Trending
>>   आज मिति २०८२ साल मंसिर २७ गते शनिवार, हेर्नुहोस् आजको राशिफल >>   एमालेले विधान संशोधन नगर्ने, १५ पदाधिकारी र २५१ जनाको केन्द्रिय कमिटी रहने >>   ७६ हजार १७० पिस ट्रामाडोल लागुऔषधसहित वीरगञ्जबाट ४ जना पक्राउ >>   आम नागरिकलाई सुशासनको अनुभुति हुनेगरी काम गर्नेछुः नवनियुक्त श्रममन्त्री भण्डारी >>   एमाले महाधिवेशन प्रतिनिधिहरु सूर्यअंकित रातो ढाका टोपीमा सजिए >>   राजसंस्था जनमत संग्रहबाट होइन, सबैको सहमतिबाटै पुनःस्थापित गर्नुपर्छः राप्रपा >>   लैङ्गिक हिंसा न्युनिकरणको लागि एकीकृत कानून निर्माणको तयारीमा सरकार >>   निर्वाचन निर्वाध सम्पन्न गरी अहिलेको अवस्थालाई सहज निकास दिन आवश्यकः राष्ट्रपति >>   साहित्यले समाजको पथप्रर्दशकको काम गर्नुपर्दछः ओली >>   सशस्त्र प्रहरी प्रमुख अर्यालको तीन वर्षे उपलब्धिसँगै निर्वाचनलक्षित सुरक्षा रणनीति सार्वजनिक
Logo
२६ मंसिर २०८२, शुक्रबार
२६ मंसिर २०८२, शुक्रबार

व्यापारीले घटाएनन् ग्यासको मूल्य


२१ श्रावण, ताप्लेजुङ । सरकारले खाना पकाउने एलपी ग्यासको मूल्य घटाए पनि ताप्लेजुङमा भने पुरानै मूल्यमा बिक्री गरिँदै आएको छ । सरकारले छोटो अवधिमै ग्यासको मूल्य दुई पटकसम्म घटाए पनि यहाँका व्यापारीले पुरानै मूल्यमा बिक्री गरिरहेका हुन् ।

सरदरमुकाम फुङ्लिङ बजारका स्थानीय व्यापारीले पुरानै मूल्यमा ग्यास बिक्री गर्दै आएका कारण उपभोक्ताहरू मारमा परेका छन् । सरकारले ग्यासको मूल्य घटाउँदा केही सहुलियत मिलेको अनुभूत गरेको भए पनि व्यापारीले मूल्य नघटाउँदा आफूहरू मारमा परेको सर्वसाधारण उपभोक्ताको गुनासो छ ।

फुङ्लिङ बजारमा स्थानीय व्यापारीले ग्यास पुरानै मूल्य प्रतिसिलिन्डर दुई हजार १५० रुपियाँमा बिक्री गरिरहेका छन् । ग्यासको स्थानीय बजार मूल्य केन्द्रको भन्दा धेरै महँगो रहेको छ । ढुवानी खर्चका आधारमा ग्यास महँगोमा बिक्री गर्नुपर्ने अवस्था रहेको व्यापारी बताउँछन् ।

सरकारले पछिल्लो पटक गएको मङ्गलबार ग्यासको मूल्य प्रतिसिलिन्डर १३० रुपियाँ घटाएको छ । नेपाल आयल निगमले मूल्य घटाएपछि केन्द्रमा एउटा ग्यास सिलिन्डरको मूल्य एक हजार ६६० रुपैयाँ कायम भएको छ । त्यस्तै गत असार ३१ गते प्रतिसिलिन्डर १० रुपियाँ मूल्य घट्दा केन्द्रमा ग्यासको मूल्य प्रतिसिलिन्डर एक हजार ७९० रुपियाँ भएको थियो ।

निगमले दुई–दुई पटक ग्यासको मूल्य घटाए पनि ताप्लेजुङमा भने नघटाइएको अर्थात् पुरानो मूल्यमै बिक्री गरिँदै आएको हो । ढुवानी रकम केही वृद्धि भएकाले ग्यास पुरानै मूल्यमा बिक्री गर्दै आएको स्थानीय व्यापारी बताउँछन् ।

यता ग्यास सिलिन्डरको स्थानीय बजार मूल्य र हालको बिक्री वितरणको अवस्थाबारे जिल्ला बजार अनुगमन समिति बेखबर रहेको छ । समिति संयोजक एवम् सहायक प्रमुख जिल्ला अधिकारी टङ्कबहादुर भट्टराईले ग्यासको बिक्री मूल्यका सम्बन्धमा अहिलेसम्म कसैले कुनै जानकारी नदिएको बताए । यस विषयमा वास्तविकता बुझ्ने सहायक प्रजिअ भट्टराईको भनाइ छ ।


प्रकाशित मिति: २१ श्रावण २०८०, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?