Trending
>>   भरतपुरको राधापुर नहरमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु >>   प्रतिनिधिसभा निर्वाचन मितव्ययी बनाउने आयोगको रणनीति >>   लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा >>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य
Logo
१७ माघ २०८२, शनिबार
१७ माघ २०८२, शनिबार

माछापुच्छ्रे बैंकको खाताबाट ग्राहकको ९ लाख गायब, बैंकले स्टेटमेन्ट समेत दिन नमानेको आरोप


९ जेठ, राैतहट । माछापुच्छ्रे बैंकको खाताबाटै एक जनाको लाखाैँ रूपैयाँ गायब भएको छ । रौतहटको वृन्दावन नगरपालिका ३ का रामेश्वर राय यादवको माछापुच्छ्रे बैंकमा रहेको खाताबाट पैसा हराएको देखिएको हो ।

यादवका अनुसार उनको खातामा १२ लाख २० हजार रूपैयाँ थियो । तर, अहिले उनको खाताबाट ९ लाख रूपैयाँ भने हराएको छ ।

उनले गत शुक्रबार माछापुच्छ्रे बैंकको खाता नम्बर ७५००६५३८२८०००१४ मा १२ लाख २० हजारको चेक क्लिरियन्सका लागि दिएका थिए । उनले यसको जानकारी मोबाइलमार्फत पाएका थिए ।

तर, आइतबार ८ लाखको चेक साट्न जाँदा भने उनको खाताबाट ९ लाख निकालिसकेको पाइएपछि उनी त्रसित भएका छन् ।  उनी खाताबाट पैसा हराएको सुनेपछि बेहोस नै भएका थिए ।

बैंकका शाखाप्रमुखले भने उनको गुनासोमा कुनै जिम्मेवारी नै नदेखिएको बताइएको छ । उनले खाताबाट पैसा हराएको गुनासो गर्दा ह्याकरले लगेको र केही गर्न नसकिने भन्दै जिम्मेवारीबाट पन्छिरहेका छन् ।

एक समाचारपत्रका अनुसार  यादवको खाताबाट ९८६०१०१०२२, ९८०१५३३५४२, ९८२५०७४४०० र ९८२४२५५६३१ नम्बरको मोबाइल प्रयोग गरी रकम निकाले देखिएको छ । बैंकले स्टेटमेन्ट समेत दिन नमानेपछि यो प्रकरणमा बैंककै कर्मचारीको मिलेमतो भएको समेत उनले शंका गरेका छन् ।

यो घटनाबारे प्रहरीलाई खबर गरिएको छ । प्रहरिले यस विषयमा अनुसन्धान गरिरहेको बताइएको छ ।


प्रकाशित मिति: ९ जेष्ठ २०८०, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?