Trending
>>   कार्यालय समयमा तलबसंगै भत्ता लिने व्यवस्था हटाऔँ- अमरेश कुमार सिंह >>   संवैधानिक पदाधिकारी र न्यायाधीशले सम्पती सार्वजनिक गर्नुपर्छ : सांसद यज्ञमणि न्यौपाने >>   न्यायपालिकामाथिको प्रहार लोकतन्त्रका लागि घातकः सांसद बराल >>   जेन–जी आन्दोलनका बन्दीलाई दशैँअघि रिहा गर्न सांसद सेञ्चुरीको माग >>   प्रश्तावित राजदुतहरूको संसदीय सुनुवाई प्रक्रिया शुरुः दशैँअगावै नियुक्ति टुंग्याउने समितिको तयारी >>   बैंकिङ क्षेत्र अर्थतन्त्रको मुटु हो, यसलाई होसियारीपूर्वक चलाउनुपर्छ : सिबिफिन अध्यक्ष उपाध्याय >>   सरुवा–बढुवाको विकृतिः सभामुखमार्फत महामन्त्री आचार्यले मागे ‘नातागोताको सराप’बाट मुक्ति >>   भन्सार अधिकृतको धम्कीपूर्ण अडियो प्रकरणः रास्वपा सांसद संग्रौलाद्वारा छानबिनको माग >>   राष्ट्रिय विधि विज्ञान प्रयोगशालालाई विश्वविद्यालय बनाउने बाटो नखोल्न मन्त्री पुनको चेतावनी >>   नयाँ विशेषता सहितको १ हजारको नोट आजदेखि चलनचल्तीमा
Logo
८ आश्विन २०८३, बिहीबार
८ आश्विन २०८३, बिहीबार

व्यापारीले घटाएनन् ग्यासको मूल्य


२१ श्रावण, ताप्लेजुङ । सरकारले खाना पकाउने एलपी ग्यासको मूल्य घटाए पनि ताप्लेजुङमा भने पुरानै मूल्यमा बिक्री गरिँदै आएको छ । सरकारले छोटो अवधिमै ग्यासको मूल्य दुई पटकसम्म घटाए पनि यहाँका व्यापारीले पुरानै मूल्यमा बिक्री गरिरहेका हुन् ।

सरदरमुकाम फुङ्लिङ बजारका स्थानीय व्यापारीले पुरानै मूल्यमा ग्यास बिक्री गर्दै आएका कारण उपभोक्ताहरू मारमा परेका छन् । सरकारले ग्यासको मूल्य घटाउँदा केही सहुलियत मिलेको अनुभूत गरेको भए पनि व्यापारीले मूल्य नघटाउँदा आफूहरू मारमा परेको सर्वसाधारण उपभोक्ताको गुनासो छ ।

फुङ्लिङ बजारमा स्थानीय व्यापारीले ग्यास पुरानै मूल्य प्रतिसिलिन्डर दुई हजार १५० रुपियाँमा बिक्री गरिरहेका छन् । ग्यासको स्थानीय बजार मूल्य केन्द्रको भन्दा धेरै महँगो रहेको छ । ढुवानी खर्चका आधारमा ग्यास महँगोमा बिक्री गर्नुपर्ने अवस्था रहेको व्यापारी बताउँछन् ।

सरकारले पछिल्लो पटक गएको मङ्गलबार ग्यासको मूल्य प्रतिसिलिन्डर १३० रुपियाँ घटाएको छ । नेपाल आयल निगमले मूल्य घटाएपछि केन्द्रमा एउटा ग्यास सिलिन्डरको मूल्य एक हजार ६६० रुपैयाँ कायम भएको छ । त्यस्तै गत असार ३१ गते प्रतिसिलिन्डर १० रुपियाँ मूल्य घट्दा केन्द्रमा ग्यासको मूल्य प्रतिसिलिन्डर एक हजार ७९० रुपियाँ भएको थियो ।

निगमले दुई–दुई पटक ग्यासको मूल्य घटाए पनि ताप्लेजुङमा भने नघटाइएको अर्थात् पुरानो मूल्यमै बिक्री गरिँदै आएको हो । ढुवानी रकम केही वृद्धि भएकाले ग्यास पुरानै मूल्यमा बिक्री गर्दै आएको स्थानीय व्यापारी बताउँछन् ।

यता ग्यास सिलिन्डरको स्थानीय बजार मूल्य र हालको बिक्री वितरणको अवस्थाबारे जिल्ला बजार अनुगमन समिति बेखबर रहेको छ । समिति संयोजक एवम् सहायक प्रमुख जिल्ला अधिकारी टङ्कबहादुर भट्टराईले ग्यासको बिक्री मूल्यका सम्बन्धमा अहिलेसम्म कसैले कुनै जानकारी नदिएको बताए । यस विषयमा वास्तविकता बुझ्ने सहायक प्रजिअ भट्टराईको भनाइ छ ।


प्रकाशित मिति: २१ श्रावण २०८०, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?