Trending
>>   सत्ताको खोजीमा यी चार पूर्वप्रधानमन्त्रीहरु चुनावी मैदानमा >>   राजुनाथ पाण्डेले गरे काठमाडौँ–३ बाट उम्मेदवारी दर्ता >>   बालेन्द्र साहले गराए झापा क्षेत्र नं. ५ बाट प्रतिनिधि सभा उम्मेदवारी दर्ता >>   ‘चुनावअघि सन्तुलनको दोसाँधमा नेपालः महाशक्तिहरूको नयाँ रणभूमि र क्षेत्रीय स्थिरताको संकट’ >>   महावीर पुनले गरे म्याग्दीबाट उम्मेदवारी दर्ता >>   महेश बस्नेतले गरे भक्तपुर–२ बाट उम्मेदवारी दर्ता >>   रिक्त मन्त्रालयको कार्यभार प्रधानमन्त्रीले सम्हाल्नुहुने >>   झापा–५ को चुनावी माहोल तात्यो, बालेन हजारौँ समर्थकसहित मनोनयन दर्ता गर्न दमकमा >>   स्पेनमा रेल दुर्घटनाः ४० जनाको मृत्यु, तीन दिने राष्ट्रिय शोकको घोषणा >>   सरकारद्वारा रवि लामिछाने विरुद्धका दुई अभियोग फिर्ता
Logo
१० माघ २०८२, शनिबार
१० माघ २०८२, शनिबार

नविल बैंकका ग्राहकको खाता ह्याक गरी पैसा चोरी


९ जेठ, धरान । नविल बैंकका ग्राहकको खाताबाट पैसा चोरी भएको छ । बैंकको धरान शाखाबाट २ ग्राहकहरूको पैसा चोरी भएको हो ।

उक्त शाखामा सारदा राई र श्याम थुलुङले खातामा जम्मा गरेको रकम हराएको जानकारी दिइएको छ ।  सारदा राईको खाताबाट ६६ हजार ३५० रुपैयाँ र श्याम थुलुङको खाताबाट ८० हजार रुपैयाँ चोरी भएको बताइएको छ ।

थुलुङले बैशाख ३१ गते खाताबाट रकम चोरी भएको बताए । उनले यसबारे इलाका प्रहरी कार्यालय धरानमा उजुरी दिएको पनि जानकारी दिएका छन् ।

पीडित २ जनाले नै बताए अनुसार अपरिचित व्यक्तिले बैंकबाट फोन गरेको भन्दै खाता नम्बर मागेर बैंक खाता ह्याक गरि रकम चोरी गरेका हुन् । बैंकका शाखा अधिकृत उज्वल भण्डारीले बैंकका ग्राहकहरुलाई ह्याकरले कर्मचारी बताउँदै विवरण मागी खाता ह्याक गरेर चोरी गर्ने गरेको बताएका छन् ।

भण्डारीका अनुसार बैंकको केन्द्रिय कार्यालयमार्फत ठगी गर्नेको पहचान गर्ने पहल भइरहेको छ । यस विषयमा प्रहरीले पनि अनुसन्धान गरिरहेको छ ।


प्रकाशित मिति: ९ जेष्ठ २०८०, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?