२१ श्रावण, काठमाडाैँ । नेपाल सरकार अर्थ मन्त्रालय र अमेरिकी सरकारअन्तर्गतको मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी) बीच छ वर्षअघि भएको मिलेनियम च्यालेन्ज सम्झौता (कम्प्याक्ट) पूर्णरुपमा लागू हुने अवस्था (इन्ट्रि इनटु फोर्स–ईआइएफ)को चरणमा पुगेको छ । आगामी भदौमा ईआइएफ मिति घोषणा गर्न लागिएको मिलेनियम च्यालेन्ज एकाउन्ट नेपाल विकास समिति (एमसीए–नेपाल) ले जनाएको छ
२१ श्रावण, ताप्लेजुङ । सरकारले खाना पकाउने एलपी ग्यासको मूल्य घटाए पनि ताप्लेजुङमा भने पुरानै मूल्यमा बिक्री गरिँदै आएको छ । सरकारले छोटो अवधिमै ग्यासको मूल्य दुई पटकसम्म घटाए पनि यहाँका व्यापारीले पुरानै मूल्यमा बिक्री गरिरहेका हुन् । सरदरमुकाम फुङ्लिङ बजारका स्थानीय व्यापारीले पुरानै मूल्यमा ग्यास बिक्री गर्दै आएका कारण उपभोक्ताहरू
२१ श्रावण, काठमाडाैँ । नेपाली बजारमा आइतबार सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य तोलामा ३०० रुपैयाँले बढेको हो । यस दिन छापावाल सुन तोलाको एक लाख १२ हजार ५०० रुपैयाँमा कारोबार भएको छ । गएको शुक्रबार उक्त सुनको मूल्य तोलाको एक लाख १२ हजार २००
२१ श्रावण, एजेन्सी । स्वदेशी मुद्राको स्थिरताका लागि अफगानिस्तानले एक करोड ३० लाख अमेरिकी डलर बोलपत्र आह्वान गरी बिक्री गर्ने भएको छ । अफगानिस्तानको केन्द्रीय बैंक ‘दा अफगानिस्तान बैंक (डीएबी)’ ले विदेशी मुद्राको तुलनामा देशको राष्ट्रिय मुद्रा अफगानीलाई स्थिर राख्न आइतबार एक करोड ३० लाख अमेरिकी डलर लिलामीमा राख्ने घोषणा गरेको
२१ श्रावण, ललितपुर । ललितपुरको बुङ्मती क्षेत्रमा सात ठूला इँटा उद्योग सञ्चालनमा छन् । ती उद्योग छ महिना सञ्चालनमा हुन्छन् भने छ महिना वर्षात्का कारण बन्द हुन्छन् । अहिले वर्षात्का कारण बुङ्मती क्षेत्रका सबै इँटा उद्योग बन्द अवस्थामा रहेका छन् । तीन वर्षअघिको इँटा अझै मौज्दात छ, बिक्री भएको छैन ।
२१ ,श्रावण ,म्याग्दी । म्याग्दीको बेनी नगरपालिकाले घरजग्गा भाडामा लगाएकाको लगत सङ्कलन गर्न थालेको छ । घरधनीलाई करको दायरामा ल्याउन नगरपालिका क्षेत्रमा निजी स्वामित्वमा रहेको घर तथा जग्गा भाडामा लगाएकाहरूको विवरण सङ्कलन गर्न थालेको हो । नगरपालिकाका कर अधिकृत प्रभा शर्माले आगामी भदौ २१ गतेभित्र वडा कार्यालयमा घर तथा जग्गा
२१ ,श्रावण ,बारा । उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालले बारा र पर्साका स्थानीय तहलाई कवाडीकरको नाममा कच्चा पदर्थमा समेत लगाइएको कर हटाउन आग्रह गरेका छन् । जितपुरसिमरा उद्योग वाणिज्य सङ्घको छैटौँ स्थापना दिवसका अवसरमा शनिबार बाराको जितपुरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले स्थानीय तहले यो कर नहटाए सङ्घीय सरकारले
२० ,श्रावण ,चितवन । यहाँको मनकामना अस्पतालमा उपचारका क्रममा एक महिलाको मृत्यु भएपछि परिवारलाई क्षतिपूर्ति दिइएको छ । अस्पतालले रु २७ लाख ५० हजार क्षतिपूर्ति दिएपछि परिवारले मृतकको शव उठाएका छन् । भरतपुर महानगरपालिका वडा नं २६ की ३५ वर्षीया नवीना महतोको उपचारका क्रममा शुक्रबार राति मृत्यु भएको थियो ।
२० श्रावण, झापा । झापाका चिया श्रमिकले ज्याला वृद्धि, सामाजिक सुरक्षा कोषमा आबद्ध गर्नुपर्नेलगायत माग राखेका छन् । चिया मजदुर आवद्ध सङ्गठनले सो मागसँगै आज काँकडभिट्टामा प्रदर्शनसमेत गरेका छन् । श्रमिकको न्यूनतम पारिश्रमिक तथा पत्ति डबली वृद्धि, रोजगार सम्झौता, योगदानमा आधारित सामाजिक सुरक्षालगायत व्यवस्था लागू गर्नुपर्ने कृृषि तथा बगान क्षेत्र श्रमिक
२० श्रावण, तनहुँ । तनहुँमा एक वर्षको अवधिमा रु २९ करोडको सुन्तला उत्पादन भएको छ । जिल्लामा उत्पादित अधिकांश सुन्तला जिल्ला बाहिर निर्यात भएको छ । आर्थिक वर्ष २०७९÷८० मा जिल्लामा नौ हजार छ सय ४५ मेट्रिक टन सुन्तला उत्पादन भएको कृषि ज्ञान केन्द्रले जनाएको छ । उक्त सुन्तला बिक्री गरेर