६ वैशाख, सुनसरी । सप्तकोशी नदीमा आज नुहाउने क्रममा डुबेर बेपत्ता भएका तीन जनामध्ये एक जनाको शव फेला परेको छ । आफन्तको श्राद्धमा जाने क्रममा सुनसरीको बराहक्षेत्रस्थित कोशी नदीमा तीन युवक बेपत्ता भएका थिए । नदीमा बेपत्ता भएकामध्ये झापा दमक–२ का १७ वर्षीय नवीन न्यौपानेको शव घटनास्थल नजिकै कोशीको भङ्गालोमा फेला
६ वैशाख, महोत्तरी । महोत्तरीको माइस्थान समसी सडकखण्डस्थित रामनगरको जङ्गलमा बुधवार अपराह्न भएको सवारी दुर्घटनामा एकै परिवारका तीन जनाको मृत्युभएको छ । मृत्यु हुनेमा सिरहा कल्याणपुर नगरपालिकाका २६ वर्षीय अमृत मण्डल, उनकी २४ वर्षीया श्रीमती अञ्जु मण्डल र ६ वर्षीया भतिजी अंशु मण्डल रहेको गौशाला प्रहरीले जनाएको छ । अमृत
६ वैशाख, डोल्पा । डोल्पाको तोइजुमबाट लुकिछिपी यार्सा गुम्बा टिप्न जाने १३ जना पक्राउ परेका छन् । यार्सा सिजन खुल्नुअगाडि नै पाटनमा छिर्न खोज्ने १३ जनालाई शे–फोक्सुन्डो राष्ट्रिय निकुञ्ज र रामबाण गुल्मको संयुक्त गस्ती टोलीले पक्राउ गरेको निकुञ्जका प्रमुख संरक्षण अधिकृत लालबहादुर भण्डारीले जानकारी दिए । उनीहरु सबै निकुञ्जको तोइजुमपोष्टबाट
६ वैशाख, म्याग्दी । म्याग्दी र मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी–बागलुङ सडक सात दिनका लागि बन्द गरिएको छ । बेनी नगरपालिका–१ रत्नेचौरको भुवानेदेखि हुलाके खण्डको सडक कालोपत्र गर्नका लागि मङ्गलबारदेखि यही वैशाख १२ गतेसम्मका लागि सडक पूर्ण रुपमा बन्द गरिएको पूर्वाधार विकास कार्यालय म्याग्दीले जनाएको छ । सवारी साधनको चापका
६ वैशाख, कर्णाली । कर्णाली प्रदेशमा मन्त्रालयको सङ्ख्या आठ बनाइएको छ । गत पुस २७ मा नेकपा एमाले नेकपा माओवादी गठबन्धनका बेला मन्त्रालयको सङ्ख्या घटाइएको थियो । अन्ततः मन्त्रालयको सङ्ख्या पुनः आठ कायम गर्ने निर्णय भएको हो । मङ्गलबार साँझ बसेको कर्णाली मन्त्रिपरिषद्को बैठकले मन्त्रालयको सङ्ख्या संशोधन गरेको सरकारका प्रवक्ता एवम्
६ वैशाख, प्युठान । स्वर्गद्वारी नगरपालिका -७ तापस्थित माडी नदीमा डुबेर एक युवाको ज्यान गएको छ । झिमरुक गाउँपालिका –८ का १८ वर्षीय सुवास रोका मगरको ज्यान गएको जिल्ला प्रहरी कार्यालय प्युठानले जनाएको छ । ट्याक्टरका सह-चालक रोका मगर बालुवा लिन खोला गएको बेला नदीमा डुबेको जिल्ला प्रहरी कार्यालय प्युठानका प्रहरी
६ वैशाख, काठमाडाैँ । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले संविधानको रक्षाका लागि उपनिर्वाचनमा लोकतान्त्रिक वाम गठबन्धनलाई मतदान गर्न आग्रह गरेका छन् । भरतपुर महानगरपालिका वडा नम्बर ७ विकास चोकमा आयोजित कोणसभालाई सम्बोधन गर्दै उनले विसं २०६२÷६३ सालको परिवर्तनपछि प्राप्त गरेको संविधानको रक्षाका लागि गठबन्धन बनेको बताए । उनले भने,“जनताको सङ्घर्षबाट
६ वैशाख, गोरखा । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गोरखाको चुम उपत्यकाले सिङ्गो देश र दुनियाँलाई शान्ति तथा अहिंसाको सन्देश दिएको बताएका छन् । उत्तरी गोरखाको चुमनुव्री गाउँपालिका–७, छेकम्पारस्थित राजेन गुम्बामा ‘अहिंसा अभियान, चुमबासीको पहिचान’ भन्ने नाराकासाथ आजदेखि सुरु भएको ‘चुमशताब्दी श्याग्या महोत्सव २०८०’ को उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले
६ वैशाख, चितवन । भरतपुर महानगरपालिकामा सञ्चालन भएको प्रधानमन्त्री रोजगार कार्यक्रम प्रभावकारी बन्दै गएको छ । कार्यक्रमले बजेट नपुगेका कामदारलाई सरकारी र निजी क्षेत्रमा समेत पठाउने गरेको हो । यससँगै तालिम लिन चाहनेका लागि तालिममा पठाउन थालेको छ । कार्यक्रम अन्तर्गत चालु आर्थिक वर्षमा ७४ जनाले रोजगारी पाएका छन् । १८
६ वैशाख, बागलुङ । सरकारले सामुदायिक विद्यालयमा बालबालिकालाई आकर्षित गर्न र कुपोषणबाट जोगाउन दिवा खाजाको व्यवस्था गरेको छ । दिवा खाजाले बागलुङका सामुदायिक विद्यालयमा विद्यार्थी नियमित उपस्थित हुने गरे पनि खाजाको गुणस्तरमाथि बेलाबेला प्रश्न उठिराखेको छ । सरकारले कक्षा छ सम्मका विद्यार्थीलाई दैनिक रु १५ उपलब्ध गराउँदै आएको छ । विद्यालयमा