अर्थमन्त्री विष्णुप्रसाद पौडेलले गैरआवासीय नेपाली सङ्घले उठाएका समस्या समाधानका लागि छुट्टै संयन्त्र बनाएर पहल गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । गैरआवासीय नेपाली सङ्घका प्रतिनिधिमण्डलसँग आज भएको भेटमा अर्थमन्त्री पौडेलले भन्नुभयो, “तपाईहरुका माग वा समस्या जे–जति छन्, ती सबैलाई सम्बोधन गर्न सरकार प्रतिबद्ध छ, तर त्यसका लागि एउटै टेबलमा बसेर संवाद
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग नेपालका लागि संयुक्त राज्य अमेरिकाका राजदूत डिन आर थोम्पसनले शिष्टाचार भेटवार्ता गर्नुभएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज भएको भेटमा दुई देशबीचको द्विपक्षीय हितका विविध विषयमा कुराकानी भएको बताइएको छ । सो अवसरमा अमेरिकी राजदूतले प्रधानमन्त्रीमा नियुक्त हुनुभएकामा दाहाललाई बधाई दिनुभएको थियो । द्विपक्षीय सम्बन्धका बारेमा