Trending
>>   केपी ओली बिरुद्धका सबै षड्यन्त्रहरु असफल भएको महेश बस्नेतको दाबी >>   नेतृत्व परिवर्तनको बहस ‘फेसन’जस्तो भयोः झाँक्री >>   एमाले अध्यक्षको प्रतिवेदन र आत्मालोचना व्यवहारमा देखिनुपर्छः गोकुल बाँस्कोटा >>   ग्यास र चिनीको कालोबजारी रोक्न सरकार निर्मम हुनुपर्छः सांसद प्रसाईं >>   पेट्रोलियमको मूल्य नबढेसम्म चाडपर्वमा भाडा बढाउँदैनौँः अध्यक्ष सिटौला >>   पुनर्निर्माणमा मोडेल परिवर्तनः ‘टाउनसिप’ मोडेलमा बस्ती विकास गरिने’ >>   एउटै आन्दोलनमा निधन भएकाहरु शहीद अनि बाचेकाहरु अपराधी कसरी ? >>   रसुवा बाढीमा सम्पर्कविहीनहरु अब जीवित भेट्टिने सम्भावना कम छ: गृहसचिव शर्मा >>   गएको साता ८७ अंकले बढेको नेप्सेको यो साता कस्तो रहला ? >>   सम्पती धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍योः राष्ट्र बैंक
Logo
६ आश्विन २०८३, मंगलवार
६ आश्विन २०८३, मंगलवार

नविल बैंकका ग्राहकको खाता ह्याक गरी पैसा चोरी


९ जेठ, धरान । नविल बैंकका ग्राहकको खाताबाट पैसा चोरी भएको छ । बैंकको धरान शाखाबाट २ ग्राहकहरूको पैसा चोरी भएको हो ।

उक्त शाखामा सारदा राई र श्याम थुलुङले खातामा जम्मा गरेको रकम हराएको जानकारी दिइएको छ ।  सारदा राईको खाताबाट ६६ हजार ३५० रुपैयाँ र श्याम थुलुङको खाताबाट ८० हजार रुपैयाँ चोरी भएको बताइएको छ ।

थुलुङले बैशाख ३१ गते खाताबाट रकम चोरी भएको बताए । उनले यसबारे इलाका प्रहरी कार्यालय धरानमा उजुरी दिएको पनि जानकारी दिएका छन् ।

पीडित २ जनाले नै बताए अनुसार अपरिचित व्यक्तिले बैंकबाट फोन गरेको भन्दै खाता नम्बर मागेर बैंक खाता ह्याक गरि रकम चोरी गरेका हुन् । बैंकका शाखा अधिकृत उज्वल भण्डारीले बैंकका ग्राहकहरुलाई ह्याकरले कर्मचारी बताउँदै विवरण मागी खाता ह्याक गरेर चोरी गर्ने गरेको बताएका छन् ।

भण्डारीका अनुसार बैंकको केन्द्रिय कार्यालयमार्फत ठगी गर्नेको पहचान गर्ने पहल भइरहेको छ । यस विषयमा प्रहरीले पनि अनुसन्धान गरिरहेको छ ।


प्रकाशित मिति: ९ जेष्ठ २०८०, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?