Trending
>>   नेपाल प्रहरीलाई भविष्यउन्मुख बनाउने आईजीपी कार्कीको संकल्प >>   खगेन्द्र सुनारबारे सरकारः प्रक्रियाअनुसार अनुसन्धान हुन्छ >>   पार्टीभित्रका असन्तुष्ट पक्षलाई समेटेर अघि बढ्छुः सभापति थापा >>   सात दशक पुरानो कानून विस्थापन गर्दै नयाँ प्रहरी विधेयक ल्याउने सरकारको तयारी >>   प्रहरी समायोजन नहुँदा संघीयता कार्यान्वयनमा चुनौती देखियोः मुख्यमन्त्री थापा मगर >>   एक दिनमा ५० पटकसम्म वालेटमा रकम जम्मा गर्न सकिने >>   पार्टीका नियमित कामबाट अलग भएर ‘समुन्नति’ को अभियानमा लाग्छुः सभापति थापा >>   अध्यादेशको विरोध गर्दै काँग्रेसले भन्योः भूमि सम्बन्धी अध्यादेश संसदबाटै ल्याउनुपर्छ >>   नेपाल–भारत सम्बन्धलाई परिणाममुखी र आधुनिक आर्थिक साझेदारीमा बदल्नुपर्छः परराष्ट्रमन्त्री >>   प्रहरी प्रशासनलाई गृहमन्त्रीको निर्देशनः जनतालाई केन्द्रमा राखेर काम गर्नूस्
Logo
१ कार्तिक २०८३, शनिबार
१ कार्तिक २०८३, शनिबार

पार्टी भन्दा माथि उठेर स्थानीय विकासकाे लागि क्रियाशील हुनेछु: स्वास्थ्य मन्त्री बस्नेत


सिन्धुपाल्चोक। स्वास्थ्य तथा जनसंख्या मन्त्री माेहनबहादुर बस्नेतले पार्टी भन्दा माथि उठेर स्थानीय विकासकाे लागि क्रियाशील हुने बताउनु भएको छ । सिन्धुपाल्चोककाे जुगल गाउँपालिका वडा नं. ७ याङ्लाकाेटमा आज साेमबार आयाेजित याङ्लाकाेट बृहत् २८६० ओैं डुक साेनाम ल्हाेसार कार्यक्रममा मन्तव्य राख्नु हुँदै मन्त्री बस्नेतले जनताको मतबाट निर्वाचित भएपछि विकासका लागि क्रियाशील हुन सक्ने बुद्धि, विवेक र क्षमता पनि हुनुपर्ने भन्दै यहाँको स्थानीय विकासका लागि साझा हीतकाे भावना लिएर काम गर्ने बताउनु भएको हाे ।

“म यहाँको पार्टी भन्दा माथि उठेर स्थानीय विकासकाे लागि क्रियाशील हुनेछु । जनप्रतिनिधिले आफू लाभ लिने हैन, जनताको समस्या समाधान गर्ने हाे, पदमा हुँदा या नहुँदा मैले विकास निर्माणका काम गरेको छु। विकास गर्छ भनेर अत्याधिक मत दिनु भयाे, गठबन्धन भएकोले माओवादी र समाजवादीले पनि मत दिनु भयाे, एमालेका पनि धेरैले मत दिए । त्याे विश्वासलाई मैले कायम गर्नुपर्छ ।” मन्त्री बस्नेतले भन्नुभयो ।

उहाँले नेताहरुकाे भजन गाउने भन्दा पनि जनताको भावना बाेल्ने काम स्थानीय कार्यकर्ताले थाल्नु पर्ने बताउनु हुँदै आफू काँग्रेसबाट जितेको जनप्रतिनिधि भएपनि कांग्रेसका मात्रै नभई सही कुरा र विकास निर्माणका कुरा सबै पार्टीका कार्यकर्ताहरुकाे कुरा सुन्छु भन्ने धारणा राख्नु भयाे ।

स्वास्थ्य क्षेत्रका गर्नुपर्ने सबै काम गर्छु भन्नुहुँदै मन्त्री बस्नेतले याङ्लाकाेटमा बर्थिङ्ग सेन्टरकाे ब्यवस्था यथाशीघ्र गर्ने बताउनु भयाे ।उहाँले अहिलेसम्म जलविरे, कुविन्डे भेगमा पर्याप्त विकास नहुनु, प्रदेशका याेजना पर्न नसक्नु दुखद कुरा भएको बताउनु भयाे ।

बाह्रबिसे नगरपालिकाका प्रमुख बालकृष्ण बस्नेतले चाड पर्वले आपसी सम्बन्ध सुमधुर बनाउन महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने बताउनु भयाे । उहाँले राजनीतिक पार्टीको झण्डा र चिन्ह लिएर चुनाव लडेको भएपनि जनप्रतिनिधिहरुले ध्यान दिएर जनताको काम गर्नुपर्छ भन्ने धारणा राख्नु भयाे । जनताकाे विश्व र सहयाेगका कारण चुनाव जितेकाे हाे भन्दै जनताको दु:ख, पीडा र मर्मलाई भुल्नु नहुनेमा उहाँले जाेड दिनु भयाे ।


प्रकाशित मिति: २२ माघ २०८०, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?