Trending
>>   नेपाल पर्वतारोहण संघमा फुर गेल्जे शेर्पा समूहको उम्मेदवारी घोषणा >>   भारतको ७९ औँ स्वतन्त्रता दिवसः युवा रोजगारीमा एक लाख करोड रुपैयाँ खर्च गर्ने प्रतिवद्धता >>   श्रमीक स्वस्थ भए मुलुक स्वस्थ हुन्छः श्रममन्त्री भण्डारी >>   सांसद गैरेको प्रश्नः नागरिकता लिन महिलाले स्वघोषणा गर्नुपर्ने, पुरुषले नपर्ने ? >>   हतारमा काम गर्दा सबै सांसदहरु बेकुफ भयौँः सांसद कार्की >>   पुरुषका यस्ता व्यवहार,जसले महिलालाई हुरुक्कै बनाउँछ >>   संसदको सदस्य भइसकेपछि संसदीय गतिविधिमा भाग लिनु सांसदको जिम्मेवारी होः श्याम घिमिरे >>   त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलमा यात्रुमाथि हुने अपमान बन्द गरौँः सांसद ढकाल >>   संसदीय समितिमा नक्कली व्याकुल माइलाको चर्चा >>   नेपालमा प्रयोगमा रहेका सामाजिक सञ्जालहरु अनिवार्य दर्ता हुनैपर्छः प्रधानमन्त्री
Logo
३० श्रावण २०८२, शुक्रबार
३० श्रावण २०८२, शुक्रबार

भरतपुरमा प्रभावकारी बन्दै प्रधानमन्त्री रोजगार कार्यक्रम


६ वैशाख, चितवन । भरतपुर महानगरपालिकामा सञ्चालन भएको प्रधानमन्त्री रोजगार कार्यक्रम प्रभावकारी बन्दै गएको छ । कार्यक्रमले बजेट नपुगेका कामदारलाई सरकारी र निजी क्षेत्रमा समेत पठाउने गरेको हो । यससँगै तालिम लिन चाहनेका लागि तालिममा पठाउन थालेको छ ।

कार्यक्रम अन्तर्गत चालु आर्थिक वर्षमा ७४ जनाले रोजगारी पाएका छन् । १८ जनालाई कामका लागि निजी क्षेत्रमा पठाइएको छ । पाँच जनाले ‘इन्टन’ गरिरहेका छन् । आउँदो वर्षका लागि आठ सय ९० जनाले महानगरको प्रधानमन्त्री रोजगार कार्यक्रममा आवेदन दिइसकेका छन् । रोजगार संयोजक सन्देश वाग्लेका अनुसार नगर परिषद्ले यसवर्ष आठ वडा छनोट गरेको थियो । गतवर्ष पाँच सय ९० जनाले आवेदन दिएका थिए ।

ती वडामा ७४ जनाले रोजगारी पाएको उनले जानकारी दिए । तीमध्ये पाँचवटा वडामा काम भइरहेको छ, भने दुई वटा वडामा कामदार छनोट भएर कामको तयारी भइरहेको छ । यसवर्ष रु ४४ लाख ८६ हजार मात्रै बजेट प्राप्त भएकाले सबैले रोजगारी नपाएका हुन् ।

यस कार्यक्रम अन्तर्गत सार्वजनिकस्थलका रुखमा रङगरोगन गर्ने, कुलो सफा गर्ने, झाडी फाँड्ने, खानेपानी पाइपलाईन विस्तार गर्ने, पार्क, विद्यालय, मन्दिर, ताल सरसफाइ गर्ने, गोरेटो बाटो निर्माण गर्ने जस्ता काम भइरहेका छन् । कामदारले दैनिक रु छ सय १२ पाउने छन् । छनोट भएकालाई एक सय दिन काम उपलब्ध गराइने छ ।

वडा कार्यालयले कामको छनोट गरी सिफारिस गरे अनुसार काम गराइदै आएको छ । ती कामदारलाई बुट, पञ्जा, हेल्मेट, कपडा जस्ता सामग्री महानगरपालिकाले उपलब्ध गराएको छ । वाग्लेले सूचीकृत भएका कामदारलाई सरकारी र निजी क्षेत्रमा कामका लागि पठाउने गरी संयोजनको काम गरिरहेको बताए । यस वर्ष हालसम्म १८ जनालाई निजी विद्यालय, क्याम्पस, शैक्षिक परामर्श केन्द्र, अटो पसल, होटल, उद्योग लगायतमा पठाइसकिएको छ ।

नेपाल बैंक र राष्ट्रिय वाणिज्य बैंकमा सहकार्य गरेर पाँच जनालाई इन्टन गर्न पठाइएको उनले बताए । उद्योग सङ्घ चितवनसँग सहकार्य गरेर रोजगार पोर्टल सञ्चालन ल्याउन लागिएको छ । यससँगै कामदार र रोजगारदाता कम्पनीलाई एकआपसमा जोडेर रोजगार दिइने छ । यसै कार्यालयले श्रम स्वीकृतिको कामसमेत गरेको छ ।

विसं २०७५ बाट यो कार्यक्रम सुरु भएको हो । गत वर्ष ८५ जनालाई रोजगारी दिइएको थियो । महानगर प्रमुख रेनु दाहालले महानगरभित्र बसोबास गर्ने बेरोजगारको पहिचान गरी उनीहरुलाई रोजगारसँग जोड्ने यो कार्यक्रम पहिलेभन्दा प्रभावकारी हुँदै गएको बताईन् ।

उनले महानगरको सौन्दर्यकरण र विकास निर्माणलाई यस कार्यक्रमसँग जोडेर लैजाने तयारी गरिएको बताईन् । जति गर्नपर्ने हो गर्न नसकिएको भन्दै आगामी दिनमा कार्यक्रम थप प्रभावकारी बनाइने बताईन् ।

स्थानीय समाजसेवी धर्म कार्कीले बेरोजगार भएर हातमुख जोर्न नसकेकाहरुले काम पाएसँगै उनीहरुको जीविकोपार्जनमा सहयोग पुगेको बताए । देशमै विकासको नमुना काम भइरहेको भरतपुर महानगरका बासिन्दा बेरोजगार हुन नपर्नेगरी महानगरले काम अघि बढाएको जनाउँदै उनले सबैले सहयोग गरेर कार्यक्रम सफल बनाउनु पर्ने बताए ।


प्रकाशित मिति: ६ बैशाख २०८०, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?