Trending
>>   एमाले अध्यक्षको प्रतिवेदन र आत्मालोचना व्यवहारमा देखिनुपर्छः गोकुल बाँस्कोटा >>   ग्यास र चिनीको कालोबजारी रोक्न सरकार निर्मम हुनुपर्छः सांसद प्रसाईं >>   पेट्रोलियमको मूल्य नबढेसम्म चाडपर्वमा भाडा बढाउँदैनौँः अध्यक्ष सिटौला >>   पुनर्निर्माणमा मोडेल परिवर्तनः ‘टाउनसिप’ मोडेलमा बस्ती विकास गरिने’ >>   एउटै आन्दोलनमा निधन भएकाहरु शहीद अनि बाचेकाहरु अपराधी कसरी ? >>   रसुवा बाढीमा सम्पर्कविहीनहरु अब जीवित भेट्टिने सम्भावना कम छ: गृहसचिव शर्मा >>   गएको साता ८७ अंकले बढेको नेप्सेको यो साता कस्तो रहला ? >>   सम्पती धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍योः राष्ट्र बैंक >>   नेपाल शक्ति राष्ट्रको प्रतिष्पर्धाको ‘भिक्टिम’ बन्नु हुँदैन:पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी >>   संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल
Logo
६ आश्विन २०८३, मंगलवार
६ आश्विन २०८३, मंगलवार

कर्णालीमा मन्त्रालयको सङ्ख्या ८ बनाइयो


६ वैशाख, कर्णाली । कर्णाली प्रदेशमा मन्त्रालयको सङ्ख्या आठ बनाइएको छ । गत पुस २७ मा नेकपा एमाले नेकपा माओवादी गठबन्धनका बेला मन्त्रालयको सङ्ख्या घटाइएको थियो । अन्ततः मन्त्रालयको सङ्ख्या पुनः आठ कायम गर्ने निर्णय भएको हो ।

मङ्गलबार साँझ बसेको कर्णाली मन्त्रिपरिषद्को बैठकले मन्त्रालयको सङ्ख्या संशोधन गरेको सरकारका प्रवक्ता एवम् आन्तरिक मामिला तथा कानुनमन्त्री कृष्णबहादुर जिसीले जानकारी दिए ।

“भौतिक पूर्वाधार, ऊर्जा तथा जलस्रोत मन्त्रालयलाई फुटाएर भौतिक पूर्वाधार एवम् सहरी विकास मन्त्रालय र ऊर्जा तथा जलस्रोत मन्त्रालय बनाउने निर्णय भएको छ”, जिसीले भने, “प्रदेश सरकार कार्य विभाजन नियमावली २०७४ को अनुसूची एक र दुई हेरफेर गर्ने निर्णय भएको हो । सो निर्णयअनुसार भौतिक मन्त्रालयमा १३ कार्यभार रहनेछन् भने ऊर्जा मन्त्रालयमा १२ कार्यभार रहनेछन् ।” उनका अनुसार कर्णाली प्रदेशको सडक विधेयक तर्जुमा गर्नका लागि हिजैको बैठकले भौतिक पूर्वाधार मन्त्रालयलाई सैद्धान्तिक सहमति दिने निर्णय गरेको छ ।


प्रकाशित मिति: ६ बैशाख २०८०, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?