२७ जेठ, काठमाडाैँ। केन्द्र सरकारले आगामी आर्थिक वर्ष २०८०/८१ का लागि वार्षिक बजेट ल्याइसकेको छ । सङ्घीय संसदमा बजेटमाथिको सामान्य छलफल चलिरहँदा प्रदेशमा भने आगामी आर्थिक वर्षको वार्षिक नीति तथा कार्यालयमाथिको छलफल सुरु भएको छ । कोशी बाहेकका प्रदेशले आफ्नो वार्षिक नीति तथा कार्यक्रम ल्याइसकेर बजेटको तयारी सुरु गरेका छन् ।
२७ जेठ, कञ्चनपुर । कञ्चनपुरका स्थानीय तह आगामी आर्थिक वर्षको बजेट निमार्णको तयारीमा जुटेका छन् । यहाँका सात नगरपालिका र दुई गाउँपालिका आगामी वर्षको बजेटको तयारीका लागि बस्ती र टोल भेलाबाट योजना छनोट गर्न जुटेका हुन् । “वडाका जनप्रतिनिधि अहिले आ–आफ्नो क्षेत्रका गाउँ तथा टोलमा पुगेर आगामी वर्षको योजना तथा कार्यक्रमका
२७ जेठ, चितवन । चितवनका व्यवसायीले २० प्रतिशतसम्म घर भाडामा छुट दिन माग गरेका छन् । नेपाल घरबहाल उपभोक्ता मञ्च चितवनले आर्थिक मन्दीबाट व्यवसाय धराशयी अवस्थामा पुगेको भन्दै हाल तिर्दै आएको घर भाडादरमा २० प्रतिशत छुट दिन अनुरोध गरेको हो । मञ्चले शुक्रबार नारायणगढमा पत्रकार सम्मेलनको आयोजना गरी आर्थिक मन्दीको असर
२६ जेठ, काठमाडाैँ । अर्थमन्त्री डा प्रकाशशरण महतले सरकारले आगामी बजेटमा ल्याएको गाँजा खेतीको योजनाबारे स्पष्टीकरण दिएका छन् । शुक्रबार प्रतिनिधिसभामा सांसद्का प्रश्नहरूको जवाफ दिँदै अर्थमन्त्री महतले गाँजा तान्ने हाम्रो परम्परा नै भएको समेत बताएका छन् । उनले भनेका छन्, 'हाम्रो गाउँ गाउँमा चार जना ओरीपरि बसेर चिलिम तान्ने त परम्परै
२६ जेठ, काठमाडाैँ । चालु आर्थिक वर्षको १० महिनामा कूल रु १० खर्ब पाँच अर्ब विप्रेषण मुलुकभित्र भित्रिएको छ । वैदेशिक रोजगारीमा जाने कामदारको सङ्ख्यामा बढोत्तरी भएको तथा वैधानिक तवरबाटै विप्रेषण भित्रन थालेकाकले आप्रवाहमा सुधार देखिएको हो । नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको चालु आर्थिक वर्षको १० महिनासम्मको विवरणअनुसार समीक्षा
२६ जेठ, काठमाडाैँ । चालु आर्थिक वर्षको १० महिनामा रु १४ खर्ब ७० अर्ब ३३ करोड बराबरको विदेशी विनिमय सञ्चिति कायम भएको छ । नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको विवरणअनुसार २०७९ साल असार मसान्तमा रु १२ खर्ब १५ अर्ब ८० करोड बराबर रहेको कूल विदेशी विनिमय सञ्चिति २० दशमलव नौ
२६ जेठ, काठमाडाैँ । चालु आर्थिक वर्षको १० महिनामा कूल वस्तु व्यापार घाटा १५ दशमलवनौ प्रतिशतले कमी आई रु १२ खर्ब चार अर्ब ४२ करोड कायम भएको छ । नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको विवरणअनुसार गत आवको सोही अवधिमा यस्तो घाटा २४ दशमलव नौ प्रतिशतले बढेको थियो । समीक्षा अवधिमा
२६ जेठ, काठमाडाैँ । तराई र हिमाली जिल्लाको तुलनामा पहाडी क्षेत्र र काठमाडौँ उपत्यकाभित्रका जिल्लामा मूल्यवृद्धि बढी देखिएको छ । नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदनअनुसार उपभोक्ता मूल्य सूचकाङ्कमा आधारित मुद्रास्फीति वाञ्छित सीमा नाघेर सात दशमलव ४१ प्रतिशत पुगेको छ । यस अवधिसम्ममा सबैभन्दा
२६ जेठ, काठमाडाैँ । अर्थमन्त्री डा प्रकाशशरण महतले आगामी आर्थिक वर्षको बजेटमा राजस्वका दर वैज्ञानिक रुपमा प्रस्ताव गरिएको बताएका छन् । राष्ट्रियसभाको आजको दोस्रो बैठकमा आर्थिक वर्ष २०८०/८१ को राजस्व र व्ययको वार्षिक अनुमानमाथिको सामान्य छलफलमा उठेका प्रश्नको जवाफ दिँदै उनले विद्युतीय सवारी साधानमा कर तथा दैनिक उपभोग्य वस्तुमा मूल्यअभिवृद्धि
२६ जेठ, काठमाडाैँ । पर्यटन व्यवसायसँग सम्बन्धित विभिन्न सङ्घसंस्थाले सरकारले आर्थिक वर्ष २०८०÷८१ को बजेट वक्तव्यमा हवाई टिकटमा भ्याट लगाउने निर्णयले व्यवसायी मारमा परेको बताएका छन् । पर्यटन व्यवसायसँग सम्बन्धित विभिन्न सङ्घसंस्थाले आज संयुक्त पत्रकार सम्मेलन गरी अर्थमन्त्री डा. प्रकाशशरण महतले जेठ १५ गते सङ्घीय संसद्का दुवै सदनमा प्रस्तुत गरेको बजेट