गरिएको हो । सन् २००८ मा पहिलोपटक विश्वभर हात धुने दिवस मनाइएको थियो । जीवाणु (ब्याक्टेरिया) र विषाणु (भाइरस) जन्य रोग लाग्नबाट रोक्ने र जीवन बचाउने सजिलो, प्रभावकारी र किफायती तरिका साबुनपानीले हात धुनु हो ।

साबुनपानीले हात धुँदा कीटाणुहरूबाट मुक्ति पाउनुका साथै आफूलाई र आफ्ना वरपरका मानिसलाई बिरामी हुनबाट जोगाउँदछ । खाना पकाउनुअघि र पछि, खाना खानुअघि र पछि, शौचालय गएपछि, नाक–मुख–आँखा छोएपछि, खोक्दा वा हाछयुँ गर्दा हातले छोपेपछि हात धुने स्वस्थ बानी सबैले बसाल्न जरुरी रहेको उनले उल्लेख गरेका छन् ।

उपराष्ट्रपति यादवले अधिकांश अवस्थामा सङ्क्रमण मानिसको हातकै माध्यमबाट हुने गरेको उल्लेख गर्दै एक व्यक्तिबाट अर्कोमा विषाणु सर्ने प्रमुख माध्यम पनि हात नै भएकाले विद्यालय, कार्यालय, सार्वजनिकस्थल, यातायात, चर्पीआदिको प्रयोग गरेपछि साबुनपानीले राम्ररी हात सफा गर्नुपर्ने बताएका छन् । यो दिवसलाई साबुनपानीले हातधुने बानी बसाल्ने प्रण र सङ्कल्प लिने दिवसका रूपमा सबैले लिनुपर्ने उनको भनाइ छ ।


प्रकाशित मिति: २८ आश्विन २०८०, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?