२४ श्रावण, काठमाडाैँ । सरकारले आगामी असोजदेखि भक्तपुरको सूर्यविनायकदेखि रत्नपार्कसम्म द्रुत बस सञ्चालन गर्ने गरी तयारी अघि बढाएको छ । असोज १ गतेदेखि नै सुरु गर्ने भनिए पनि वर्षाका कारण कतिपय काम गर्न नसकिएकाले केही दिनपछि सुरु हुनसक्ने यातायात व्यवस्था विभागले जनाएको छ । सूर्यविनायक–रत्नपार्क द्रुतमार्गमा पहिले सडक विभागले काम गर्ने
२४ श्रावण, सङ्खुवासभा । जिल्ला कारागार सङ्खुवासभामा दुईजना कैदीबन्दीको मृत्यु भएको घटनाको छानबिन गर्न समिति गठन भएको छ । सो घटनाको छानबिन गर्न सङ्खुवासभाका सहायक प्रमुख जिल्ला अधिकारी मोहनमणि घिमिरेको संयोजकत्वमा तीन सदस्यीय समिति गठन गरिएको हो । यहाँको जिल्ला कारागारमा रहेका दुई बन्दीको आज बिहान मृत्यु भएको थियो । मृत्यु
२४ श्रावण, चितवन । चितवनको मुग्लिन नारायणगढ सडक खण्डमा राष्ट्रिय स्वतन्त्र पार्टीले पहिरो पन्छाउन भन्दै खटाएको टिमलाई काम नगर्न जिल्ला प्रशासन कार्यालय चितवनले निर्देशन दिएको छ । मुग्लिन सडक खण्डमा हुने सडक अवरोधलाई हटाउँदै यात्रा सहज गर्न भनेर रास्वपाले आरएटी टिम खटाएको थियो । पार्टीले सडक खण्डको कालिखोला क्षेत्रमा सुन्तला रङ्गको
२४ श्रावण, मकवानपुर । जङ्गलबाट ल्याइएको च्याउ पकाएर खाँदा मकवानपुरको राक्सिराङ गाउँपालिका–२ औडारमा बस्दै आएका एकै परिवारका तीनसहित छ जना बिरामी परेका छन् । राक्सिराङ–२ औडारका २६ वर्षीय विकास चेपाङ, ६ वर्षीय सन्तोष चेपाङ, २४ वर्षीय सुनिमाया चेपाङ, २७ वर्षीय राजकुमार प्रजा र आमेस चेपाङ र अर्का एकजना पुरुष बिरामी परेको
२४ श्रावण, काठमाडाैँ । पशुपति क्षेत्र विकास कोषले नवनियुक्त भट्ट वी यस विनय अडिगालाई आज विधिवत् रुपमा पशुपतिनाथको मूलमन्दिरमा प्रवेश गराएको छ । विधिवत् रुपमा पशुपतिनाथ मन्दिर प्रवेश गर्नुभएका भट्ट अडिगालाई मूल भट्ट गणेश भट्टले पाशुपत दीक्षा प्रदान गर्नुभएको कोष संस्कृति संरक्षण महाशाखा प्रमुख गौरीशङ्कर पराजुलीले जानकारी दिए । नवनियुक्त
२४ श्रावण, कपिलवस्तु । कपिलवस्तुको कृष्णनगर नगरपालिका–५ बगहीका एकै घरका दाजुभाइको पोखरीमा डुबेर मृत्यु भएको छ । यादव दाजुभाइको मृत्युपछि बगही गाउँ शोकमा डुबेको छ । उक्त गाउँका रामअवतार यादवका छोरा सात वर्षीय साजन र पाँच वर्षीय राजनको घर नजिकैको पोखरीमा डुबेर मृत्यु भएको इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक लक्ष्मण
२४ श्रावण, पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले आदिवासी जनजातिको हकअधिकारको विषयमा प्रदेश सरकार संवेदनशील रहेको बताएका छन् । विश्व आदिवासी दिवसका अवसरमा आज शुभकामना सन्देश व्यक्त गर्दै उनले जातीय विविधता भएको गण्डकी प्रदेश रहेको उल्लेख गरे । “जनजाति भाषा, संस्कृति, परम्परागत ज्ञान, तथा प्राकृतिक स्रोतका धनी समुदाय मानिन्छन्
२४ श्रावण, सङ्खुवासभा । जिल्ला कारागार सङ्खुवासभा दुई जना कैदीबन्दीको मृत्यु भएको छ । मृत्यु हुनेमा मादी नगरपालिका–५ का १९ वर्षीय विनोद तोलाङ्गी र नुवाकोट ककनी गाउँपालिका–७ का २८ वर्षी आकाश वलामीको रहेको जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाका डिएसपी विरेन्द्र गोदारले जानकारी दिए । मङ्गलबार राति १ बजे कारागारको ट्वाइलेटबाट भाग्ने
२४ श्रावण, म्याग्दी । जिल्ला मालपोत कार्यालय म्याग्दीको घरजग्गाको कारोबारबाट एक वर्षको अवधिमा रु चार करोड ६८ लाख राजस्व सङ्कलन गरेको छ । आर्थिक वर्ष २०७९÷०८० मा रु चार करोड ६८ लाख २१ हजार दुई राजस्व सङ्कलन भएको कार्यालयले जनाएको छ । मालपोत कार्यालय म्याग्दीका निमित्त प्रमुख कलादेवी शर्मा रिजालले
२४ श्रावण, बैतडी । महिनावारी (छाउ) हुँदा गोठमा सुतेकी १६ वर्षीया किशोरीको सर्पले टोक्दा मृत्यु भएको छ । बैतडीको पञ्चेश्वर गाउँपालिका–४ फ्याउलीकी १६ वर्षीया अनिता चन्दको सर्पको टोकाइबाट मृत्यु भएको हो । मृतक किशोरीको घर पञ्चेश्वर गाउँपालिका केन्द्र नजिकै रहेको छ । महिनावारी भएको बेला गोठमा सुतिरहेको अवस्थामा अनितालाई मङ्गलबार राति