Trending
>>   प्रभु बैंकको सीईओमा सुमन शर्मा, शेरचनले दिए राजीनामा >>   डिजिटल नागरिकता सेवामा काभ्रेपलाञ्चोक अगाडि :वडा तहबाटै अनलाइन सिफारिस सफल >>   भरतपुरको राधापुर नहरमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु >>   प्रतिनिधिसभा निर्वाचन मितव्ययी बनाउने आयोगको रणनीति >>   लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा >>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन
Logo
२३ माघ २०८२, शुक्रबार
२३ माघ २०८२, शुक्रबार

बैंकिङ सूचना र अनुशासनमा सघाउने पुस्तक बजारमा


६ श्रावण, काठमाडाैँ। देशमा पछिल्लो समय फस्टाउँदै गएको बैंकिङ क्षेत्रका विविध विषयलाई समेटेर तयार गरिएको पुस्तक ‘बैंकिङ अनुशासन–दिगो विकासका लागि’ बजारमा आएको छ । पुस्तकले बैंकसम्बन्धी नीतिगत मार्गदर्शन, बैंकिङ साक्षरता र सचेतनाका साथै बैंक तथा वित्तीय क्षेत्रका बारेमा जीवन उपयोगी आवश्यक सूचनालाई समेटिएको छ ।

बैंकिङ क्षेत्रमा लामो समय काम गरेका यस विषयका जानकार बीएन घर्तीको यो पुस्तक बैंकिङ क्षेत्रमा रुचि राख्ने सबैका लागि उपयोगी हुन सक्छ । झन्डै तीन दशक बैंकिङ क्षेत्रमा काम गर्नुभएका घर्तीले आफ्ना अनुभवदेखि अध्ययन अनुसन्धानमूलक लेख रचना पनि पुस्तकमा समावेश गरेका छन् ।

बैंकमा कर्मचारीहरूलाई बिक्री लक्ष्यको भारी बोकाउने गरिएको हुन्छ र यसका कारण यस क्षेत्रभित्र अस्वस्थ प्रतिस्पर्धा पनि हुने गर्दछ भनिएको छ । यसरी लक्ष्य दिँदाका फाइदा र बेफाइदा के हुन् रु पारिश्रमिक दिनेगरी व्यावसायिक सञ्चालक नियुक्त गर्नुपर्ने कारण के हो रु बैंकहरू एक नम्बर हुने दौडमा सामेल हुँदाको प्रभाव के कस्तो हुन्छ रु यी विषयहरु पनि सो पुस्तकमा समावेश छन् ।

त्यसैगरी फाइनान्स कम्पनी र विकास बैंकको आवश्यकता, लघुवित्तको सकारात्मक र नकारात्मक पक्ष, बैंकिङ विकृति र नीतिगत विषयमा राष्ट्र बैंकको भूमिका, नीतिगत कमजोरीपूर्ण अवस्थालगायतका सामग्रीहरु यसमा संलग्न छन् ।

पूर्वबैंकर सशिन जोशीले पुस्तकको भूमिकामा वीएन घर्तीद्वारा लिखित बैंकिङ अनुशासन शीर्षकको पुस्तकलाई नेपाली बैंकिङ क्षेत्रको एक ज्ञानबद्र्धक खजाना भएको बताएका छन् । विगतमा भोगेका समस्याबाट पाठ सिकेर अघि बढ्न चाहनेहरूका लागि मात्र होइन, भविष्यमा बैंकिङ व्यवसायलाई अझ बढी व्यावसायिकरुपमा व्यवस्थापन गर्न चाहने बैंकिङ पेशाकर्मी र बैंक नियामकका लागि पुस्तक उपयोगी रहेको जोशीको टिप्पणी छ ।

लेखक घर्तीले सो पुस्तक बढेपछि बैंकिङ क्षेत्रका कर्मचारीमा केही न केही परिवर्तन आउने विश्वास राख्नुहुन्छ । पुस्तकमा व्यवस्थापन सङ्कायका विद्यार्थीका लागि पनि पाठ्यसामग्री समेटिएको छ । त्रिभुवन विश्वविद्यालयमा व्यवस्थापन सङ्कायका प्राध्यापक प्रा डा विष्णु खनालले व्यवस्थापन विषयमा अध्ययनरत विद्यार्थीलाई सरल तरिकाले कुरा बुझाउन पुस्तक सहयोगी हुने बताए ।

पुस्तकका बारेमा नेपाल राष्ट्र बैंकका पूर्वगभर्नर डा चिरञ्जीवी नेपालले लेखक घर्ती आफैँ बैंकको तल्लो तहदेखि कार्यकारी नेतृत्वसम्मको जिम्मेवारी सम्हालेको र अनुभव भएको व्यक्ति भएकाले उनका अनुभव, अनुसन्धान र सिकाइ बैंक तथा वित्तीय संस्थाको जुनसुकै भूमिकामा रहेका व्यक्तिका लागि उपयोगी हुने भएकाले यो पुस्तक मार्गदर्शक बन्ने बताउँछन् । बैंकिङ एण्ड इन्स्योरेन्स म्यानेजमेन्ट प्रालि (विआइएम) द्वारा प्रकाशित सो पुस्तक चार सय ४४ पृष्ठको छ ।


प्रकाशित मिति: ६ श्रावण २०८०, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?