Trending
>>   केपी ओली बिरुद्धका सबै षड्यन्त्रहरु असफल भएको महेश बस्नेतको दाबी >>   नेतृत्व परिवर्तनको बहस ‘फेसन’जस्तो भयोः झाँक्री >>   एमाले अध्यक्षको प्रतिवेदन र आत्मालोचना व्यवहारमा देखिनुपर्छः गोकुल बाँस्कोटा >>   ग्यास र चिनीको कालोबजारी रोक्न सरकार निर्मम हुनुपर्छः सांसद प्रसाईं >>   पेट्रोलियमको मूल्य नबढेसम्म चाडपर्वमा भाडा बढाउँदैनौँः अध्यक्ष सिटौला >>   पुनर्निर्माणमा मोडेल परिवर्तनः ‘टाउनसिप’ मोडेलमा बस्ती विकास गरिने’ >>   एउटै आन्दोलनमा निधन भएकाहरु शहीद अनि बाचेकाहरु अपराधी कसरी ? >>   रसुवा बाढीमा सम्पर्कविहीनहरु अब जीवित भेट्टिने सम्भावना कम छ: गृहसचिव शर्मा >>   गएको साता ८७ अंकले बढेको नेप्सेको यो साता कस्तो रहला ? >>   सम्पती धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍योः राष्ट्र बैंक
Logo
६ आश्विन २०८३, मंगलवार
६ आश्विन २०८३, मंगलवार

बसले मोटरसाइकललाई ठक्कर दिँदा एकै परिवारका ३ जनाको मृत्यु


६ वैशाख, महोत्तरी । महोत्तरीको माइस्थान समसी सडकखण्डस्थित रामनगरको जङ्गलमा बुधवार अपराह्न भएको सवारी दुर्घटनामा एकै परिवारका तीन जनाको मृत्युभएको छ । मृत्यु हुनेमा सिरहा कल्याणपुर नगरपालिकाका २६ वर्षीय अमृत मण्डल, उनकी २४ वर्षीया श्रीमती अञ्जु मण्डल र ६ वर्षीया भतिजी अंशु मण्डल रहेको गौशाला प्रहरीले जनाएको छ ।

अमृत र अंशुको बर्दिबासस्थित शुभ स्वस्तिक अस्पताल तथा अञ्जुको ट्रमा सेन्टरमा मृत्यु भएको हो । शुभ स्वस्तिक अस्पतालका जनसम्पर्क अधिकृत दीपेन्द्र ढकालका अनुसार गम्भीर अवस्थाका उनिहरूको टाउको र शरीरका विभिन्न भागमा चोट लागेको प्रहरीको भनाइ छ ।

समसीबाट यात्रु बोकेर जनकपुरतर्फ जाँदैगरेको बा ३ ख २३९६ नम्बरको जय मातादी ट्राभल्सले विपरीत दिशातर्फ जाँदैगरेको मधेश प्रदेश ०१–००४ प ६८१९ नम्बरको मोटरसाइकललाई जङ्गली क्षेत्रमा पर्ने रेल्वे पुलनजिकको मोडमा आज अपराह्न १ बजेतिर ठक्कर दिएको थियो । दुर्घटनामा परी मृत्यु हुनेमा तीनै जना मोटरसाइकलमा सवार थिए ।

दुर्घटनाका कारण अझ खुल्न सकेको छैन । दुर्घटना गराउने बसलाई प्रहरीले इलाका प्रहरी गौशालाले नियन्त्रणमा लिएको छ । चालक फरार रहेको प्रहरीले जनाएको छ । चालकको खोजी भइरहेको प्रहरी निरीक्षक मनोज यादवले बताए ।


प्रकाशित मिति: ६ बैशाख २०८०, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?