Trending
>>   शिक्षालाई मोर्डन प्रविधियुक्त र जीवन उपयोगी बनाउनुपर्छः प्रधानमन्त्री ओली >>   अनुदान र कानूनी सुधारमार्फत काठमा आत्मनिर्भरता खोज्दैछौँः मन्त्री ठकुरी >>   ‘नेपालजस्तो वन सम्पन्न देशमा विदेशी काठ आयात हुनु दुर्भाग्यपूर्ण’ >>   सदन सुचारु हुने/नहुने प्रतिपक्षको बैठक बसेपछि टुंगो लाग्छः अध्यक्ष दाहाल >>   संसदको अवरोध हटाउन बीचको उपाय खोज्नुपर्छः अध्यक्ष नेपाल >>   वागमती प्रदेश सभाको ‘अस्थायी’ भवन बनाउनै ५ वर्ष >>   एमसीसीको बजेटमा भारी कटौतीको संकेत >>   ‘सरकारलाई उद्योगको ताला बुझाएर, विदेश पलायन हुने स्थिति नआओस् : अध्यक्ष प्रदान >>   साझेदारी र कनेक्टिभीटी नेपाल भारत साझा समृद्धिका आधारः परराष्ट्रमन्त्री >>   अमेरिकाबाट नेपालमा धेरै लगानी भित्र्याउँः प्रधानमन्त्रीका आर्थिक सल्लाहकार खतिवडा
Logo
२९ जेष्ठ २०८२, बिहीबार
२९ जेष्ठ २०८२, बिहीबार

अर्थ/बाणिज्य


भूकम्प पीडितका लागि सात अर्ब युरो सहयोगको प्रतिबद्धता

७ चैत्र, एजेन्सी । टर्की र सिरियामा गएको विनाशकारी भूकम्पका पीडितहरूका लागि अन्तर्राष्ट्रिय दाताहरूले अहिलेका लागि कम्तीमा पनि सात अर्ब युरो सहयोग गर्ने बाचा गरेका छन् ।ती भूकम्प पीडितहरुका लागि सहयोग रकम जुटाउने उद्देश्यले युरोपेली सङ्घले ब्रसेल्समा आयोजना गरेको दाताहरुको सम्मेलनका क्रममा उनीहरुले सो प्रतिबद्धता व्यक्त गरेका बताइएको छ । सोमबार

बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ

७ चैत्र, काठमाडाैँ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो महाराजगञ्जबाट खटिएको प्रहरी टोलीले बैंकिङ कसुर मुद्दाका एक जना फरार प्रतिवादी पक्राउ गरेको छ । पक्राउपर्नेमा दोलखा भीमेश्वर नगरपालिका–१ चरिकोट घर भई हाल काठमाडौँस्थित बूढानीलकण्ठ नगरपालिका–१३ माइक्रोपार्क नजिकै बस्ने ४४ वर्षीय रमेशकुमार श्रेष्ठ रहेका छन् । उच्च अदालत पाटनको २०७९ पुस २९

मनाङ–मस्र्याङ्दी आयोजना निर्माणले लियो गति, बिपिसी र चिनियाँ साझेदारीमा अघि बढ्दै

७ चैत्र, मनाङ। १३५ मेगावाटको मनाङ–मस्र्याङ्दीजलविद्युत आयोजनाको निर्माणले गति पाएको छ। चिनियाँ साँझेदारीमा बुटबल पावर कम्पनी लिमिटेड (बिपिसी) अघि बढाएको आयोजनाले गति लिन सुरू गरेको हो । हिउँद सकिएसँगै मौसम अनुकूल भएपछि निर्माणले तीव्रता पाएको हो । कोरोना सङ्क्रमणका कारण ढिला गरी निर्माण थालिएको जलविद्युत आयोजनाको निर्माण पुस अन्तिम साताबाट

बढ्यो सुनचाँदीको मूल्य, कतिमा भइरहेको छ कारोबार ?

७ चैत्र, काठमाडाैँ । नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज ५०० रुपैयाँ बढेको छ। आज छापावाल सुन तोलामा एक लाख ९ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ। उक्त सुन सोमबार तोलामा एक लाख ९ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो। आज तेजाबी सुन तोलामा

अर्थतन्त्र सुधार्न राजनीतिक स्थिरता चाहिन्छ : प्रदेश प्रमुख गुरुङ

७ चैत्र ,गण्डकी। गण्डकी प्रदेशका प्रमुख पृथ्वीमान गुरुङले मुलुकको अर्थतन्त्र सुधार गर्न राजनीतिक स्थिरता आवश्यक रहेकामा जोड दिएका छन्‌ । सोमबार पोखरामा आयोजित नेपाल उद्योग वाणिज्य महासङ्घ गण्डकी प्रदेशको छैटौँ सम्मेलनलाई सम्बोधन गर्दै उनले राजनीतिक अस्थिरता भइरहे आर्थिक क्षेत्रले फड्को मार्न नसक्ने उल्लेख गरे । प्रदेश प्रमुख गुरुङले देशी–विदेशी लगानीकर्तालाई

पच्चीस लाखको अक्षयकोष स्थापना

६ चैत्र ,काठमाडौँ । ‘नेपाल प्रहरी–भक्तवीर सिंह तुलाधर फाउन्डेसन छात्रवृत्ति अक्षयकोष’ स्थापना गरिएको छ । नेपाल प्रहरी र भक्तवीर सिंह तुलाधर फाउन्डेसनबीच आज ‘नेपाल प्रहरी–भक्तवीर सिंह तुलाधर फाउन्डेसन छात्रवृत्ति अक्षयकोष’ स्थापना गर्नेसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको हो । प्रहरी प्रधान कार्यालयमा आज आयोजित कार्यक्रममा फाउन्डेसनका अध्यक्ष राजेशवीर सिंह तुलाधरले अक्षयकोष स्थापनाका

नेप्से परिसूचकमा दोहोरो अङ्कको वृद्धि

६ चैत्र, काठमाडाैँ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज दोहोरो अङ्कले उकालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक २२ दशमलव ६५ अङ्कले उकालो लागेर एक हजार नौ सय ४९ दशमलव शून्य छ मा पुगेको छ । ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक दुई

लक्ष्यअनुसार उठेन विमानस्थल भन्सार राजस्व

६ चैत्र, काठमाडाैँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयले चालु आर्थिक वर्षको आठ महिनामा करिब रू १२ अर्ब भन्सार राजस्व सङ्कलन गरेको छ । जुन लक्ष्यको ५२ दशमलव ०२ प्रतिशत हो । विमानस्थल भन्सार कार्यालयले चालु आवको फागुनसम्म रू १९ अर्ब ९५ करोड ५१ लाख ८१ हजार भन्सार उठाउने लक्ष्य लिएकोमा

आइतबार रेकर्ड ब्रेक गरेको सुनको मूल्य सोमबार ओरालो

६ चैत्र, काठमाडाैँ । नेपाली बजारमा सोमबार सुनको भाउ तोलामा ७०० रुपैयाँले घटेको छ । अघिल्लो दिन नयाँ रेकर्ड कायम गरेको सुनको भाउ साेमवार घटेको हो । नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाल सुन प्रतितोला ७०० रुपैयाँले घटेर १ लाख ९ हजार ३०० रुपैयाँ कायम भएको छ । यसअघि, आइतबार

नापतौलको अनुगमन: ठगी गर्नेलाई कारबाही

६ चैत्र, काठमाडाैँ । नेपाल गुणस्तर तथा नापतौल कार्यालय काठमाडौँले नापतौल यन्त्र प्रयोग गरी ठगी गर्ने सात हजार नौ सय ४४ व्यापारीलाई कारबाही गरेको छ । कार्यालयले चालु आर्थिक वर्षको आठ महिनामा अनियमितरुपमा नाप्ने तौलने यन्त्र प्रयोग गरी उपभोक्तालाई ठगी गर्ने झण्डै आठ हजार व्यापारीलाई कारबाही गरेको हो । पछिल्लो समय

सम्वन्धित समाचारहरु