Trending
>>   केपी ओली बिरुद्धका सबै षड्यन्त्रहरु असफल भएको महेश बस्नेतको दाबी >>   नेतृत्व परिवर्तनको बहस ‘फेसन’जस्तो भयोः झाँक्री >>   एमाले अध्यक्षको प्रतिवेदन र आत्मालोचना व्यवहारमा देखिनुपर्छः गोकुल बाँस्कोटा >>   ग्यास र चिनीको कालोबजारी रोक्न सरकार निर्मम हुनुपर्छः सांसद प्रसाईं >>   पेट्रोलियमको मूल्य नबढेसम्म चाडपर्वमा भाडा बढाउँदैनौँः अध्यक्ष सिटौला >>   पुनर्निर्माणमा मोडेल परिवर्तनः ‘टाउनसिप’ मोडेलमा बस्ती विकास गरिने’ >>   एउटै आन्दोलनमा निधन भएकाहरु शहीद अनि बाचेकाहरु अपराधी कसरी ? >>   रसुवा बाढीमा सम्पर्कविहीनहरु अब जीवित भेट्टिने सम्भावना कम छ: गृहसचिव शर्मा >>   गएको साता ८७ अंकले बढेको नेप्सेको यो साता कस्तो रहला ? >>   सम्पती धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍योः राष्ट्र बैंक
Logo
७ आश्विन २०८३, बुधबार
७ आश्विन २०८३, बुधबार

माछापुच्छ्रे बैंकको खाताबाट ग्राहकको ९ लाख गायब, बैंकले स्टेटमेन्ट समेत दिन नमानेको आरोप


९ जेठ, राैतहट । माछापुच्छ्रे बैंकको खाताबाटै एक जनाको लाखाैँ रूपैयाँ गायब भएको छ । रौतहटको वृन्दावन नगरपालिका ३ का रामेश्वर राय यादवको माछापुच्छ्रे बैंकमा रहेको खाताबाट पैसा हराएको देखिएको हो ।

यादवका अनुसार उनको खातामा १२ लाख २० हजार रूपैयाँ थियो । तर, अहिले उनको खाताबाट ९ लाख रूपैयाँ भने हराएको छ ।

उनले गत शुक्रबार माछापुच्छ्रे बैंकको खाता नम्बर ७५००६५३८२८०००१४ मा १२ लाख २० हजारको चेक क्लिरियन्सका लागि दिएका थिए । उनले यसको जानकारी मोबाइलमार्फत पाएका थिए ।

तर, आइतबार ८ लाखको चेक साट्न जाँदा भने उनको खाताबाट ९ लाख निकालिसकेको पाइएपछि उनी त्रसित भएका छन् ।  उनी खाताबाट पैसा हराएको सुनेपछि बेहोस नै भएका थिए ।

बैंकका शाखाप्रमुखले भने उनको गुनासोमा कुनै जिम्मेवारी नै नदेखिएको बताइएको छ । उनले खाताबाट पैसा हराएको गुनासो गर्दा ह्याकरले लगेको र केही गर्न नसकिने भन्दै जिम्मेवारीबाट पन्छिरहेका छन् ।

एक समाचारपत्रका अनुसार  यादवको खाताबाट ९८६०१०१०२२, ९८०१५३३५४२, ९८२५०७४४०० र ९८२४२५५६३१ नम्बरको मोबाइल प्रयोग गरी रकम निकाले देखिएको छ । बैंकले स्टेटमेन्ट समेत दिन नमानेपछि यो प्रकरणमा बैंककै कर्मचारीको मिलेमतो भएको समेत उनले शंका गरेका छन् ।

यो घटनाबारे प्रहरीलाई खबर गरिएको छ । प्रहरिले यस विषयमा अनुसन्धान गरिरहेको बताइएको छ ।


प्रकाशित मिति: ९ जेष्ठ २०८०, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?