१२ असार, म्याग्दी । मङ्गला गाउँपालिका–१ भर्जुलाकी ८२ वर्षीया यामकुमारी पुनले सामाजिक कार्यसँगसँगै घरायसी आयआर्जनको कामलाई निरन्तरता दिँदै आएकी छन् । उमेरले वृद्धावस्थामा पुर्याए पनि उनको दैनिकी भने सक्रिय छ । बुनाईसम्बन्धी सीपलाई व्यावसायिक बनाएर जीवनयापन गर्दै आएकी उनले बुनेका गलैँचा स्वदेशदेखि विदेशसम्म बिक्री हुने गरेका छन् । परम्परागत तानमा
१२ असार, काठमाडाैँ । सहकारीका बचतकर्ताको करोडौँ रकम हिनामिनाको आरोप लागेपछि फरार हुँदै आएका भक्तपुरको शिवशिखर बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष केदारनाथ शर्मा पक्राउ परेका छन् । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइवी)ले उनलाई पक्राउ गरी काठमाडौँ ल्याएको छ । सिआइवीका प्रहरी उपरीक्षक नवराज अधिकारीले उनलाई पश्चिम नेपालबाट पक्राउ गरेको पुष्टि गर्दै आजै
१२ असार ,दोधारा चाँदनी । कञ्चनपुरका नौ स्थानीय तहले कृषि, शिक्षा, स्वास्थ्य र पूर्वाधार विकासलाई प्राथमिकतामा राखेर आगामी वर्षको बजेट सार्वजनिक गरेका छन् । कञ्चनपुरको भीमदत्त नगरपालिकाले कृषिमा ‘हाम्रो उपजः हाम्रै प्रयोग’ भन्ने नारा अघि सारेको छ । त्यसैगरी कृषि क्षेत्रमा नगरपालिकालाई आत्मनिर्भर बनाउन व्यावसायिक कृषि खेतीलाई बढोत्तरी हुने गरी
११ असार ,सुर्खेत/भेरीगङ्गा । सुुर्खेतका नौ वटै स्थानीय तहले आगामी आर्थिक वर्ष ०८०/८१ का लागि कूल रु आठ अर्ब २७ करोड ८५ लाख ५५ हजार आठ सय ७४ बराबरको बजेट ल्याएका छन् । स्थानीय तहहरूले शिक्षा, स्वास्थ्य, रोजगार, कृषि र पूर्वाधार विकासलाई प्राथमिकतामा राखेर बजेट ल्याएका छन् । नौ स्थानीय
११ असार ,चितवन । जिल्लाका सबै पालिकाले बजेट घटाउँदा भरतपुर महानगरपालिकाको बजेट बढेको छ । अन्य पालिकाहरुमा सङ्घीय बजेट र आन्तरिक आम्दानी घटेपछि आउँदो आर्थिक वर्षका लागि नीति तथा कार्यक्रमसँगै ल्याइएको बजेट घटाइएको छ । भरतपुर महानगरपालिकाले भने सङ्घीय बजेट र आन्तरिक आम्दानी बढाउने प्रक्षेपणसहित बजेट बढाएको छ । भरतपुर
११ असार, काठमाडाैँ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज पनि दोहोरो अङ्कले उकालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ११ दशमलव ६९ अङ्कले उकालो लागेर दुई हजार एक सय २९ दशमलव ४२ मा पुगेको छ । ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक तीन
११ असार, बागलुङ । बागलुङका सबै स्थानीय तहले नीति तथा कार्यक्रम र बजेट ल्याएका छन् । बागलुङका चार नगरपालिका र छ गाउँपालिकाले रू पाँच अर्ब ९६ करोड ७७ लाख १७ हजार छ सयको बजेट ल्याएका हुन् । आर्थिक वर्ष २०८०-८१ को लागि सङ्घीय सरकार, प्रदेश सरकारको अनुदान र आन्तरिक आयका आधारमा
११ असार, काठमाडाैँ । किसानले अण्डाको मूल्य पाउन थालेका छन् । कोभिडपछि खस्किएको बजार क्रमशः उकालो लाग्न थालेको छ । लागत मूल्यभन्दा निकै कममा बिक्री भइरहेको अण्डाको मूल्य बढ्न थालेको हो । बजारमा माग बढ्दै गएपछि अहिले चितवनलाई आधार मानेर बजार मूल्य ठूलो अण्डा ३० गोटा (एक क्रेट) को रु चार
११ असार, एजेन्सी । एशियाली विकास बैंक (एडिबी) र बङ्गलादेश सरकारले बङ्गलादेशको राजधानी ढाकाबाट करिब २४२ किलोमिटर दक्षिणपूर्वमा रहेको बन्दरगाह शहर चट्टोग्रामजोड्ने दोहोरो रेलमार्ग निर्माणका लागि आइतबार ४० करोड अमेरिकी डलरमा ऋण सम्झौतामा हस्ताक्षर गरेका छन् । बङ्गलादेशको आर्थिक सम्बन्ध महाशाखाका सचिव सरिफा खान र बङ्गलादेशका लागि एडिबीका उपदेशीय निर्देशक
११ असार, काठमाडाैँ । नेपालमा प्रतिबन्धित अनलाइन बेटिङ एप ‘वानएक्स बेट’ मार्फत सट्टेबाजी र त्यसको विज्ञापन गरेको आरोपमा काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले थप एकजना युट्युबरलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा काभ्रेपलाञ्चोक, तेमाल–८ घर भई काठमाडौँको बूढानीलकण्ठ–११ बस्ने २२ वर्षीय राजकुमार थापा भन्ने युट्युबर राजकुमार तमाङ रहेका काठमाडौँ उपत्यका