Trending
>>   सत्ताको खोजीमा यी चार पूर्वप्रधानमन्त्रीहरु चुनावी मैदानमा >>   राजुनाथ पाण्डेले गरे काठमाडौँ–३ बाट उम्मेदवारी दर्ता >>   बालेन्द्र साहले गराए झापा क्षेत्र नं. ५ बाट प्रतिनिधि सभा उम्मेदवारी दर्ता >>   ‘चुनावअघि सन्तुलनको दोसाँधमा नेपालः महाशक्तिहरूको नयाँ रणभूमि र क्षेत्रीय स्थिरताको संकट’ >>   महावीर पुनले गरे म्याग्दीबाट उम्मेदवारी दर्ता >>   महेश बस्नेतले गरे भक्तपुर–२ बाट उम्मेदवारी दर्ता >>   रिक्त मन्त्रालयको कार्यभार प्रधानमन्त्रीले सम्हाल्नुहुने >>   झापा–५ को चुनावी माहोल तात्यो, बालेन हजारौँ समर्थकसहित मनोनयन दर्ता गर्न दमकमा >>   स्पेनमा रेल दुर्घटनाः ४० जनाको मृत्यु, तीन दिने राष्ट्रिय शोकको घोषणा >>   सरकारद्वारा रवि लामिछाने विरुद्धका दुई अभियोग फिर्ता
Logo
१० माघ २०८२, शनिबार
१० माघ २०८२, शनिबार

बसले मोटरसाइकललाई ठक्कर दिँदा एकै परिवारका ३ जनाको मृत्यु


६ वैशाख, महोत्तरी । महोत्तरीको माइस्थान समसी सडकखण्डस्थित रामनगरको जङ्गलमा बुधवार अपराह्न भएको सवारी दुर्घटनामा एकै परिवारका तीन जनाको मृत्युभएको छ । मृत्यु हुनेमा सिरहा कल्याणपुर नगरपालिकाका २६ वर्षीय अमृत मण्डल, उनकी २४ वर्षीया श्रीमती अञ्जु मण्डल र ६ वर्षीया भतिजी अंशु मण्डल रहेको गौशाला प्रहरीले जनाएको छ ।

अमृत र अंशुको बर्दिबासस्थित शुभ स्वस्तिक अस्पताल तथा अञ्जुको ट्रमा सेन्टरमा मृत्यु भएको हो । शुभ स्वस्तिक अस्पतालका जनसम्पर्क अधिकृत दीपेन्द्र ढकालका अनुसार गम्भीर अवस्थाका उनिहरूको टाउको र शरीरका विभिन्न भागमा चोट लागेको प्रहरीको भनाइ छ ।

समसीबाट यात्रु बोकेर जनकपुरतर्फ जाँदैगरेको बा ३ ख २३९६ नम्बरको जय मातादी ट्राभल्सले विपरीत दिशातर्फ जाँदैगरेको मधेश प्रदेश ०१–००४ प ६८१९ नम्बरको मोटरसाइकललाई जङ्गली क्षेत्रमा पर्ने रेल्वे पुलनजिकको मोडमा आज अपराह्न १ बजेतिर ठक्कर दिएको थियो । दुर्घटनामा परी मृत्यु हुनेमा तीनै जना मोटरसाइकलमा सवार थिए ।

दुर्घटनाका कारण अझ खुल्न सकेको छैन । दुर्घटना गराउने बसलाई प्रहरीले इलाका प्रहरी गौशालाले नियन्त्रणमा लिएको छ । चालक फरार रहेको प्रहरीले जनाएको छ । चालकको खोजी भइरहेको प्रहरी निरीक्षक मनोज यादवले बताए ।


प्रकाशित मिति: ६ बैशाख २०८०, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?